तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अमेरिका । नेपालको राष्ट्रीय स्वाभिमान, स्वाधीनता र पहिचान संयुक्त राज्य अमेरिकाको शिक्षा प्रणालीमा स्थापित गराउन क्विईन्स कम्युनिटी वोर्डका सदस्य ज्ञानल थापाको प्रयासले अन्तत सफलता हासिल गरेको छ। 

संयुक्त राज्य अमेरिका, न्यू योर्क राज्यको शिक्षा विभाग अन्तर्गत कक्षा- ६ को सामाजिक शिक्षा, कक्षा- ९ को सामाजिक शिक्षा र कला तथा प्रविधि विषय त्यस्तै कक्षा- ११ र कक्षा- १२ को विश्वव्यापी इतिहास विषयमा भगवान गौतम बुद्ध भारतमा जन्मिएको भनि शैक्षिक पाठ्यक्रममा गलत अध्यापन गराउँदै आएको पाईएकोले गत वर्षदेखि यो त्रुटि सच्याउन विभिन्न चरणको कूटनीतिक माध्यम बाट निरन्तर पहल गर्दा न्यू योर्क राज्य अन्तर्गतको न्यू योर्क सहर शिक्षा विभागले पाठ्यक्रममा त्रुटि सच्याउने निर्णय गरेको हो । 

“Gautama Buddha was born in India” भनि पठन पाठन गराउँदै आएकोमा सो वाक्य परिवर्तन गरि आजबाट “Siddhartha Gautama, who became the Buddha, was born in Lumbini in present-day Nepal, located in South Asia”. कायम गरिएको छ।

न्यू योर्क राज्यको लंग आईल्याण्ड अन्तर्गत नासु काउंटीले यस अघिनै त्रुटि सच्याई सकेको छ। एक स्वाभिमानी नेपाली नागरिकको हैसियतमा क्विईन्स कम्युनिटी वोर्डका सदस्य ज्ञानल थापाले यस कदमलाई एउटा गौरव महसूस गरेका छन । 

थापाले भने यस ऐतिहासिक अभियानमा प्रमुख पात्र बनेकी मेरी छोरी ग्लोरिया थापा प्रति म गौरव गर्दछु किनकी छोरीले गौतम बुद्धको बारेमा नेपालमा पढ्दा नेपालमै जन्मिएको भनेर अध्यन गरेकोमा यहाँ गलत हो भनेर बुद्धको इतिहास बताऊँदा पनि विद्यालय सच्याउन तयार नभएको र नेपालमा जन्मेको भनेर उत्तर लेखेवापत नम्बर काटेकोले विद्यालय नै परिवर्तन गरिन। 

त्यसैगरी यो निर्णयलाई परिणामोन्मुख बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने म कार्यरत क्विईन्स कम्युनीटि बोर्ड-५ र यसका कार्यकारी अधिकृत, न्यू योर्क सहर काउन्सिल मेन रोबर्ट होल्डन, सबुत प्रमाण जुटाउन सहयोग गर्नुहुने अशोक के.सी., पिपलमणि सिग्देल, छिरिगं तेन्जिन लामा, भुवनेश्वर अधिकारी, अर्जुन दाहाल एवं शिक्षाविद डा. तारा निरौला लगायत प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्नुहुने/नगर्नुहुने सम्पूर्ण बुद्धिजीवी महानुभावहरु, संघ, संस्था, पत्रकार एवं सन्चार माध्यमहरुलाई धन्यवाद दिदै  आभार प्रकट गरेका छन । 

अन्तमा न्यू योर्क बरो प्रेसिडेन्ट कार्यलय, मेयर कार्यलय र गभर्नर कार्यलयबाट प्रसारित र प्रदान गरिने सुचना तथा जानकारीहरु हाल ८ वटा अन्तर्राष्ट्रीय भाषामा उपलब्ध गराउने भएकोले सम्पूर्ण कार्यलयका सुचना र जानकारीहरु नेपाली भाषामा पनि उपलब्ध गराउन दिएको निवेदन अनुसार २२ नोभेम्बर २०२० बाट लागुहुने गरि न्यू योर्क सहर मेयर कार्यालयले नेपाली भाषामा पनि उपलब्ध गराउन सुरु गरेको संयुक्त राज्य अमेरिका क्विईन्स कम्युनिटी वोर्ड – ५ न्यू योर्कका सदस्य ज्ञानल थापाले आगमनखबर लाई जानकारी दिए ।

                 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …