तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले शिष्टाचार भेटवार्ता गरेका छन् । सभापति देउवा निवास बूढानीलकण्ठमा आज साँझ भएको भेटवार्तामा उहाँहरुबीच नेपाल–भारत बहुआयामिक सम्बन्धबारे छलफल भएको भेटमा सहभागी पूर्वराजदूत दिनेश भट्टराईले बताए ।

भेटमा सभापति देउवाले काँग्रेसले सदैव नेपाल–भारतबीचको सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै नेपालको प्रजातन्त्रको संस्थागत विकासमा भारतको नैतिक समर्थन रहँदै आएको बताएका थिए ।

सभापति देउवाले दुवै मुलुकबीच सम्झौता भएका परियोजनाको शीघ्र र प्रभावकारी कार्यान्वयन हुँदा त्यसले राम्रो सन्देश जाने र दुवै देशको हित हुने विषयमा समेत जोेड दिए सभापति देउवा प्रधानमन्त्री हुँदा उनका सल्लाहकार रहिसक्नुभएका भट्टराईले बताए ।

भेटमा दुवै मुलुकबीच उच्च राजनीतिक सम्पर्क र सम्बन्ध निरन्तर रहिरहनुपर्ने, दुवै देशबीच बाँकी रहेका मुद्दा समाधान गरेर जाँदा सम्बन्ध थप सुदृढ हुनेलगायत विषयमा पनि विचारविमर्श भएको थियो । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा सचिव श्रृङ्गला दुईदिवसीय भ्रमणका लागि आजै काठमाडौँ आएका हुन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …