तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले नेपाली कांग्रेस एउटा ब्यक्ति नभई लाखौं सहिदको बलिदानले बनेको संस्था भएकोले ईतिहासकै असफल ओली सरकारसॅग सम्झौता नगरियोस् भनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्तासाझेदारीको कुरा गरेको समाचार धमाधम आइरहेको बेला युवा नेता पौडेलले कांग्रेस ५ बर्ष प्रतिपक्षको भूमिकामा विपक्षमै रहने बताएका हुन् ।

आइतवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै नेता पौडेलले हामीले बारम्बार ओली प्रवृतिलाई इन्कार गरेका छौं। केन्द्रिय समितिले ओलि सरकारले वैद्यता गुमाईसकेको निणर्य गरिसकेको छ। जन नजरमा ईतिहासकै असफल ओली सरकारसॅग सम्झौता नगरियोस्। हेक्का रहोस् कांग्रेस एउटा ब्यक्ति होईन लाखौं सहिदको बलिदानले बनेको संस्था हो।पॅाच बर्ष हामी प्रतिपक्षमा रहन्छौ उनले लेखेका छन् ।

सरकारको नेतृत्वकर्ता दल (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको समयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले शनिवार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवासँग लामो भेटवार्ता गरेका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …