तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले भौतिक पूर्वाधार निर्माणमा सक्रिय निर्माण व्यवसायीलाई अज्ञात समूहबाट निरन्तर हतोत्साहित गर्ने गरी भइरहेका हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।   मङ्गलबार राति १०ः१५ बजे रोल्पा प्यूठान जोड्ने घोडाखोलाको पुल निर्माण आयोजना किनारामा पार्किङ गरी राखिएका स्काभेटरहरुमा आगजनी गरिएको महासङ्घले बुधबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।

जलजला/आँशु/जय माँ निर्माण सेवाका सञ्चालक तथा महासङ्घका कार्यसमिति सदस्य बालाजु श्रेष्ठका स्काभेटरहरुमा अज्ञात समूहबाट आगजनी गरिएको महासङ्घले जनाएको छ । आगजनीबाट चार वटा स्काभेटर जलेर नष्ट भएको र बाँकी एउटामा आंशिक क्षति पुगेको महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रा १ क ३६७ नं को स्काभेटरमा आगजनी गरिँदा करोडांैको क्षति भएको महासङ्घले जनाएको छ । ती स्काभेटर कल्याणकोट—कालाकाटे गढ्वा सिक्टा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका थिए । उक्त सडक खण्डको निर्माण बज्रगुरु कान्छाराम कन्स्ट्रक्सन जेभीले गरिरहेको छ ।

निर्माण व्यवसायी र उनीहरुका उपकरणको सुरक्षालाई लिएर महासङ्घले पटक–पटक प्रधानमन्त्री, मन्त्री, सुरक्षा निकायका प्रमुखसहित सरोकार भएका सबैको ध्यानाकर्षण गराइरहँदासमेत अज्ञात समूहको हिंसात्मक गतिविधिमा कुनै कमी नआउनु ठूलो चिन्ताको विषय भएको महासङ्घको भनाइ छ ।

यस्तै सिलसिला जारी रहेमा देशभरका निर्माण ठप्प पारी महासङ्घ सशक्त आन्दोलनमा जान बाध्य हुने विज्ञप्तिमा उल्लेख छ । दोषीलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा सजाय दिन र सम्बन्धित निर्माण कम्पनीलाई क्षतिपूर्ति दिन महासङ्घले माग गरेको छ । साथै देशभरका निर्माण व्यवसायी र उनीहरुका उपकरणको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन महासङ्घले पुनः सरोकार भएका सबैको ध्यानाकर्षण गराएको छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …