तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । गणेश राउतको संयोजकत्वमा मलेसियामा रहेको राउत बन्दुहरु सक्रिय हुँदै राउत बन्दुहरुको कुल मन्दिर निर्माणका लागि राउत सेवा समाज केन्द्रीय समितिलाई मलेसियामा रहेको राउतहरुद्वारा आर्थिक सहयोग गरिएको छ।

भवन निर्माणका लागि देश बिदेशमा रहने राउत बन्धु बान्धव हरुलाइ सहयोगको लागि केन्द्रीय अध्यक्ष इ. भगवान ब. राउतको अपिल एबम आर्थिक संयोजक जीवन राउतको नियमित कुराकानी र सक्रियता पश्चात् मलेसियामा कार्यरत राउत युवाहरू एक जुट भइ केही रकम संकलन गरि भवन निर्माणमा थोरै भएनी सहयोग हवस भनी संस्थाको नाममा पठाईएको मलेसियाका संयोजक गणेश राउतले बताउनुभयो ।

धार्मिक स्थल(मन्दिर) निर्माणका लागि कसले कति सहयोग गरे ?

श्याम कुमार राउत खोटाङ्ग – उदयपुर -झापा रु १४,४५० नगेन्द्र राउत भोजपुर रु १०,००३/६० नारायण राउत खोटाङ्ग – उदयपुर रु १०,२५९ गणेश राउत खोटाङ्ग रु १०,२५९ बद्री राउत खोटाङ्ग रु १०, २५९ उमेश राउत ( A ) खोटङ्ग रु १०, २५९ खेमराज राउत खोटाङ्ग – सुनसरी रु ५,७८० ज्ञानेश राउत दोलाखा रु ५,००० सचिन राउत धादिङ्ग रु ४,३५० राजेश राउत खोटाङ्ग – सुनसरी रु २,८९० नबराज राउत खोटाङ्ग – उदयपुर रु २,८९० टंक राउत सिन्धुली रु २,८९० बिनोद राउत खोटाङ्ग रु २,८९० उमेश राउत (B) खोटाङ्ग रु २,८९० कबिराज राउत खोटङ्ग- सुनसरी रु २,८९० सुमन राउत खोटाङ्ग रु २,८९० सहित जम्मा रु १००५४३ एक लाख पाँच सय त्रिचालीस पठाएको संयोजक गणेश राउतले बताउनुभयो ।

पछिल्लो समयमा देश तथा बिदेशमा राउत बन्धुबान्धव हरुको सक्रियता , सहयोग र सहभागीता देखेर आफुलाइ थप उर्जा जागी उत्साहित भएको र सहयोग गर्नुहुने मलेसियामा कार्यरत एबम संयोजक गणेश राउत लगाएत श्याम कुमार राउत सहित १६ जना राउत बन्धुहरु लाईलाई राउत सेवा समाजका केन्द्रिय अध्यक्ष इ . भगवान ब. राउतले धन्यवाद दिएका छन् ।

२०५२ सालको गोदाबारी सम्मेलन ले दिएको म्याण्डेड अनुसार नै इ.मीन ब. राउत ज्युको अध्यक्षतामा गठन भएको कार्यसमिति , कुबेर राउतज्युको अध्यक्षतामा गठन भएको कार्यसमिति र सल्लाहकार राउत बुद्धिजीवी हरु योजना जग्गादाता ठाकुर कुमारी राउतको इच्छा अनुसार इ. भगवान ब. राउत ज्युको कार्यसमिति टिम र आर्थिक संयोजक जीवन राउतको सक्रियता मा सप्पन्न तिर लम्कदै गरेको भवन र यो पूण्य कार्य सङ्गै देश बिदेशमा रहेका हामी राउत भाइ बन्धु हरुको भावानाले भरिएको एकताको मन पनि जोडिदै गएको राउत सेवा समाजका अध्यक्ष इ. भगवान ब. राउतले बताउनु भएको छ।

बिदेशमा प्रतिनिधित्व गर्नुहुने युके बाट प्रकाश राउत ओमनबाट महेन्द्र राउत , कोरियाबाट ख्याम राउत , बराइनबाट कृष्ण राउत , मलेसियाबाट गणेश राउत स्पेनबाट सोनु राउत हुनुहुन्छ भने भारत , दुबइ , साउदी अरेबिया , जापान , हङकङ , कतार , अमेरिका लगाएत धेरै देशबाट छिट्टै राउत क्षेत्री सेवा समाजको संयोजक तोकिने केन्द्रिय अध्यक्ष इ. भगवान ब. राउतले जानकारी गराएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …