तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपाल–भारत सीमास्थल जौबारीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । इलामको सन्दकपुर गाउँपालिका–५ स्थित जौबारीमा स्थापित बिओपी प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की र प्रदेशका कृषिराज्यमन्त्री राम रानाले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण इलामअन्तर्गत स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रणलगायतका विविध कामकारवाहीमा परिचालित हुने सशस्त्र प्रहरी बल इलामका प्रहरी उपरीक्षक सुधीरजङ्ग थापाले जानकारी दिए । इलाम सदरमुकामदेखि करिब ३९ किलोमिटरको दूरीमा नेपाल–भारत सीमा नाकाभन्दा करिब एक किलोमिटर वर स्थापना गरिएको उक्त बिओपीले सोमबारदेखि नै दैनिककार्य सञ्चालन गरेको छ ।

नेपाल सरकारको नीतिअनुरूप सिमानालाई अझ मजबुद बनाउन तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट थप गर्दै लगिएको हो । इलामको सलकपुर, छब्बीसे, समालबुङ, कालपोखरीलगायतका स्थानमा यसअघि नै बिओपी स्थापना भइसकेको छ ।

बिओपी उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली जौबारी आउने कार्यक्रम तय भएको थियो तर प्रतिकूल मौसमका कारण जहाज अवतरण गराउन नसक्दा समस्या भएको थियो । प्रधानमन्त्री ओली सवार जहाज इलाममा अवतरण गर्न नसकेपछि विराटनगरमा अवतरण गराइएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …