तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

वासिङ्टन, अमेरिकामा नयाँ सरकार बनाउने सत्ता हस्तान्तरण गर्ने कार्य समयमै हुने रिपब्लीकन पार्टीका एक शिर्ष नेताले दाबी गरेका छन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरण गर्न आनाकानी गर्ने संकेत गरिरहेका बेला ट्रम्पकै पार्टीका नेताले सत्ता हस्तान्तरण समयमै हुने दाबी गर्नुभएको हो ।

रिपब्लीकन पार्टीका शिर्ष नेता तथा सिनेटर मिट्च म्याककोनलले कानुनी व्यवस्था र निर्धारित समयानुसार नै सत्ता हस्तान्तरण हुनेमा ढुक्क हुन आह्वान गर्नुभएको हो ।
राष्ट्रपति ट्रम्पले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई समयमै सहजै सत्ता हस्तान्तरण नगर्ने हो की भन्ने चिन्ता र चासो अमेरिकामा अत्यधिक देखिएको छ । कतिपयले समयमै सत्ता हस्तान्तरण हुनेमा आशंका र त्रास व्यक्त गरेका छन् ।

अमेरिकामा हालै भएको निर्वाचनबाट ७७ बर्र्षीय बाइडेन निर्वाचित हुनुभएको औपचारिक रुपमा घोषणा भइसकेको छ भने ७४ बर्षीय वर्तमान राष्ट्रपति ट्रम्पले बाइडेनको जित र आफ्नो हार अझै स्विकार्नु भएको छैन ।

ट्रम्पले कतिपय ठाउँमा मतदानका बेलामा धाँधली भएको दाबी गर्दै पुनः मतदान गर्न वा पुनः मतगणना गर्न माग गर्दै आउनु भएको छ । उहाँले मागमा कुनै आधार तथा प्रमाणहरु नभएको भन्दै न्यायाधिशहरुले उहाँको मागलाई खारेज गरिदिएपनि ट्रम्पले आफ्नो माग छोड्नु भएको छैन ।

अमेरिकामा राष्ट्रपति निर्वाचित हुनका लागि २७० इलेक्टोरल मत प्राप्त गर्नुपर्नेमा नवनिर्वाचित वाइडेनले ३०० भन्दा बढी प्राप्त गर्नु भएको छ ।अमेरिकामा हरेक चार चार बर्षमा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि निर्वाचन हुने र त्यसपछि आउने जनवरी २० तारिखका दिन सत्ता हस्तान्तरण गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

अमेरिकी उपराष्ट्रपतिमा यस पटक कमला ह्यारिस निर्वाचित हुनुभएको छ । उहाँ पहिलो महिला उपराष्ट्रपति समेत भएको बताइएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …