तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

दिनेश अर्याल

काठमाडौं। हिन्दु राष्ट्र र राजतन्त्रका समर्थकहरुले यतिबेला देशव्यापी रुपमा नै आन्दोलन तथा प्रदर्शनहरुका कार्यक्रमहरु गरिराखेका छन।

गत मंसिर १५ गते राजतन्त्र पुनर्वहालीको माग गर्दै राजावादिहरुले काठमाडौमा प्रदर्शन गरेका थिए। माईतिघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म पुगेको थियो। प्रदर्शनकारिहरुले हातमा राष्ट्रिय झण्डा बोक्दै राजा आउ, देश बचाउजस्ता नारा लगाएका थिए।

राजतन्त्रको पक्षमा देशभर प्रदर्शन हुन थालेपछी गृह मन्त्रालयले भिडभाड र जुलुस गर्न नदिन भन्दै ७७ ओटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको पनि थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौले १६ मंसिरमा एक विज्ञप्ति जारी गर्दै भनेको थियो, ‘ पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य भिडभाडजन्य गतिविधी जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान संचालन गरेको सुचना प्राप्त हुन आएको र यस्ता भिडभाडजन्य गतिविधिहरु नगर्न नगराउन साथै महामारी रोकथाममा सहयोग पुर्याउन सबैमा अनुरोध गरिन्छ।’

तर त्यसको तीन दिनपछी मंसिर २० गते प्रशासनको अनुरोधलाई बेवास्ता गर्दै राजावादिहरुले शनिवार काठमाडौमा प्रदर्शन गरेका छन। राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादिहरुले राजधानिको माईतिघरमा प्रदर्शन गरेका छ्न।

यसै विषयमा काठमाडौका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलिसङ्ग आगमनखबरका तर्फबाट दिनेश अर्यालले कुराकानी गरेका छन। प्रस्तुत छ कुराकानिको अंश:

जिल्ला प्रशासन कार्यालय काठमाडौले गरेको अनुरोधलाई राजावादिहरुले टेरेनन नि, यसमा तपाईं के भन्नुहुन्छ?

हामिले कोरोना संक्रमण तथा जोखिम न्युनिकरणका लागि भिडभाडजन्य कार्यक्रमहरु नगर्न नगराउन सबैलाई अपिल गरेका थियौँ। तर सबैले यो कुरा मान्नुभएन। उहाँहरुले बाटो अवरोध नगरिकन , अराजकता नमच्चाईकन राजतन्त्रको पक्षमा प्रदर्शन गर्नुभयो।

के जिल्ला प्रशासन कार्यालय काठमाडौले उनिहरुलाई प्रदर्शनको लागि अनुमती दिएको हो?

प्रदर्शनका लागि भनेर हामिले अनुमती नै दिएका छैनौ।शान्तिपुर्ण तरिकाले स्वास्थ्य प्रोटोकोलसहित प्रदर्शन गरेको भन्ने हो। कोरोना संक्रमणको महामारिलाई ध्यानमा राख्दै हामिले सबैलाई रिक्वेस्ट गरेको हो। मान्ने या नमान्ने भन्ने उनिहरुको धारणा पनि हो।

एकपटक राजतन्त्रको पक्षमा प्रदर्शन गरिसकेपछी फेरि दोस्रोपटक काठमाडौंमा राजतन्त्रको पक्षमा प्रदर्शन गर्ने भन्ने तपाईँहरुलाई थाहा थियो कि थिएन? यसरी प्रदर्शन कुन संस्थामार्फत भईरहेको छ?

देशमा राष्ट्रीय नागरिक आन्दोलन भन्ने एउटा संस्था छ। त्यही संस्थाले यतिबेला राजतन्त्रको पक्षमा प्रदर्शन गर्दै आईरहेको छ। उनिहरुले राजतन्त्रको पक्षमा आज पनि प्रदर्शन गर्छन भन्ने चाहिँ थियो।

राजावादिहरुले प्रशासनको नियमलाई उल्लंघन गर्दै आज पनि सडकमा आएका छन। उनिहरुलाई कारवाही गर्ने या नगर्ने भन्ने विषयमा प्रशासनले के सोंचेको छ?

लोकतन्त्रमा सभा जुलुस गर्ने छुट भए पनि हालको विषम परिस्थितिलाई मध्यनजर गरेर भिडभाड हुने गरि सभाजुलुस नगर्नको लागि आग्रह गरेका हौँ। हामिले उहाँहरुलाई प्रदर्शन नगर्ने/नगराउने भनेर भन्दाभन्दै पनि उहाँहरुले प्रदर्शन गर्नुभयो। उनिहरुलाई तत्कालै कारवाही गर्ने नगर्ने भन्ने यो विषयमा हामिले रणनिती बनाईसकेका छैनौं। अब आगामी परिस्थितिजन्य कुराहरुलाई हेरेर पछि निर्णय लिनेछौँ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …