तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रबिन्द्र यादव

नवलपरासी । सौजन्य साना किसान कृषि सहकारी संस्था प्रतापपुर ८ पिपरपातीको पाँचौं वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाको अध्यक्ष राजेश सिंह थापाको अध्यक्षता तथा राज्य सभा सदस्य रामलखन हरिजनको प्रमुख अथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै राज्य सभा सदस्य हरिजनले सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिने बताएका छन । 

आफुले चाहेको बखत पैसा जम्मा गर्न पाइने र आवश्यकता अनुसार निकाल्न पाउने भएकाले सहकारी हरेक ब्यक्तिको लागि आवश्यक रहेकोमा जोड दिए । सहकारीले पुरूष र महिला एक ठाउँमा उभ्याउन सफल भएको समेत बताए ।

उक्त कार्यक्रममा प्रतापपुर गाऊँपालिका वडा नं. ८ का वडाध्यक्ष कादिर अली अन्सारी,नर्सही साना किसान कृषि सहकारी सस्थाका अध्यक्ष नन्दलाल गुप्ता , साना किसान कृषि सहकारी सस्था त्रिवेणीका प्रबन्धक सरिता शर्मा लगायतहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सहकारीले २ लाख ३६ हजार ७२ रुपैयाँ बराबरको नाफा गरेको संस्थाको ब्यवस्थापक रमेश्वर कोईरीले बताए । अहिले उक्त सहकारीले १५ धुर जग्गा किनी सकेको समेत जनाएको छ । सहकारीले एक सय ८ समूह बनाई कार्य क्षेत्र विभाजन गरेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …