काठमाडौँ । नेपाली कांग्रेसका प्रबक्ता एवम युवा नेता बिस्व प्रकाश शर्माले कान्तिपुरकर्मी गोकर्ण गौतमको निधन प्रति गहिरो दु:ख ब्यक्त गरेका छन ।
शर्माले सामाजिक संजालमा टुइट गर्दै भनेका छन, केवल ३१ बर्षका होनहार पत्रकार गोकर्ण गौतमको निधनले दुखित तुल्याएको छ ।मस्तिष्कको नशा सल्यक्रिया क्रममा जीवन गुमाएका गौतमको आत्मालाई शान्ति मिलोस् स्वर्गमा l ब्यक्तिगत परिवारजन, आवद्ध कान्तिपुर दैनिक एवं सबै पत्रकार मित्रहरूमा हार्दिक समवेदना l
गौतमको मष्तिष्कको नशामा समस्या आएपछि शल्यक्रिया गर्दा रक्तश्राव भइ बिहीबार बिहान निधन भएको थियो ।
कला,साहित्य सम्बन्धी कान्तिपुर दैनिकमा कलम चलाउँदै आएका पत्रकार गौतमको बिहीबार बिहान साढे ११ बजे बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल)मा निधन भएको हो ।
मष्तिष्कको नशामा समस्या आएपछि उनी सोमबार अस्पताल भर्ना भएका थिए ।
३१ वर्षीय पत्रकार गौतम समसामियक विषयवस्तु तथा सामजिक विषयहरुमा पनि कलम चलाउँथे ।
गौतमको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …