तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

क्यानाडा। गैरआवसिय नेपाली संघ क्यानडाको विधान संशोधन सुझाव समितिले सम्पूर्ण आजिबन तथा साधारण सदस्यहरु, सामाजिक अभियान्ता ,पत्रकार लगायत सम्पूर्ण गैरआवसिय नेपालीहरु संग बिधान संशोधनका लागि सुझाब पठाउनु हुन् अनुरोध गरेको छ।

गैरआवासीय नेपाली संघ अन्तर्राट्रिय समन्वय परिषदले बिधान सम्शोधनका लागि रास्ट्रीय समन्वय समितिहरुलाई सस्थागत धारणा पेश गर्नको लागि पत्राचार गरेकोले सुझाब पठाएर सहयोग गर्न सम्पूर्णमा अनुरोध गरिएको गैर-आवासीय नेपाली संघ अन्तराषट्रीय समन्वय समिति अन्तर्गतको बिधान संशोधन सुझाब समिति सदस्य तथा एन आर एन क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरे बताउनु भयो ।

गैरआवासीय नेपाली संघ अन्तर्राट्रिय समन्वय परिषदले अनलाइन मार्फत बिशेष अधिवेशनको आयोजना गर्ने तयारी समेत गरेको र संघको विधानका मूलभूत विषयहरुमा संशोधनका निम्ति प्रस्ताव गर्ने गरी संघको वर्तमान नेतृत्व क्रियाशिल र विधान संशोधन सुझाव समिति तदनुरुप कार्यरत रहेको जनाएको छ।

विधानमा संशोधनका खाका प्रस्तुत भए पनि छलफलका निम्ति प्रयाप्त समय र उपयुक्त वातावरण नबनेकाले संशोधनका काम थाति रहेकाले विधान संशोधन प्रमुख एजेन्डा सहित विशेष अधिवेशन हुन गैरहेकाले विधानको अध्ययन १५ दिन भित्रमा बिधान संशोधन सुझाब समितिको इमेल [email protected] मा सुझाब दिनु हुन् सम्पुर्णमा आग्रह गरेको गैरआवासीय नेपाली संघ क्यानाडाका अध्यक्ष चिरन्जिबी घिमिरेले आगमनखबर डटकमलाई जानकारी दिनुभयो ।

यस्ता छन् छलफल र सुझाब संकलन गरिने बुँदाहरु :

१. संस्थाको रुपान्तरणको लागि निशुल्क सदस्यता तथा महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेसनको ब्यबस्था र आइसिसि सदस्य संख्यको निर्धारण र चयन प्रकृया

२. अनलाइन मतदान ( निर्बाचन कार्यबिधी)

३. अन्तर्राष्ट्रिय समन्यव परिषदको महाधिवेशनमा हुने प्रतिनिधिको छनौट बिधि, प्रकृया र मापदण्ड निर्धारण बारे ।

४. संस्थाको कार्यकाल, कार्यकारिणी समितिको आकार ।

५. व्यवसायगत (प्रोफेसनल) संरचनाको निर्माण । ६. महिला तथा युबा समितिको गठन र कार्यबिधि ।

७. संस्थागत संरचना सुदृढ गर्दै संघको साख अझ उचो बनाउन विधानमा आबस्यक अन्य संसोधनका बिषयहरु ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …