तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पर्सा ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालल पार्टीको विधान, नीति तथा सिद्धान्तलाई आत्मसात् गर्दै अघि बढे विद्यमान सबै समस्याको समाधान निस्किने बताएका छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठन पर्साको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै नेता नेपालले ठूलो बलिदानी र त्यागले निर्माण भई जनताको माझ स्थापित नेकपालाई कसैले चाहँदैमा कमजोर गर्न नसकिने बताएका हुन् । 

पूर्वप्रधानमन्त्री नेपालले कर्मचारीको सरुवाबढुवामा देखिएका अनियमिता समाप्त पार्न  गुणदोषका आधारमा मूल्याङ्कन गर्ने पद्धतिको विकास आवश्यक रहेको धारणा व्यक्त गरे ।

नेता नेपालले कोरोना सङ्क्रमणको जोखिम यथावत् रहेकाले मास्कको प्रयोग, भौतिक दूरीको पालना र स्वाथ्य सचेतता अपनाउन सबैलाई आग्रह गरे । 

नेपाल कर्मचारी सङ्गठन पर्साका अध्यक्ष अमित गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेहरुलाई पूर्वप्रधानमन्त्री नेपालले सम्मान गरेका थिए ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …