तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। अक्षमता प्रस्तुत गरेको तथा पार्टीमा ध्यान नपुर्याएको भन्दै प्रधानमन्त्री कपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ लाई अध्यक्ष पदबाट हटाएका छन् ।

बालुवाटारमा आज बसेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय कमिटि बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई पदबाट हटाएको घोषणा गरेको हो ।

पार्टी हित विपरितको गतिविधिमा लागेको तथा पार्टीमा ध्यान नपुर्याएको कारणले उनलाई पार्टको कार्यकारी अध्यक्ष पदबाट हटाउनुपरेको एक नेताले जानकारी दिएका छन्।

यो भन्दा अगाडिको प्रचण्ड-नेपाल समुहको बैठकले ओलीलाई अनुशासनको कारवाही भन्दै अध्यक्ष पदबाट हटाएको थियो ।

नेकपाको विभाजनको अब औपचारिक घोषणा हुन् मात्र  हुन् बाकि रहेको छ। आज बबरमहलमा बसेको प्रचण्ड-नेपाल समुहको बैठकले भोलिदेखि देशैभरी आन्दोलनको घोषणा गर्ने निर्णय गरेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …