तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। संयुक्त राज्य अमेरिका न्यू योर्क राज्यको शिक्षा विभाग अन्तर्गत कक्षा- ६ र ९ को सामाजिक शिक्षा कला तथा प्रविधि विषय त्यस्तै कक्षा- ११ र कक्षा- १२ को विश्वव्यापी इतिहास विषयमा भगवान गौतम बुद्ध भारतमा जन्मिएको भनि शैक्षिक पाठ्यक्रममा गलत अध्यापन गराउँदै आएको पाईएकोले गत वर्षदेखि यो त्रुटि सच्याउन विभिन्न चरणको कूटनीतिक माध्यम बाट निरन्तर पहल गर्दा न्यू योर्क राज्य अन्तर्गतको न्यू योर्क सहर शिक्षा विभागले पाठ्यक्रममा त्रुटि सच्याउने निर्णय गरेको समाचार आगमन खबरमा “सत्यको जित र सफलता प्राप्ति“ शिर्शकमा २०७७ मङ्सिर-१२ गते शुक्रबार प्रकाशन भएको थियो।

आगमन खबरमा प्रकाशित समाचारकै बिषय लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिकाको चोभारस्थित सुलक्षण कीर्ति विहार परिसरमा ‘शान्ति सुद्धम्मावासा’ ज्येष्ठ नागरिक आवास गृहको शिलान्यास गर्दै शान्तिका अग्रदूत भगवान गौतम बुद्ध नेपालको भूमिमा जन्मिएको भए पनि बुद्ध धर्मको प्रचार र लुम्बिनीको विकासमा विदेशीको भर पर्नुपर्ने अवस्थालाई अन्त्य गर्न सरकार लागिपरेको बताउनुभयो । लुम्बिनीको विकासका लागि आफ्नो कर्तव्य पूरा गर्न तीव्रताका साथ अगाडि बढ्नु जरुरी रहेको बताउनु भयो ।

बुद्ध जन्मभूमिबारे फैलाइएका भ्रम पछिल्ला समय विश्वभरबाट हट्दै गएको उल्लेख गर्दै अमेरिकाले विद्यालयको पाठ्यक्रमबाट बुद्धको जन्मभूमिसम्बन्धी भ्रम सच्याएको जानकारी पाएको बताउनुभयो । “अमेरिकाले बुद्ध नेपालमा नभई अन्यत्रै जन्मिएको भन्ने विषय पाठ्यपुस्तकबाट हटाएर नेपालमै जन्मिएको भनेर लेखेको छ”, उहाँले भन्नुभयो, “अन्य देशको पाठ्यक्रममा पनि त्रुटी भएको भए म सच्याउन आग्रह गर्दछु उहाँले भन्नुभयो ।

लुम्बिनीलाई विश्वभरका बौद्धमार्गीको आस्थाको केन्द्रका रुपमा विकास गरिने उल्लेख गर्दै उहाँले लुम्बिनीमा निर्माण गर्न लागिएको पाँच हजार क्षमताको ध्यान केन्द्रको निर्माण सम्पन्न हुने क्रममा रहेको बताउनुभयो । प्रकृति र मानवबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै प्रधानमन्त्रीले लुम्बिनीलाई प्रकृतिमय, मानवमैत्री, जीवनमैत्री ध्यान केन्द्रका रुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । पारिस्थितिक प्रणालीको नमूनाका रुपमा हामी लुम्बिनीलाई विकास गर्दैछौँ”, उहाँले भन्नुभयो ।

नेपालको राष्ट्रीय स्वाभिमान, स्वाधीनता र पहिचान संयुक्त राज्य अमेरिकाको शिक्षा प्रणालीमा स्थापित गराउन क्विईन्स कम्युनिटी वोर्डका सदस्य ज्ञानल थापा त्यसैगरी उक्त निर्णयलाई परिणामोन्मुख बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्विईन्स कम्युनीटि बोर्ड-५ कार्यकारी अधिकृत, न्यू योर्क सहर काउन्सिल मेन रोबर्ट होल्डन, सबुत प्रमाण जुटाउन सहयोग गर्नुहुने अशोक के.सी. पिपलमणि सिग्देल, छिरिगं तेन्जिन लामा, भुवनेश्वर अधिकारी, अर्जुन दाहाल एवं शिक्षाविद डा. तारा निरौला लगायतको प्रयासले अन्तत सफलता हासिल गरेको थियो ।

“Gautama Buddha was born in India” भनि पठन पाठन गराउँदै आइरहेको वाक्य परिवर्तन गरि “Siddhartha Gautama, who became the Buddha, was born in Lumbini in present-day Nepal, located in South Asia”. कायम गरेको छ।

यस्तो थियो आगमन खबरमा प्रकाशन समाचार : “सत्यको जित र सफलता प्राप्ति“

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …