तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

क्यानाडा । एनआरएन क्यानाडाका अध्यक्ष चिरन्जीवी घिमिरे कोरोना विरुद्धको खोप लगाउने पहिलो एनआरएन नेपाली   बनेका छन्।

घिमिरेले डिसेम्बर १७ मा टोरोन्टोमा अवस्थित क्यानाडा सरकारले व्यवस्थापन गरेको ‘ द मिकिनेर इन्स्टिच्युट’ मा कोरोना विरुद्धको खोप लगाएका हुन् ।

कोरोना महामारीको बेला घिमिरेले अत्यन्तै उत्कृष्ट काम गरेका र कोभिड-१९ सम्बन्धि सुचनामुलक जानकारीहरुको प्रबाह गरिरहेका घिमिरे टोरन्टो सिटीमा पब्लिक हेल्थमा सहयोगी बनेकाले कोरोना विरुद्धको पहिलो खोप लगाउन सफल भएको बताईएको छ ।

कोरोना विरुद्धको खोप लगाईसकेपछी उनि उत्साहित हुँदै सामाजिक संजाल फेसबुक मार्फतमा भनेका छन् कोभिड-१९ विरुद्दको खोप लगाउने अवसर दिएकोमा क्यानाडा सरकार, पब्लिक हेल्थ, टोरन्टो सिटि र फाईजरलाई विशेष धन्यवाद दिन चाहन्छु।

कोरोना भाईरस विरुद्धको पहिलो चरणको खोप गत मङ्सिर २९ गते आईतबार क्यानाडामा आईपुगेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …