तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) का कारण निर्धारित कार्यतालिकाभन्दा केही ढिला हुन गएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यले पुनः गति लिएको छ । पुस पहिलो हप्तादेखि सुरुङमार्ग खन्ने गरी तयारी भइरहेको सुरुङमार्ग आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख नरेशमान शाक्यले भन्नुभयो, “सुरुङमार्ग खन्न आवश्यक तयारी अन्तिम चरणमा छ । पुस पहिलो सातादेखि आयोजनाको सुरुङ खन्ने काम सुरु गरिनेछ ।” मङ्सिर पहिलो हप्तादेखि नै सुरुङ खनिने लक्ष्य रहे पनि कोभिड–१९ का कारण पूरा हुन नसकेको उहाँले स्पष्ट गर्नुभयो ।

सुरुङमार्गको मुखमा राखिने स्टिलको फ्रेम अहिले निर्माण भइरहेको बताउँदै आयोजना प्रमुख शाक्यले भन्नुभयो, “सुरुङ खन्न अब कुनै तयारी बाँकी छैन । फ्रेम निर्माण गरिरहेको बुटबलस्थित कम्पनीका कामदारमा कोभिड–१९ को सङ्क्रमण देखिँदा कम्पनी केही समय बन्द भएकाले समयमा फ्रेम निर्माण हुन सकेन ।पहिलो फ्रेम हाल्नुपर्छ, फ्रेम हालेको ८/१० दिनपछि सुरुङ खन्ने काम सुरु हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको मुलुककै पहिलो आधुनिक उक्त सुरुङमार्ग निर्माणका लागि अहिले आवश्यक जनशक्ति र उपकरण पूरा भइसकेकाले अब आयोजनाको काम बिनाअवरोध अगाडि बढ्ने र निर्धारित समयमै काम सम्पन्न हुने लक्ष्य लिइएको जनाइएको छ । प्रधानमन्त्री ओलीले गएको कात्तिक ४ गते उक्त सुरुङमार्ग शिलान्यास गर्नुभएको थियो । आयोजना प्रमुख शाक्यका अनुसार अहिले कार्यस्थलमा २० जना जापानी प्राविधिकसहित दुई सयभन्दा बढी जनशक्ति काममा खटिइरहेका छन् । जापानबाट थप १५ जना प्राविधिक आउने तयारीमा छन् ।

सुरुङमार्ग निर्माण गर्न नौ सय टन विस्फोटक पदार्थ आवश्यक रहेकोमा निर्माण स्थलको भण्डारण क्षमताअनुसार अहिले ६० टन आयात गरिएको छ । भण्डारण गरिएको सकिनेबित्तिकै पुनः आयात गरिनेछ । नौ सय टनमध्ये तीन सय टन भारतबाट आयातका लागि नेपाली सेनाले यसअघि नै आयोजनालाई अनुमति दिइसकेको छ ।

दुवैतिरको मुख निर्माण भइसकेपछि भित्र छिरेर दैनिक विस्फोट गराइने बताउँदै उहाँले अबको एक वर्षभित्र दुवैतिरबाट वारपार गर्न मिल्ने गरी प्रस्तावित सुरुङको प्वाल खोलिने जानकारी दिनुभयो । करिब २.७ किलोमिटर लम्बाइको सुरुङमार्गको चौडाइ करिब १२ मिटर र उचाइ आठ मिटर हुनेछ । राजमार्ग अवरोध नहुने गरी काम अगाडि बढाइएको छ । राजमार्गको ठीक पाँच मिटरमुनि सुरुङमार्ग निर्माण भइरहेको छ ।

मुलुककै चासोको विषय रहेको सो सुरुङमार्ग निर्माण निर्धारित समयमै सकिने गरी कामलाई तीव्रता दिइएको बताउँदै उहाँले हरेक दिन चारवटा विस्फोट गराइने जानकारी दिनुभयो । “निर्माणका क्रममा ‘होल’ खनिन्छ र विस्फोट गराइन्छ । यो क्रम दैनिक चार पटकसम्म गरिन्छ”, उहाँले भन्नुभयो, “निर्माणलाई निरन्तरता दिन अब कुनै बाधा अवरोध छैन । सुरुङमार्गको निर्माण अब ‘नन स्टप’ अगाडि बढ्छ ।

निर्माणाधीन सुरुङमार्ग क्षेत्रमा परेको सिस्नेखोलालाई अहिले व्यवस्थापन गर्ने काम भइरहेको छ । आठ इन्च वृत्ताकार नाला बनाएर स्थायी रूपमा खोला व्यवस्थापन गर्ने काम भइरहेको छ । गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …