अछाम – नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाको आयोजना पूर्व क्षेत्रिय सभापति तथा नेता स्वर्गीय प्रेमबहादुर बुढाको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। नेपाली काङ्ग्रेस रामारोशनका सभापति नन्दराज उपाध्यायको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा नेपाली काङ्ग्रेस अछामका सभापति भरत कुमार स्वार प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य रामबहादुर विष्ट रहनु भएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा स्वर्गीय नेताले पार्टीका लागि गर्नुभएको योगदानको चर्चा गरिएको थियो । साथै सोही कार्यक्रम स्वर्गीय नेता बुढाकोक्रिया खर्च स्वरुप उहाँको परिवारलाई २० हजार ९ सय रुपैयाँ सहयोग गरिएको थियो । श्रद्धाञ्जली कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका पुर्व सभापति मेघराज खड्का ,पुष्प बहादुर शाह सुदूरपश्चिम प्रदेश सभा सदस्य अम्बि थापा , नेपाली काङ्ग्रेसका महासमिति सदस्य अनुराधा स्वार , नेपाली काङ्ग्रेसका पूर्व जिल्ला सचीव राम बहादुर शाही , जिल्ला सदस्य केश बहादुर बटाला, नेविसंघ पुर्व केन्द्रीय सदस्य कालि बुढा ,चन्द्र विक जिल्ला समन्वय समिति सदस्य शिव तिरुवा, बान्नीगढी जयगढ गाउँपालिका -४ का अध्यक्ष कर्ण ठकुल्ला, रामारोशन गाउँपालिका – ७ का अध्यक्ष खडक भण्डारी , भुमिसरण ढकाल, राजेन्द्र खड्का , इन्द्र रावत, अछाम क्षेत्र नं १ क्षेत्रिय सभापति कृष्ण बुढा अन्य नेताहरु तथा विभिन्न भातृ संस्थाका प्रतिनिधी जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन रामारोशन गाउँपालिकाका पार्टी सचिव पुर्णबहादुर विकले गर्नु भएको नेपाली काङ्ग्रेसका युवा नेता पुष्प बिष्टले जानकारी दिनुभयो ।
काठमाडौँ। सरकारले दुई तिहाइ बहुमतसहितको ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको दाबी गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने गत पुस ५ गतेको मन्त्रिपरिषद् निर्णयमा …
काठमाडौँ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्व प्रशासक, व्यवसायीसहित २२० जनाको सम्पत्ति छानबिन गरिरहेको छ । यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप …
काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयले औपचारिक प्रवेश नै नपाई सकिएको छ । सीमा विवादको विषयमा लामो समयदेखि दुई देशबीचको तिक्तता हटाउने …
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक कोरोना …