तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

क्यानाडा । क्यानाडा सरकारको आन्तरिक राजस्व मन्त्रालयले नेपाली जनसंपर्क समिति क्यानाडाले कोरोना माहामारीका बिच समुदायस्थरमा पुर्याएको योगदानको प्रशंसा सहित अवार्ड प्रदान गरेको छ ।

राष्ट्रीय राजस्व क्यानाडाले कोरोना भाईरसको माहामारीको अवस्थामा बिभिन्न तबरबाट समुदायस्थरमा गरेको योगदानलाई ठूलो सराहना गर्दै राष्ट्रीय राजस्व मन्त्री माननीय डियान लेबोथिलरद्वारा हस्ताक्षर गरिएको प्रशंसापत्र सहित अवार्ड नेपाली जनसंपर्क समिती क्यानाडालाई दिएको हो ।

माननीय लेबोथिलरद्वारा जारी पत्रमा भनिएको छ, नेपाली जनसंपर्क समितिद्वारा सामुदायिक स्वयंसेवी आयकर कार्यक्रम (२०२०) संग साझेदारी गरेकोमा धन्यवाद दिन चाहन्छौं। नि: शुल्क कर क्लिनिक आयोजना गरी सहयोग गरेकोले त्यस सस्थाको योगदानलाई उच्च मुल्लाङकन गरिएको छ ।

त्यस सस्थाको योगदानका करण हजारौ क्यानेडियनको जीवन सुधार गर्न सहयोग पुगेको छ , जसमा कोरोनाले सबैभन्दा बढी प्रभावित भएको अवस्थामा त्यस सस्थाको योगदानबाट क्यानेडियनहरूले आफ्नो कर समयमै बुझाउन सक्षम भए र उनीहरूले आफ्नो हकहित, सुविधाहरू र क्रेडिटहरू प्राप्त गरे जुनकार्य त्यस संस्थाको उदारता र समर्पणको लागि धन्यवाद दिन चाहन्छौ।

क्यानडा राजस्व एजेन्सीले आगामी दिनहरुमा पनी यस्ता खाले कार्यक्रम र सुधार गर्न संगठन र स्वयंसेवकहरूसँग सहकार्य जारी राख्ने छ र हामीले नि: शुल्क कर तयारी सफ्टवेयर, प्रशिक्षण र कुशल संयोजकहरूको पहुँच प्रदान गरेर हाम्रो समर्थन जनाउने छौ महत्त्वपूर्ण कार्यक्रम गर्नुभएका सबै महान् कार्यहरूको सम्मान गर्दै यो प्रशंसापत्रद्वारा सम्मान गर्दछौ जारी प्रशंसापत्रमा भनिएको छ ।

नेपाली जनसम्पर्क समिति क्यानाडाका कोषाध्यक्ष बिशाल घिमिरेको पहलमा गत मार्च १५ गते देखी राजस्व बुजाउनु पर्ने निम्न स्थरका ब्यक्तीहरुको आयकर राजस्व, FREE TAX क्लिनिक कार्यक्रम मार्फत १५० जना भन्दा बढी ब्यक्तिहरुको आयकर तथाङ्क बुजाएर सहयोग गरेको थियो ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …