ओखलढुंगा।नेपाली कांग्रेस ओखलढुंगाद्वारा निर्मित पार्टी कार्यालय भवन सञ्चालनमा आएको छ ।
नेपाली कांग्रेस ओखलढुंगाद्वारा निर्माण सम्पन्न भवन एक कार्यक्रमका बीच आज सञ्चालनमा ल्याएको हो ।
कार्यक्रममा संविधानसभा सदस्य रामहरि खतिवडा, पार्टी सभापति प्रदीपकुमार सुनुवार, पूर्वसभापति महेश कोर्मोचा, गोमा केसी र भवन निर्माण समितिका संयोजक कुमार बहादुर श्रेष्ठ लगायत कांग्रेस समर्थन युवा नेता तथा कार्यकर्ताहरुको सहभागी रहेको थिए ।
कार्यक्रममा बोल्दै संविधानसभा सदस्य एवम पूर्वसांसद खतिवडाले ओखलढुंगाका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूको योगदानले कांग्रेस पार्टीले आफ्नै भवन निर्माण गर्न सफल भएकोमा सम्पूर्ण सहयोगीमनहरु प्रति आभार ब्यक्त गर्दै आगामी दिनहरुमा पनी यसरीनै एकजुट भएर लाग्न आग्रह गरेका छन ।
खतिवडाले पार्टीका पूर्वसभापतिद्वय महेश कोर्मोचा र गोमा केसीले पार्टी कार्यालयको नयाँ भवन बनाउन ठूलो योगदान गरेको भन्दै प्रशंसा गरेका थिए ।
भवन निर्माणका लागी पूर्वसभापति गोमा केसीले केन्द्रबाट १५ लाख रुपियाँ ल्याएर निर्माण कार्य शुरु गरेको उक्त भवनको कुल लागत ९० लाख रुपैयाँमा निर्माण सम्पन्न भएको पार्टी कार्यालयको नयाँ भवनमा पूर्वसभापति महेश कमोर्चा, पूर्वपार्टी सभापति गोमा केसीको विशेष भूमिका रहेको थियो ।
काठमाडौँ। आधिकारिकताको विवाद चुलिएको नेकपामा दलको विधानसमेत दुई थरी रहेको पाइएको छ । पार्टी एकीकरणका क्रममा आयोगमा एउटा विधान बुझाइएको थियो । उक्त विधान गत …
काठमाडौँ। उपत्यकामा माघ पहिलो सातादेखि भौतिक रूपमै विद्यालय सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कम हुँदै गएको तथा सरकारले समेत चालू शैक्षिक …
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सूर्य चिह्न चाहिए पार्टीको बैठकमा सहभागी हुन प्रचण्ड–नेपाल समूहलाई आग्रह गर्नुभएको छ । पार्टीले अझै पनि …
काठमाडौँ। ५६ वर्षीया रैबियादेवी सदायले ओछ्यान भएको ठाउँमा साडीले बार लगाएकी छन्। दाउराको ‘मचान’ बनाएकी छन्। त्यसमै पराल ओछ्याएर सुत्छिन्। चिसोका बेला जिउ ढाकेर सुत्ने …