तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । खोटेहाङ गाउँपालिका वडा नं.३ सावाकटहरेको वडा कार्यालयमा नेपाली काँग्रेस सावाकटहरे वडा समितिका सभापति जेफर राईको नेतृत्वमा सैयौंको संख्यामा गएको स्थानीयवासीले आज  तालाबन्दी गरेको छ ।

गत असोज २२, गते सावाकटहरेका  वडा अध्यक्ष राजकुमार राईको अध्यक्षतामा बसेको वडाको बैठकले स्थानीय निर्मला राईलाई जंगेशैलीमा नियुक्ति गरेको भन्दै २०७७ असोज ३० गते स्थानीय काँग्रेसले ३, दिने अल्टिमेटम दिंदै ज्ञापनपत्र बुझाएको पार्टी सचिव सुरज राईले बताए । 

नेपालको संविधान र स्थानीय सरकारको कार्यविधिलाई ठाडो उलंघन गर्दै निरंकुश ढंगबाट नियुक्ति गरिनु गणतन्त्रात्मक संघीय शासन पद्धतिलाई ठाडो चुनौती दिंदै सावाकटहरेवासी शिक्षित युवा युवती र नागरिकको हक अधिकारीलाई समेत कुण्ठित गरिएको छ ।

कर्मचारी नियुक्ति गर्दा सामान्यतया १५, दिने सूचना निकाली प्रक्रियामा जानुपर्ने कानुनी मान्यता रहेको छ । तर राजनीतिक आग्रह पूर्वाग्रह र नातावाद कृपावादमा लिप्त भई गैह्र जिम्मेवार ढंगबाट कानुन हातमा लिनेकाम गरिएकोले पुर्व सूचित गरेर तालाबन्दी गरिएको स्थानीय काँग्रेस नेता विनोद खड्काले बताउनुभयो ।

नेपाली काँग्रेसले सहायक कर्मचारी नियुक्ति गर्ने वडाको निर्णय प्रति असहमति जनाउँदै ३०,गते ज्ञापनपत्र र कार्तिक ३, गते वडा अध्यक्ष नेपाली काँग्रेस र स्थानीय सावाकटहरेवासी संग भएको छलफलमा कार्तिक २१, गतेसम्म निकास निकाल्ने समय माग गर्नुभएको थियो। तर उक्त अवधिसम्म निकास न निक्लेको हुँदा जनताको हक अधिकारका लागि नेपाली काँग्रेसले वाध्यतावस तालाबन्दी गरेको नेपाली काँग्रेस पार्टीका पालिका सचिव हरि खड्का बताउनुहुन्छ ।

नेपालको संविधान र स्थानीय सरकारले जारी गरेको  स्थानीय राजपत्र सेवा करारमा कर्मचारी व्यवस्थापन सम्बन्धि कार्यविधि २०७५ को मर्म र भावना विपरीत कर्मचारी नियुक्ति गरिएको विषयमा स्थायी सरकार कर्मचारीका अविभावक प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेललाई समन्वय गरि गलत ढंगबाट गरिएको नियुक्ति खारेज गराउन पहलकदमीका लागि आफुले पटकपटक आग्रह गर्दा उहाँबाट पनि निकासका लागि कुनै सूचना नआएकोले तालाबन्दी गरिएको नेपाली काँग्रेसका क्षेत्रीय सभापति तीर्थराज भट्टराईले आगमनखबरलाई बताउनुभयो ।

स्थायी सरकारका जिम्मेवार व्यक्ति समेत निष्पक्ष र तटस्थ नबसी वर्तमान सरकारको छाँयामा परेको आशंका गर्दै यस्तो प्रवृत्ति र गतिविधिलाई काँग्रेसले टुलुटुलु हेरेर नबस्ने क्षेत्रीय सभापति भट्टराईले बताउनुभयो ।

यसैगरी उक्त गैरसंवैधानिक कार्य नसच्याएसम्म तालाबन्दीको आन्दोलनलाई निरन्तरता दिंदै अन्य चरणबद्ध आदोलनका कार्यक्रम ल्याउने कुरा सभापति जेफर राईले हामीसंग कुरा गर्दै वडा कार्यालयमा गरिएको तालाबन्दीबाट जनतालाई परेको असुविधा प्रति नेपाली काँग्रेस क्षमाप्रार्थी रहेको सभापति राईले बताए 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …