• शनिवार, माघ-३,२०७७ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

  • 40
    Shares
छापाबाट

काठमाडौं । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता स्थायी लेखा नम्बर लिएर पनि कर नतिरेका करदातालाई ‘आर्थिक ऐन–२०७७’ ले दिएका छुट तथा सुविधा उपयोग गर्ने अवसर दिएर जतिसक्दो छिटो उठाउन सरकारले पुनः ताकेता गरेको हो ।

आन्तरिक राजस्व विभागले आर्थिक ऐन–२०७७ अनुसार आर्थिक वर्ष २०७०÷७१ यता स्थायी लेखा (प्यान) नम्बर लिएर पनि आय विवरण पेस नगर्ने र आय विवरणअनुसार आयकर नतिरेका करदाताका लागि फागुनसम्मको मौका दिएर उठाउन लागेको हो । कोरोना भाइरस महामारीको चपेटामा परेका सेवाग्राही एवं करदाताले यसअघि विभिन्न समयमा उपलब्ध गराइएको अवसरमा समेत आफूले बुझाउनुपर्ने कर नतिरेका कारण विभागले अहिले पुनः मौका दिएको बताएको छ ।

विभागका उपमहानिर्देशक एवं प्रवक्ता मुक्ति पाण्डेले आगामी फागुनसम्मको अवसर नगुमाउन सम्बन्धित सरोकारवाला एवं सेवाग्राहीलाई आग्रह गरे । उनले सेवाग्राहीका लागि यो निकै राम्रो अवसर भएको बताए ।

विभागका अनुसार हाल आय विवरण पेस नगर्ने र कर नतिर्ने करदाताको संख्या २ लाख ८० हजार ६ सय ३८ रहेको छ । विभागले देशभरका ती करदातालाई आगामी फागुनसम्म आर्थिक ऐनले दिएको छुट तथा सुविधा उपयोग गरी कर तिर्न ताकेता गरेको बताएको छ ।

आय विवरणअनुसार आयकर र त्यसमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम आगामी फागुनसम्म बुझाएमा सोभन्दा अघिल्ला वर्षको आय विवरण पेस गर्नु नपर्ने गरी छुट दिएको छ

विभागले आगामी फागुनसम्म तिर्नुपर्ने कर बुझाएमा निकै छुटको अवसर पाइने व्यवस्था गरिएको जनाएको छ । आर्थिक ऐनले आय विवरण पेस नगर्ने वार्षिक ५० लाख रुपैयाँसम्म कारोबार गर्ने व्यक्तिले आव २०७३-७४ देखि २०७५-७६ सम्मको आय विवरण, सो आय विवरणअनुसार आयकर र त्यसमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम आगामी फागुनसम्म बुझाएमा सोभन्दा अघिल्ला वर्षको आय विवरण पेस गर्नु नपर्ने गरी छुट दिएको छ ।

त्यसरी छुट पाएको रकममा लाग्ने आयकर, शुल्क तथा बाँकी ब्याजसमेत छुट पाइने विभागले जनाएको छ । विभागले दिएको यस्तो अवसरअनुसार ५० लाखभन्दा माथिको वार्षिक कारोबार गर्ने करदातालाई भने आव २०७३-७४ भन्दा यता कर विवरण र त्यसअनुसारको आयकर नबुझाएको अवस्थामा आगामी फागुनसम्म आय विवरण, विवरणअनुसार लाग्ने आयकर र त्यसमा लाग्ने करको २५ प्रतिशतसम्म बुझाउन सक्ने सुविधा दिइएको छ । यस्तो अवस्थामा बाँकी ब्याज र अतिरिक्त शुल्क मिनाहा हुने बताइएको छ ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार स्थायी लेखा नम्बर लिएर कर विवरण नबुझाउने, त्यसअनुसारको आयकर नबुझाउने अधिकांश करदाता खुद्रा पसलेदेखि साना होटल रेस्टुरेन्टसम्मका अधिकांश साना करदाता रहेका छन् । व्यावसायिक स्थायी लेखा नम्बर लिएर व्यवसाय सञ्चालन गरिरहेका करदाताका लागि यी छुट र सुविधा उपलब्ध गराइएको विभागले जनाएको छ ।

कोरोना भाइरस महामारीको चपेटामा परेका सेवाग्राहीको मर्कालाई बुझेर केही राहत पु¥याउने उद्देश्यले सरकारले सर्वसाधारणका लागि पुनः यस्तो अवसर दिएको विभागको भनाइ छ । गत ११ चैतदेखि असारसम्म भएको मुलुक लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण समस्यामा परेका सेवाग्राहीलाई केही राहत दिन विभागले यसअघि दुईपटकसम्म बुझाउनुपर्ने कर तिर्न यस्तो अवसर उपलब्ध गराएको थियो । यसअघिको अवसरमा पनि कर बुझाउन नसक्ने सेवाग्राहीका लागि यो थप मौका भएको विभागले जनाएको छ । राजाधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

दुई तिहाइ बहुमतका लागि प्रतिनिधिसभा विघटनको निर्णय गरेको सरकारको दावी

काठमाडौँ। सरकारले दुई तिहाइ बहुमतसहितको ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको दाबी गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने गत पुस ५ गतेको मन्त्रिपरिषद् निर्णयमा …

नेता, पूर्व प्रशासक, व्यवसायीसहित २२० जनाको सम्पत्ति छानबिन हुँदै

काठमाडौँ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्व प्रशासक, व्यवसायीसहित २२० जनाको सम्पत्ति छानबिन गरिरहेको छ । यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप …

सीमा विवाद समाधान गर्न छुट्टै संयन्त्र बनाउन भारतको प्रस्ताव

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयले औपचारिक प्रवेश नै नपाई सकिएको छ । सीमा विवादको विषयमा लामो समयदेखि दुई देशबीचको तिक्तता हटाउने …

‘कोभिसिल्ड’ खोप नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक कोरोना …