तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं। प्रमुख  प्रतिपक्षदल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ५ वर्ष विपक्षमा बस्ने जनादेश भएकोले आफ्नो पार्टी कुनैपनि भड्कावबाट टाढा रहने बताएका छन् ।

कांग्रेस पार्टी सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदारीको कुरा गरेको समाचार प्रकाशन  आएको बेला प्रवक्ता शर्माले कांग्रेस विपक्षमै बस्ने बताएका हुन् ।

आइतवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै प्रवक्ता शर्माले नेकपाको द्वन्द्वसँग विलकुल निरपेक्ष रहेको दावी गरेका हुन । ‘५ बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई, अत कुनैपनि भड्कावबाट टाढा छौं,रहनेछौं’ शर्माले ट्वीटरमा लेखेका छन्, ‘नेकपाको द्वन्द्वसँग विलकुल निरपेक्ष छौं  अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस, सजग गराउंदछौं ।’

सरकारको नेतृत्वकर्ता दल (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको समयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले शनिवार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवासँग लामो भेटवार्ता गरेका थिए । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …