तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

एजेन्सी

लन्डन – इंग्ल्याण्डमा हाल जारी राष्ट्रव्यापी लकडाउन क्रिसमसको समयमा खुकुलो हुनसक्ने अधिकारीहरुले बताएका छन् । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि इंग्ल्याण्डमा गत डिसेम्बर ५ बाट कम्तिमा चार हप्ताको लागि सरकारले राष्ट्रिय लकडाउन घोषणा गरेको छ ।

तर पछिल्ला दिनहरुमा कोरोना संक्रमण र मृत्युदरमा उल्लेखनीय वृद्धि भएपछि लकडाउन खुल्नेमा शंका उत्पन्न भएको छ । तर सिमित लागि भए पनि क्रिसमसको समयमा पारिवारिक जमघट गर्न पाउने तयारी भैरहेको बताइएको छ ।

तर, यसको अन्तिम निर्णय भइनसकेको र छलफलकै क्रममा रहेको कोरोना सम्बन्धि सरकारका मेडिकल एड्भाइजर सुसन हप्किन्सले बताए । यसैगरी क्याबिनेट मिनिष्टर आलोक शर्माले निर्णय गर्ने बेला भैनसकेको तर क्रिसमसमा परिवारसंग भेटघाट बातावरण मिलाउन सरकारले पनि चाहेको’ बताएका छन् ।

क्रिसमसमा लकडाउन सहज बनाउन इंग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र नर्दर्न आयरल्याण्डले संयुक्त रुपमा पहल गरिरहेको बताइएको छ । लकडाउन सहज गरिएपनि ठूलो समूहमा जमघट गर्न नपाइने र सार्वजनिक यातायातको सट्टा प्राइभेट सवारी साधनको प्रयोग गर्नुपर्ने बीबीसीले उल्लेख गरेको छ ।

इंग्ल्याण्डको राष्ट्रव्यापी लकडाउन डिसेम्बर २ सम्मका लागि घोषणा गरिएको भए पनि कोरोना संक्रमण बढिरहँदा लकडाउन लम्बिन सक्ने धेरैको बुझाइ छ ।

पछिल्ला दिनमा बेलायतमा कोरोना संक्रमण र मृतक संख्या गत मे पछिकै सबैभन्दा बढी रहेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …