मोटरसाइकलको ठक्करबाट आज वीरेन्द्रनगरमा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वीरेन्द्रनगर–१ का तीन वर्षीय समीर नेपाली रहेको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बालकलाई ठक्कर दिएलगत्तै फरार मोटरसाइकल तथा चालकको पहिचान खुल्न सकेको छैन । प्रहरीले मोटरसाइकल चालकलाई पक्राउ गर्न नसकेको भन्दै मृतकका आफन्त र स्थानीयवासी आन्दोलित भएका छन् ।
पीडित पक्षले टायर बालेर सडक अवरुद्व पारेपछि सुुर्खेत जुुम्ला सडकखण्डको एरीचोकदेखि बांगेसिमलसम्म ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …