तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कोरोनाभाइरस संक्रमणको जोखिमका कारण गत वैशाखमा स्थगित भएको कक्षा १२ को परीक्षा आज बिहान ८ बजेबाट शुरु भएको छ। ४० प्रतिशत अंकभारका लागि साढे एक घन्टाको परीक्षा संचालन भएको छ ।

थप ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षामा देशभरका चार लाख ३२ हजार ५०० विद्यार्थी सहभागी भएको जनाएको छ।

बोर्डले कोरोना संक्रमित भएर परीक्षामा सामेल हुन नसक्नेलाई पछि सहभागी गराउने जनाएको छ। तर, संक्रमित भएर लक्षण नदेखिएका वा सहभागी हुनसक्नेका लागि परीक्षा दिन छुट्टै व्यवस्था गरिएको छ। परीक्षामा सहभागीका लागि स्वास्थ्यका सबै मापदण्ड पूरा गरेको पनि बोर्डले जनाएता पनि तर परिक्षा हल भित्र परिक्षार्थि सुरक्षीत भएता पनि हल बाहिर सुरक्षीत देखिदैन्न ।

हल भित्र जानू भन्दा पहिले साथीहरु सग एकआपस मा भलाकुसारी  गरेर हल भित्र प्रवेश गरेको देख्न सकिन्छ एवम् परिक्षा समाप्त भए पछि पनि साथी अरुस प्रत्येक्ष कुराकानी हरु पनि देख्न सकिन्छ । यसरी नै विद्यार्थी हरुले लापरबाही भएमा समुदाय भित्र कोरोना भाइरसका सङ्क्रमीत भयावह हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …