तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा १ पाइलटको मृत्यु, १ यात्रु घाइते भएका छन् ।

प्याराग्लाइडिङ पाइलट  पोखरा माहानगर पालिका २८ का  राजु नेपालीको मृत्यु भएको हो । घाइते हुनेमा काठमाडौंको बूढानीलकण्ठ २ निवासी २८ वर्षीया शीला श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

फिस्टेल नेपालअन्तर्गतको ग्लाइडर फेवाताल किनारमा ल्याण्ड गर्ने क्रममा सोमबार खपौदी क्षेत्रस्थित ल्यान्डिङ जोनभन्दा झण्डै डेढ किमीमाथि दुर्घटनामा परेको हो ।

दुर्घटनापछि घाइते दुवैजनाको पोखराको सिर्जनाचोकस्थित मेट्रो सिटी अस्पतालमा लगिएकोमा पाइलट नेपालीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते श्रेष्ठको छाती र खुट्टामा चोट लागेको छ । उनको थप उपचारका लागी काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …