तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाद्वारा निर्माण स्वास्थ्य चौकीको अस्थायी कोभिड अस्पतालमा डाक्टर सहितको पाँच शैयाको अस्पतालमा कोरोना संक्रमितहरुको उपचार हुने भएको छ।

कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै हलेसी तुवाचुङ नगरपालिकाले नागरिकको स्वास्थ सुरक्षाका लागि हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ५ दुर्छिम स्थित अस्थायी कोरोना कोभिड अस्पताल सञ्चालनमा ल्याएको र त्यही बाट अन्य बिमारीको पनि डाक्टर सहितको (ओपिडि) सेवा सुविधा दिने नगर उपप्रमुख विमला राईले बताउनुभयो।

उक्त अस्पतालमा अहिले आइसोलेसनका लागि शैया मात्र राखिएको र अब कोभिड अस्पतालमा अरु उपचार कक्ष र भेन्टिलेटरसहितको उपकरण थप्ने नगरपालिकाका प्रमुख ईवन राईले बताए ।

कोरोनाले विश्वभर पारेको प्रभावका बारेमा अध्ययनपछि हलेसी तुवाचुङ नगरपालिकाले छुट्टै कोरोना उपचार अस्पताल निर्माणको पहल गरेको थिएँ’, नगरपालिकाका प्रमुख ईवन राईले भने, ‘कोभिड अस्पताल सञ्चालनमा ल्याउन यसबीचमा धेरै अवरोधको सामना गर्नु पर्यो।’

बिहीबार हलेसि तुवाचुङ नगरपालिका वडा नम्बर ५ दुर्छिमको हेल्थ पोस्ट स्थित भएको एक कार्यक्रमकाविच नगरपालिकाका प्रमुख ईवन राई र उपप्रमुख बिमला राईले उक्त अस्पतालको रिवन काटेर उद्घाटन गरेका छन् ।

वडाध्यक्ष रमेश तिवारीको सभापतित्वमा र नगर प्रमुख ईवन राईको प्रमुख अतिथित्वमा सम्पन्न भएको सो कार्यक्रममा पालिकाका सबै वडाका अध्यक्ष र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …