तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काभ्रे । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र दन्द चलीरहेको अवस्था काभ्रेमा नेकपा परित्याग गरी झन्डै   २०० जना नेकपाका कार्यकर्ता  नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट सरकारले जनताका लागिभन्दा आफ्नो स्वार्थपूर्तिमा लागेको भन्दै उनीहरूले पार्टी परित्याग गरि रोशी गाउँपालिका वडा नम्बर ४ साबिकको महादेवटारमा भएको चियापान कार्यक्रमका बिचमा कांग्रेसमा प्रवेश गरेका हुन् ।

नव प्रबेसीहरु आफुहरुले आस्था गरेको पार्टि नेपाल कम्युनिस्ट पाटीले जनताको नेतृत्व गर्न नसकेकाले देश कै पुरानो र ठुलो दल नेपाली काङ्ग्रेस पाटीमा मात्र विस्वास गर्न सकिने बताएका छन् ।

नवप्रवेशहरूलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव प्रसाद हुमागाई, विशेष अतिथी काभ्रेका कांग्रेस जिल्ला सभापति मधु आचार्य, प्रदेश सभा( ख) पुर्व उम्मेदवार तथा महसमिती सदस्य गणेश लामा, प्रतिनिधि सभा काभ्रे-१ का सभापति एवं पूर्व सांसद तिर्थ लामा लगायतले स्वागत गरेका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …