तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौ । निर्माता रोज राणा सन् २००८ को सुपरहिट फिल्म ‘खलनायक’ को सिक्वेल निर्माणको तयारीमा छन् । दशैं अगाडि नै फिल्मको छायांकन सुरु हुने बताइएको थियो । तर, सरकारले फिल्म क्षेत्रका गतिविधि फुकुवा नगर्दा र कोरोनाको संक्रमण सामान्य नहुँदा फिल्मको छायांकन अन्योलमा परेको छ । अब स्थिति सामान्य भएपछि माघबाट छायांकन थाल्ने तयारीमा निर्माण टिम छ ।

गोविन्द सिंह भण्डारीको निर्देशनमा बन्न लागेको फिल्मका लागि मुख्य भूमिकामा कलाकार फाइनल भएका छैनन् । ‘खलनायक’ मा विराज भट्ट, निखिल उप्रेती, राजेश हमाल र झरना थापाको मुख्य भूमिका थियो । यसअघि निर्माता राणाले ‘खलनायक २’ मा उनीहरु दोहोरिने सम्भावना प्रवल रहेको बताएका थिए । तर, अब फिल्ममा पुराना कलाकार कोही नदोहोरिने भएका छन् ।

त्यसबेला मैले चलेका कलाकारहरुलाई लिएर ‘खलनायक’ बनाएको थिएँ । यसको दोस्रो पार्टमा भने पुराना कलाकार कोही दोहोरिने छैनन् । ‘खलनायक २’ का लागि अहिलेका चल्तीका केही अभिनेता/अभिनेत्रीसँग विभिन्न चरणमा कुराकानी भइरहेको छ । उहाँहरु फिल्म गर्न सकारात्मक देखिनुभएको छ । कलाकारको टुंगो लागेसँगै फिल्मको छायांकन सुरु हुनेछ,’ रोजले भने ।

रोजका विश्वासिला पात्र मानिने विराज भट्ट ‘खलनायक २’ मा दोहोरिन सक्ने धेरैको अनुमान थियो । उनीहरुबीच फिल्मको विषयमा कुराकानी पनि भएको थियो । तर, रोजले विराजलाई पनि फिल्ममा नदोहोर्‍याउने भएका छन् । लभस्टोरी-एक्सन जनरामा निर्माण हुने फिल्ममा रोज आफैं खलनायकको भूमिकामा प्रस्तुत हुँदैछन् । यसका लागि उनी शरीर बनाउन मेहनत गरिरहेका छन् । फिल्मिखबर डटकममा खवर छ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …