तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं– जाडो याममा बिहान चिसो छ भनेर अल्छि मानेर बस्ने बानी हुन्छ । जाडोयाममा शारीरिक अभ्यास गर्न अल्छी मानेर बस्दा शरीरमा कोलेस्ट्रोल बढ्ने खतरा रहने स्वास्थ्य विज्ञ बताउँछन् ।

जाडो याममा घाम कम लाग्ने कारण शरीरले भिटामिन डी कम मात्रामा सोस्न पाउँछ । 

भिटामिन डीको कमी हुँदा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न जान्छ । प्रशस्त मात्रामा घाम लागेको बेला शरीरले पर्याप्त मात्रामा भिटामिन डी सोस्न पाउँछ । यसले शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउने कारण कलेजो सम्बन्धी विभिन्न रोगहरु लाग्ने खतरा हुन्छ । 

नियमित शारीरिक अभ्यास गरेको खण्डमा कलेजो सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ । मौसम अनुसार खानपिन अलग अलग हुनेकारण शरीरमा कोलेस्ट्रोलको मात्रा घटबढ भइरहन्छ । 

मोटोपनबाट समस्याग्रस्त र मधुमेहको समस्या भएका व्यक्तिमा ८० प्रतिशतसम्म कलेजो सम्बन्धी रोग लाग्ने सम्भावना  बढी हुन्छ । 

डा. सन्जय सिंहले भने ‘कलेजोले शरीरमा रहेको विषाक्त तत्वलाई हटाउने काम गर्छ । चिसोमा अल्कोहल पिउनु राम्रो मानिँदैन् । जाडोमा लसुन खाँदा यसले शरीरमा रहेको विषाक्त तत्वलाई हटाउँछ । 

त्यस्तै तपाईँले तपाईँले  दैनिक शारीरिक अभ्यास वा योगा गर्ने, बोसो रहित खाना खाने, धुम्रपान नगर्ने, शरीरको तौल बढ्न नदिई कोलेस्ट्रोलको  खतराको रोकथाम गर्न पनि सक्नुहुन्छ । 

कलेजो सफा गर्ने सेलेनियम र अलिसिन तत्वलाई बढाउन लसुनले मद्दत गर्छ । ग्रीन टी पिउँदा पनि शरीरमा रहेको विषाक्त तत्वलाई हटाएर लिभर सफा गर्ने काम गर्छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …