क्यानाडा । नेपाली काङ्ग्रेसको बिदेश स्थित नेपाली जनसंपर्क समिती क्यानाडाले कांग्रेस केन्द्रिय कार्यालयको सुचना तथा संचार विभागद्वारा जारी गरेको पार्टीको वेबसाइट (सब-डोमेन) पाए सँगै आफ्नै वेबसाईट पनी सन्चालनमा ल्याउने भएको छ ।
अहिलेको समय भनेको विज्ञान र प्रविधिको समय भएकाले समयको आवश्यक्तालाई आत्मसाथ गर्दै नेपाली काङ्ग्रेसले आफ्नो सम्पुर्ण संयन्त्रलाई प्रबिधी मैत्री बनाउने अभियान प्रारम्भ गरेकोले नेपाली जनसंपर्क समिती क्यानाडाले पनी उक्त अभियानमा सहभागी जनाउदै वेबसाईट बनाइ सन्चालन गर्न लागेको नेपाली जनसंपर्क समिती क्यानाडाका सभापती बुद्दी प्रकाश ओलीले आगमनखबरलाई जानकारी दिए ।
प्रबिधी मैत्री बनाउने अभियान अन्तर्गत पहिलो चरणमा समितिको वेबसाइट उद्घाटन गरी समितिले गरेका गतिबिधीहरु जानकारी पाउने गरि व्यवस्था सहितको अत्याधुनिक वेबसाईट संचालन गर्ने सभापती ओलीले बताए ।
उक्त वेबसाईटको उद्घाटन पूर्व मन्त्री तथा कांग्रेस सहमहामन्त्री डा. प्रकाश शरण महतको प्रमुख आतिथीमा आगामी डिसेम्बर ११ तारिख टोरोन्टो क्यानाडाको समय साझ १० बजे अर्थात नेपाली समय अनुसार १२ डिसेम्बर बिहान ९ बजे शनिबारका दिन बिशेष अतिथिमा पूर्व मन्त्री दिपक गिरी, जनसंपर्क समिती बिभाग प्रमुख गोबिन्द भट्टराई, कांग्रेस प्रबक्ता विश्व प्रकाश शर्मा, संबिधान सभा सदस्य रत्ना शेरचन, आमन्त्रित केन्दिय सदस्य एबम नेपाली जनसंपर्क समिती भारतका सभापती बाल कृष्ण पाण्डे र आमन्त्रित केन्दिय सदस्य एबम नेपाली जनसंपर्क समिती अमेरिकाका सभापती गोरख बिष्ट (आनन्द ) लगायत विश्व भरीका जनसंपर्क समितिका सभापतीहरु साथै क्यानाडाका बिभिन्न प्रान्त्रबाट समाजसेबी बुद्दीजिबीहरु समेतको सहभागी रहने जनाएको छ ।
माउन्ट एभरेस्ट टेलिभीजन क्यानाडाबाट लाइभ प्रसरण हुने सो कार्यक्रम नेपाली जनसंपर्क समितिका माहामन्त्री तथा माउन्ट एभरेस्ट टेलिभीजन क्यानाडाका सस्थापक बसन्त कार्कीले सन्चालन गर्नेछन ।
उक्त वेबसाईटमा समितीका कार्यसमिति,महासमिती सदस्य, महाधिवेशन प्रतिनिधि सङ्गसङ्गै ऐतिहासिक व्यक्तीत्वका विवरण साथै ई-लाइब्रेरी, ई-म्युजियम, समितीका सुचना, गतिबिधी एवम् नयाँ कृयाशिल सदस्यता लिन नबिकरण, गर्न मिल्ने, अनलाईन भोटिङ साथै भए गरेका सपूर्ण कार्यक्रमका बारेमा जानकारी उपलब्ध हुने ओलीको भनाइ रहेको छ ।
नेपाली काङ्ग्रेसको वेबसाईट www.nepalicongress.org मा पनी नेपाली जनसंपर्क समिती क्यानाडाको गतिबिधी हेर्न सकिने जनाएको छ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …