• मङ्गलबार, मङ्सिर-९,२०७७ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत (सोलुखुम्बु )

सोलुखुम्बु कोरोना भाइरसको सङ्क्रमणका कारण एक वृद्धको आज बिहान मृत्यु भएको छ ।

थुलुङ दुधकोशी गाउँपालिका ४ जुबु ज्यामिरेका ७५ वर्षिय बृद्धको आज मृत्यु भएको हो । 

कार्तिक ३० गते बिरामी भएका उनलाई बिराटनगर स्थित नोबेल अस्पताल लगिएको थियो । उपचारका क्रममा गरिएको कोरोना परिक्षणमा मृतक बृद्धमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको मृत्यु भएसँगै थुलुङ दुधकोशी गाउँपालिका ४ जुबुलाई शिल गरिएको हो। मृतकको सम्पर्कमा रहेकाको पहिचान गरी स्वाब संकलन गर्ने तयारी गरिएको वडाध्यक्ष नातिकाजी गुरुङले जानकारी दिनुभयो।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

घोडाको पुच्छरको रङ्ग कस्तो थियो ? – रोचक कथा

घोडाको पुच्छरको रङ्ग कस्तो थियो ? – रोचक कथा
पत्रपत्रिका

किन आउँदै छन् चिनियाँ दूत ?

काठमाडाैं। भारतीय पक्षबाट नेपाल भ्रमण बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूत काठमाडौं पठाउँदै छन्। चिनियाँ रक्षामन्त्री वेई फेङहे राष्ट्रपति सी चिनफिङको सन्देश लिएर …

कुनै पनि सर्तमा पार्टी फुट्न दिन्नँ : प्रचण्ड

काठमाडाैं। सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा आफूले पेस गरेको प्रस्ताव फिर्ता नलिने बताएका छन्। प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव …

फेसबूकबाटै १० लाख ठगी

काठमाडाैं। बाजुराको हिमाली गाउँपालिका–४ का २७ वर्षीय रूपचन्द्र पाण्डे र स्याङ्जाको वालिङ नगरपालिकाकी २९ वर्षीया एक महिलाबीच फेसबुकमार्फत सात महिनाअघि चिनजान भयो । विस्तारै कुराकानी …

आआफ्नै रणनीतिमा ओली-प्रचण्ड, मिल्ने सम्भावना कति 

काठमाडाैं। पार्टीभित्रको झगडालाई नजिकबाट नियालिरहेका नेताहरुका अनुसार यसपटक विगतमा जस्तो दुई अध्यक्ष मिलिहाल्छन्, दुई–चारवटा पदीय भागबन्डामा कुरा मिलेपछि आगालो मारेर हिाडिहाल्छन् भन्ने स्थिति छैन । …