तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

वाग्मती – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकार सञ्चार क्षेत्रलाई हरतरहले सहयोग गर्न तयार रहेको बताएका छन् ।

हेटौँडाबाट प्रसारित पहिलो स्याटेलाइट टेलिभिजन नेशनल गोल्ड एचडीलाई शनिबार शुभकामना दिँदै मुख्यमन्त्री पौडेलले सरकार र सञ्चार क्षेत्रबीच हार्दिकतासहितको सम्बन्ध रहनुपर्ने धारणा राखे ।

“मिडिया र सरकार हार्दिकताका साथ अगाडि बढ्ने हो भने हामीले चाहेका धेरै कुराहरु पूरा गर्न सकिन्छ”, मुख्यमन्त्री पौडेलले भने ।

सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेशको राजधानी हेटौँडामा राष्ट्रियस्तरका सञ्चारमाध्यम स्थापना हुनु आफैँमा राम्रो भएको उनको भनाइ थियो ।

“प्रदेश राजधानी हेटौँडाबाट सञ्चालित सञ्चारमाध्यमले वाग्मती प्रदेशसहित सिङ्गो नेपालका विविध विषयवस्तु उजागर गरेर देशको प्रतिनिधित्व गर्न सकोस्”, मुख्यमन्त्री पौडेलले भने ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …