तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ। भारतका विदेशसचिव हर्षवद्र्धन श्रृङ्गला नेपालको दुईदिने औपचारिक भ्रमण अन्तर्गत बिहीबार यहाँ आउँदै हुनुहुन्छ । उहाँ बिहीबार बिहान ११ बजे विशेष विमानमार्फत काठमाडौँ उत्रनुहुने छ ।

नेपाल आउनुभएकै दिन उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतका उच्चाधिकारीसँग शिष्टाचार भेट गर्नुहुने छ । साथै प्रमुख विपक्षी दल नेपाली काँग्रेसलगायत दलका उच्च नेतासँग भेट गर्नुहुने जनाइएको छ । भ्रमणकै क्रममा उहाँले भारत सरकारले सहयोग स्वरूप पठाएको कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुहुने छ । 

विदेशसचिव श्रृङ्गलाले भ्रमणका क्रममा बिहीबारै परराष्ट्र सचिव भरतराज पौडेलसँग भेट गर्नुहुने छ । यस द्विपक्षीय भेटमा नेपाल–भारतबीच सहकार्यमा रहेका विभिन्न परियोजनाका बारेमा छलफल हुने छ । भारतले भूकम्पपछिको पुनर्निर्माणमा ठूलो सहयोग राशिका साथ सघाइरहेको छ । 

त्यस्तै नेपालको तराई क्षेत्रका सडकमार्ग स्तरोन्नति र पूर्वाधार निर्माण अन्तर्गतको हुलाकी सडक निर्माण, सीमा नाकामा चारवटा चेकपोस्ट निर्माण, नेपाल–भारत पेट्रोलियम पाइपलाइन, रेल्वे सेवा, खाद्य सुरक्षा, व्यापार वाणिज्य, अरुण तेस्रोसहितका विद्युत् उत्पादनलगायत विविध परियोजनामा दुई मुलुकबीच सहकार्य जारी छ । 

विशेषगरी उहाँको यो भ्रमण नेपाल–भारत संयुक्त आयोगको बैठकको तयारीका लागि केन्द्रित रहने भएकाले त्यस बैठकमा उठान गर्नुपर्ने विषयमा परामर्श हुने छ । नेपाल र भारतका परराष्ट्रमन्त्रीले नेतृत्व गर्नुहुने आयोगको छैटौँ बैठक अर्को महिना भारतको नयाँदिल्लीमा गर्ने तयारी भइरहेको छ ।

प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई साँध सिमाना जोडिएका नेपाल–भारत वा नेपाल–चीन दुवैतर्फ सद्भावपूर्ण सम्बन्ध रहनु जरुरी हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दुई पुराना मित्र मित्रताको एउटै बाटोमा नहिँडेर सुख छैन । मनमुटाव मेटेर संवादमार्फत समस्याको समाधान खोज्नुको विकल्प छैन, निकट रहेका दुवै छिमेकीसँग र अन्य मित्रराष्ट्रसँगको सम्बन्धलाई राम्रो बनाउने नेपालको उद्देश्य छ, जसका लागि विगतमा रहेका समस्यालाई समाधान गर्दै अगाडि जाने नेपालको नीति हो ।

उहाँका अनुसार त्यही विकल्पको डोरी समात्दै पछिल्लो समय भारत सरकारले नेपालप्रति चासो दिएर उच्चस्तरीय भ्रमणलाई बढावा दिएको छ । भ्रमणको पूर्वसन्ध्यामा नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ बनाउने महìवपूर्ण कडीका रूपमा रहेको उच्चस्तरीय भ्रमणको निरन्तरता स्वरूप यो भ्रमण हुन लागेको मन्त्रालयले जनाएको छ । भारत सरकारले नेपाललाई सधैँ आफ्नो निकट मित्रका रूपमा लिएर उच्च महìव दिएको जनाइएको छ । 

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको सीमा विवाद समाधानको कडी खोज्न भारतीय विदेशसचिव श्रृङ्गलाको महìवपूर्ण भूमिका रहने छ । “सीमा समस्यासँगै नेपाल–भारत जोडिएका समग्र विषयमा सहमत भएर अगाडि जाने र कतिपय फरक मत र फरक ठाउँमा उभिएको अवस्थालाई एकै ठाउँमा उभिनका लागि के के कुरामा सहमति गर्न सकिन्छ, त्यस कुरामा ध्यान दिनेछौँ, डा. भट्टराईले थप्नुभयो । विदेश सचिव श्रृङ्गला यही मङ्सिर १२ गते नै स्वदेश फर्कनुहुने छ ।गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …