तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । प्रभु येशुको जन्मोत्सव (क्रिसमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले आज क्रिसमस दिवस मनाउँदैछन्।

ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन ख्रिष्टियन धर्मावलम्बीले मनाउने गरेपनि यो चाडमा पछिल्लो समय अन्य धर्मका युवयुवती पनि रमाउने गरेका छन्।

येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले सबैमा कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्दैछन्।

क्रिसमसको रौनकसँगै रेस्टुराँ, तारे होटलदेखि सपिङ मलसम्म झिलिमिली बत्तीमा सजिएका क्रिसमस ट्री तथा सान्टा क्लजको राता लुगाको पहिरनले सजिसजाउ छ ।

कोभिड–१९ का कारण विगत आठ महिनादेखि ठप्प बजार विस्तारै खुल्न थालेपछि क्रिसमसको माहोल तातेको छ ।

क्रिसमसको अघिल्लो रातलाई क्रिसमस इभको रुपमा मनाइन्छ । संसारभर क्रिसमस इभ मनाइरहँदा नेपालमा पनि यो पर्व मनाइएको छ । काठमाडौंको ठमेललगायतका स्थानहरुमा गएराति क्रिसमस इभको हर्षोल्लास देखिएको थियो ।

आजभन्दा २०२० वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट जिजस क्राइस्टको जन्म भएको इसाई धर्मग्रन्थ बाइबलमा उल्लेख छ ।क्रिसमस मनाउन आउने युवापुस्तालाई स्वागत गर्न ठमेल, दरबारमार्गलगायतका स्थान तयारी अवस्थामा छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …