तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको छ । भुटान, भारत र माल्दिभ्सपछि नेपालमा संक्रमित संक्रमणमुक्त हुनेको संख्या उल्लेखनीय रहेको छ ।

हालसम्म नेपालमा कुल संक्रमितमध्ये ९० दशमलव ९० प्रतिशत संक्रमणमुक्त भएका छन् । देशभर २ लाख २२ हजार २ सय ८८ संक्रमितमध्ये २ लाख २ हजार ६७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म १ हजार ३ सय ३७ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ रहेको छ ।

देश संक्रमणमुक्त (प्रतिशतमा)
भुटान ९४.२४
भारत ९३.६७
माल्दिभ्स ९१.९९
नेपाल ९०.९०
पाकिस्तान ८७.७८
बंगलादेश ८१.०१
अफगानिस्तान ७९.९६
श्रीलंका ७१.८७

वल्र्डमिटरका अनुसार सबैभन्दा धेरै भुटानमा कुल संक्रमितमध्ये ९४ दशमलव २४ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल ३ सय ८२ जना संक्रमितमध्ये ३ सय ६० जना संक्रमणमुक्त भएका छन् । भुटानमा हालसम्म मृत्युदर शून्य रहेको छ ।

वल्र्डमिटरका अनुसार संक्रमणमुक्त हुनेमध्ये दोस्रो स्थानमा भारत पर्छ । भारतमा कुल संक्रमितमध्ये ९३ दशमलव ६७ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल ९१ लाख ४० हजार ३ सय १२ जना संक्रमितमध्ये ८५ लाख ६२ हजार ६ सय ४१ जना संक्रमणमुक्त भएका छन् । भारतमा हालसम्म कोरोना संक्रमणबाट १ लाख ३३ हजार ७ सय ७३ जनाको मृत्यु भएको छ ।

तेस्रो स्थानमा माल्दिभ्स रहेको छ । हालसम्म कुल संक्रमितमध्ये ९१ दशमलव ९९ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल संक्रमित १२ हजार ६ सय ८ जनामध्ये ११ हजार ५ सय ९९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म माल्दिभ्समा ४६ जनाको मृत्यु भएको वल्र्डमिटरमा उल्लेख छ ।

पाकिस्तानमा कुल संक्रमितमध्ये ८७ दशमलव ७८ प्रतिशत संक्रमणमुक्त भएका छन् । वल्र्डमिटरका अनुसार कुल संक्रमित ३ लाख ७६ हजार ९ सय २९ जनामध्ये ३ लाख ३० हजार ८ सय ८५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म पाकिस्तानमा ७ हजार ६ सय ९६ जनाको मृत्यु भएको छ ।

यस्तै, बंगलादेशमा कुल संक्रमितमध्ये ८१ दशमलव १ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल संक्रमित ४ लाख ४७ हजार ३ सय ४१ जनामध्ये ३ लाख ६२ हजार ४ सय २८ जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये ६ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ ।

यस्तै, अफगानिस्तानमा कुल संक्रमितमध्ये ७९ दशमलव ९६ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल संक्रमितमध्ये ३ लाख ३५ हजार ९ सय ७६ जना संक्रमणमुक्त भएका छन् । संक्रमित १ हजार ६ सय ९५ जनाको मृत्यु भएको छ ।

यस्तै, श्रीलंकामा कुल संक्रमितमध्ये ७१ दशमलव ८७ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल संक्रमित २० हजार १ सय ७१ जनामध्ये १४ हजार ४ सय ९७ जना संक्रमणमुक्त भएका छन् । संक्रमित ८७ जनाको मृत्यु भएको कोरोनाको रेकर्ड राख्दै आएको वल्र्डमिटरले जनाएको छ । राजधानी दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …