तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले किसानलाई कृषि सामग्री साथै बीउ बिजन वितरण गरेको छ ।

तुवाचुङ नगरपालिकाको पहलमा स्वीस सरकार विकास सहयोग (एसडिसि)को सहयोगमा जिवीकोपार्जन सहयोग कार्यक्रम अन्तरगत सल्लेका २१६ घरधुरी किसानलाई कृषि सामग्री साथै बीउ बिजन वितरण गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिकाको उपमेयर बिमला राईद्वारा प्लाष्टिक टनेल, सिड–स्प्रे, हिल ट्यांक, हजारी साथै बीउविजन वितरण गरेको हो ।

कृषकहरुलाई खेती किसान गर्न सिचाइका लागी पानी संकलनका हिल ट्यांक र तरकारी खेतीका लागि प्लाष्टिक टनेल लगायतका कृषि सामग्री उपलव्ध गराएको हो ।

नगरपालिकाका ११ वडामध्ये कात्तिक २५ गते हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका ३२५ जना किसानलाई कृषि तथा बीउ विजन वितरण गरिएको थियो ।

कारितास नेपाल र नवकिरण सेवा समाज नेपालको सहजीकरणमा नगरपालिकाका १० रोपनीभन्दा कम जग्गा भएका किसानलाई कृषि सामग्री वितरण सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राईले बताए ।

गत वर्षको लामो खडेरीका कारण खाद्य संकट झेलेका किसानका लागि नगरपालिकाले राहत माग गरेको आधारमा एसडिसिले ४ हजार ५३ घर किसानलाई २ करोड ४४ लाख वरावरको कृषि सामग्री एबं बिउ उपलव्ध गराएको हो । एसडिसिले उपलव्ध गराएको कृषि सामग्री तथा बिउ क्रमशः अन्य वडाका किसानहरु समेतलाई वितरण गर्ने तयारी रहेको नगरप्रमुख राईले बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …