रसुवा । गत आइतबारदेखि बेपत्ता भएकी एक बालिका आज मृतावस्थामा भेटिएकी छन् ।
कालिका गाउँपालिका वडा नं १ राम्चे ग्राङ क्षेत्र, फैक्रिगाङ निवासी ६ वर्षीया सुमिना तामाङको शव राम्चे नजीक भीरको फेदस्थित ओढारमा आज फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज गिरीका अनुसार कक्षा १ मा अध्ययनरत बालिका यही मङ्सिर २१ गते बेलुका ग्राङ प्राथमिक विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी थिइन् ।
उनको हत्या भएको प्रहरीले अनुमान गरेको छ । हराएको सूचना पाउनासाथ खोजतलासका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, अभिभावक र स्थानीय बासिन्दा खोजतलासमा जुटेका थिए ।
अपहरण गरी घटना गराएको आशङ्कामा एक महिलालाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …