तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता
सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका-११ स्थित धुसेनीमा भएको खुल्ला फुटबल प्रतियोगिताको उपाधि कटुन्जे युवा क्लब कटुन्जेले हात पारेको छ ।

कटुन्जे युवा क्लब मेलम्ची-११ द्वारा आयोजित उक्त प्रतियोगितामा १० टिम सहभागी रहेकोमा आयोजक टिमले नै उपाधि आफ्नो कब्जामा लिएको हो ।

कोरोना कहरकाबीच स्वास्थ्य मापदण्ड पूरा गर्दै भएको प्रतियोगितामा विजेताले शिल्ड, मेडलसहित नगद रु.१५ हजार प्राप्त गरेको छ ।

पहिलो उपाधिका लागि फाइनलमा कटुन्जे युवा क्लब कटुन्जेसँग प्रतिस्पर्धामा उत्रिएका युनिक ब्याइज युथ क्लब तालामाराङले भने द्वितीय स्थानमै चित्त बुझाएको छ ।

उपविजेता बनेसँगै युनिक ब्याइज युथ क्लब तालामाराङले  शिल्ड, मेडल सहित नगद रु ७ हजार ५ सय पनि प्राप्त गरेको छ ।  २ गोलको अन्तरमा उपविजेता बनेको युनिक ब्याइज युथ क्लबले २ गोल गरेकोमा विजेताले भने ४ गोल गरेको हो ।

प्रतियोगिता पूर्व कानुन मन्त्री एवं सिन्धुपाल्चोक क्षेत्र नं.२ का सांसद शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा र सामाजिक विकास मन्त्रीका स्वकीय सचिव सिपि दुलालको विशेष आतिथ्यतामा सम्पन्न भएको हाे ।।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …