तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

दाङ । मालपोत कार्यालय दाङका नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बाँके, नेपालगञ्जले घुस रकम सहित पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित मालपोत कार्यालयबाट अख्तियारको टोलीले ३ लाख २० हजार रुपैयाँ घुस रकम सहित रंगे हात पक्राउ गरेको हो । 

सुकुम्बासी जग्गा नापजाँच गरी पुर्जा उपलब्ध गराउने बहानामा सेवाग्राहीसँग पैसा लिदै गर्दा पक्राउ गरिएको अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जका सूचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिए ।

उनीहरुलाई अहिले नियन्त्रणमा लिएर नेपालगञ्ज लगिएको जानकारी दिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्ज सम्पर्क कार्यालयले दाङ, बाँके र बर्दियामा भएको भस्टचारको निग्रानी गर्दछ । 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …