• शुक्रबार, मङ्सिर-१२,२०७७ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

  • 166
    Shares
आगमन खबर

बैतडी । जिल्लामा आज ११ गाई मरेको अवस्थामा फेला परेका छन् । पुर्चौंडी नगरपालिका वडा नं ६ स्थित सिगास सामुदायिक वनको हाताभित्र भेरीखोला मुहानमा मृत गाई फेला परेका हुन् ।

बैतडीका प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले गाई मृतावस्थामा फेला परेको भन्ने स्थानीयवासीले खबर गरेको र प्रहरी टोली जाने तयारीमा रहेको जानकारी दिनुभयो । पुर्चौंडी-६ को मुडेलीका ८० घरपरिवार र एक विद्यालयले त्यही मुहानको पानी प्रयोग गर्दै आएका थिए । 

गाउँमा आउने खानेपानीको मुहानमा मृत गाई भेटिएपछि खानेपानीको समस्या भएको स्थानीयवासी सीता साउँदले बताउनुभयो । उहाँले भन्नुभयो, “पानीको मुहानमै गाई मरेका हुँदा खानेपानीको निकै समस्या भएको छ । त्यो ठाउँमा दुर्गन्धसमेत फैलिएको छ ।”

नगरपालिकाको कुवाकोट-सुवालेक सडकखण्ड नजीकै रहेको पानीको मुहानमा गाई मृतावस्थामा भेटिएकाले सडकबाटै फालिएको हुन सक्ने स्थानीयवासीले अनुमान गरेका छन् । गाई फालेर मारेको हुन सक्ने अनुमान गरेका छौँ”, स्थानीयवासी प्रेम साउँदले भन्नुभयो,“पानीको मूहानमा गाई मरेको भेटिएपछि गाउँ र विद्यालयमा खानेपानीको समस्या भएको छ ।”

मुडेलीस्थित पञ्चकन्या आधारभूत विद्यालयका बालबालिकालाई खानेपानीको समस्या भएको छ । मरेका गाई पाटन नगरपालिकाबाट पुर्चौंडीकै लक्ष्मण पार्की र सुरेन्द्र पार्कीले लगेको बुझिएको छ । 

पाटन नगरपालिकाले छाडा गाईगोरु व्यवस्थापनका लागि प्रतिगाई रु दुई हजार ५०० का दरले ती व्यक्तिको जिम्मा लगाएको र उनीहरुले ताक्लाकोट लग्ने भनेर नगरपालिकाबाट लगेको उपप्रमुख सरस्वती कोलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाटामा कतै नछाड्ने शर्तमा उनीहरुले गाई लगेका हुन् ।

पानीको मुहानमा मृतावस्थामा गाई भेटिएपछि प्रहरी टोली त्यसतर्फ जाने तयारी गरिरहेको इलाका प्रहरी कार्यालयका पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो । गाईको हत्या गरेर फालेको भए कानूनअनुसार कारवाही हुने प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरी टोली जाँदैछ, अनुसन्धान गछौँ  , हत्या गरेर फालेको भए कानूनअनुसार कारवाही हुन्छ ।रासस  

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

घोडाको पुच्छरको रङ्ग कस्तो थियो ? – रोचक कथा

घोडाको पुच्छरको रङ्ग कस्तो थियो ? – रोचक कथा
पत्रपत्रिका

भारतका विदेश सचिव दुईदिने औपचारिक भ्रमणमा आज नेपाल आउँदै

काठमाडौँ। भारतका विदेशसचिव हर्षवद्र्धन श्रृङ्गला नेपालको दुईदिने औपचारिक भ्रमण अन्तर्गत बिहीबार यहाँ आउँदै हुनुहुन्छ । उहाँ बिहीबार बिहान ११ बजे विशेष विमानमार्फत काठमाडौँ उत्रनुहुने छ । नेपाल …

तथ्यहीन समाचारले समाजलाई विग्रहको बाटोतर्फ लैजान्छ -मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नकारात्मकभन्दा समाजलाई प्रेरित गर्ने खालका समाचार सम्प्रेषणमा सञ्चार माध्यमले ध्यान दिनुपर्ने बताउनुभएको छ ।  सरकारका प्रवक्तासमेत रहनु भएका …

नेकपा दस्तावेज छपाइ प्रकरणमा पद्धति मिचेको निष्कर्ष

काठमाडौं । सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित मानसिकता …

करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता

काठमाडौं । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता स्थायी …