• शनिवार, जेठ-१,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

ज्ञानबन्धु केसी (हाल न्यूओर्क अमेरिका)

मध्यपश्चिम गण्डकी क्षेत्रमा श्रवण कुमार पुगिगए , अन्धाअन्धी थिए मातापिता रुदैरुदै कार्कीनेटामा विलीन भए ।

ब्याधालाई के थाहा श्रवण कुमार छन् कहाँ भनी 

न्यूय पानी खोज्न गएका श्रवण विचरा पोखरीछेउमा गयो ज्यान पनि । 

आँशु अविरल बगीरह्यो अन्धाअन्धीको आँशु बगेर आँधी बन्यो , बग्दैबग्दै तलबेसीमा झरी सेती , खहरेमा मिली महाँ नदी भयो । 

साथ पायो आँधीले अन्तरे पाखाको नदी बनी बग्न फाँटफाँटमा , सिँचाइ र मनोरञ्जन पाए लोकले , बिजुली बल्यो बेसीका काँठकाँठमा । 

मेरो प्यारो आँधीखोला बगेको छ शीरदेखी काली गण्डकीसम्म , चण्डीकाली भिर्कोट गहौ आलमदेबी दोहोरो साक्षी बनी माझमा फाँट छ लमतन्न । 

बगाउँछ फोहरमैला शहर बजारको पार्छ बातावरण सधै शुद्द सफा आकर्षक , पर्याबरण फोहरीनाले सुक्दैछ हिउदमा दुःखको बन्दैछ , ब्यथा कथा छक्क छन दर्शक । 

बर्षायाममा तन्नेरी हुन्छौ , बगाउछौ खेतबारी सुकुम्बासी टहराहरू पनि , बाडी पैरो रोक्न बृक्षारोपण र गरौं हुन्छ सबै हराभरा मूल फुट्छ अनि । 

लमतन्न लामो बगेको आँधी किन सुसाउँछ शून्य आधा रातमा सधैं , माया गरौ न मेरो आँधीलाई , पौडी खेल्दै माछामारेको बिर्सेको छैन यसले अझै । 

बाढीपैरो आँउदा सक्दैनौ थाम्न भार तिमी , हिउँदमा पाउदैनौं बुंद पनि , वातावरण नाश भयो परतः तात्यो ओजनले छेक्न सकेन , गर्मीतातो पनि । 

पानी पर्दैन बेलामा , मनसुन हेर्नुपर्छ भूगोलमा खेतीबाली , लगाउन , वातावरण सुधारे आफै लैनोसरी सिञ्चाउथ्यौ , थाल्थे पालुवा पलाउन । 

जलमग्न हुँदा सबै जलक्रिडा गर्छन् आँधीमा सबै , बिजुलीबत्ती अनि नहर खनी , बिकासमा हरियाली पार्ने आधीको संरक्षणमा आवाज निकालौ , सबै जना एक बनी । 

म भनी मनबाट निकालौ आवाज आँधीको शुन्यरातको शुसेली सरी , गरौ पिकास प्राकृतिक सम्पदाको वातावरणमा ध्यान राखौ , सधैभरी ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै सरकारमा …

स्थानीय तहको चार वर्ष : विकास निर्माण महत्त्वपूर्ण उपलब्धि

काठमाडौँ । स्थानीय तहको निर्वाचन भएको शुक्रबार चार वर्ष पूरा भएको छ । यस अवधिमा स्थानीय तहका संस्थागत संरचनाको प्रारम्भिक कामले तीव्रता पाएको छ भने …

मुख्यमन्त्रीको राजीनामापछि गण्डकीमा कसरी बन्ला नयाँ सरकार

पोखरा ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सरकारलाई काम गर्ने वातावरण नभएको भन्दै आइतबार राजीनामा दिए । प्रदेश प्रमुख सीता पौडेलसमक्ष उनले संविधानको धारा १६९ को …

सगरमाथाको शिखर चुम्ने १२ नेपाली आरोही

सन् २०२१ को बसन्त ऋतुको पहिलो पटक १२ जना नेपाली आरोही गाइडले सगरमाथा हिमाल ९८८४८.८६ मिटर को सफल आरोहण गरेका छन। यो सिजनको बाटो निर्माणमा …