तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्याङ्जा ।भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पदमाकुमारी अर्यालले लोकतन्त्रमा विकास पहुँचको आधारमा नहुने भन्दै आवश्यकताका आधारमा विकास गरिएको बताएकी छन् ।

शनिवार स्याङ्जाको कालीगण्डकी–१ स्थित जनहित माध्यमिक विद्यालयको भवन शिलान्यास गर्दै विगतका शासन सत्तामा पहुँचको आधारमा विकास भएको तर अब लोकतन्त्रमा त्यसो नहुने भन्दै उनले भनिन्, ‘विगतमा पहुँचका आधारमा मुकाम केन्द्रित विकास भए अब त्यस्ता प्रवृत्तिको अन्त्य हुनेछ, विकास दूरदराजमा पुगेका छन् ।’

 हरेक जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्न सरकार द्रूतगतिमा अगाडि बढिरहेको भन्दै त्यसको प्रतिफलमा जनताले घरघरमा स्वास्थ्य सेवा पाएको उनले बताइन् । उनले भनिन्, ‘विगतमा सिटामोल खान मुकाम नै जानुपर्ने अवस्था थियो, अब त्यस्ता समस्याको अन्त्य भएको छ । हरेक वडामा स्वास्थ्य एकाइ बनेको छ ।’

 स्वास्थ्य, शिक्षा, खानेपानी, सूचना नागरिकको आधारभूत आवश्यकता भएको भन्दै उनले भनिन्, ‘सरकार हरेक पालिकामा प्राविधिक, सीपयुक्त शिक्षाको अभियानमा छ । स्वास्थ्य, शिक्षाका लागि आवश्यक भौतिक संरचना बनेका छन् ।’ लोकतन्त्रमा प्रणालीले राज्य चल्ने भन्दै आवश्यकताका आधारमा विकास भएको उनले बताइन् ।

‘स्याङ्जा मुकामबाट विकट र टाढा मानिएका चण्डकीभञ्याङ, कालीगण्डकी अहिले राजमार्गको अन्य पालिकाभन्दा कम छैनन्, जनताले विकासको अनुभूत गर्नुभएको छ,’ उनले भनिन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …