तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

ओखलढुंगा।नेपाली कांग्रेस ओखलढुंगाद्वारा निर्मित पार्टी कार्यालय भवन सञ्चालनमा आएको छ ।

नेपाली कांग्रेस ओखलढुंगाद्वारा निर्माण सम्पन्न भवन एक कार्यक्रमका बीच आज सञ्चालनमा ल्याएको हो ।

कार्यक्रममा संविधानसभा सदस्य रामहरि खतिवडा, पार्टी सभापति प्रदीपकुमार सुनुवार, पूर्वसभापति महेश कोर्मोचा, गोमा केसी र भवन निर्माण समितिका संयोजक कुमार बहादुर श्रेष्ठ लगायत  कांग्रेस समर्थन युवा नेता तथा कार्यकर्ताहरुको सहभागी रहेको थिए ।

कार्यक्रममा बोल्दै संविधानसभा सदस्य एवम पूर्वसांसद खतिवडाले ओखलढुंगाका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूको योगदानले कांग्रेस पार्टीले आफ्नै भवन निर्माण गर्न सफल भएकोमा सम्पूर्ण सहयोगीमनहरु प्रति आभार ब्यक्त गर्दै आगामी दिनहरुमा पनी यसरीनै एकजुट भएर लाग्न आग्रह गरेका छन ।

खतिवडाले पार्टीका पूर्वसभापतिद्वय महेश कोर्मोचा र गोमा केसीले पार्टी कार्यालयको नयाँ भवन बनाउन ठूलो योगदान गरेको भन्दै प्रशंसा गरेका थिए ।

भवन निर्माणका लागी पूर्वसभापति गोमा केसीले केन्द्रबाट १५ लाख रुपियाँ ल्याएर निर्माण कार्य शुरु गरेको उक्त भवनको कुल लागत  ९० लाख रुपैयाँमा निर्माण सम्पन्न भएको पार्टी कार्यालयको नयाँ भवनमा पूर्वसभापति महेश कमोर्चा, पूर्वपार्टी सभापति गोमा केसीको विशेष भूमिका रहेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …