• मङ्गलबार, मङ्सिर-९,२०७७ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमन खबर

बिरामी परेर अस्पताल भर्ना हुनुपर्दा चाडपर्व मनाउन सम्भव नै  भएन । सबैले पर्व मनाइरहँदा बिरामी भने विगतका पर्व सम्झेर अस्पतालको श्यया मै टोलाएर बस्नु बाहेक  अर्काे विकल्प हुँदैन । चितवन मेडिकल कलेज भरतपुरमा आज फरक दृश्य देखियो ।

अस्पतालमा भर्ना भएका बिरामीलाई त्यहाँ कार्यरत नर्स एकाएक दिदी बहिनी बनेर भाइटीका लगाइ दिए । पर्व सम्झदै बसेका बिरामीमा एकाएक खुशीको सञ्चार भयो । बिरामीहरु आफ्नो पीडालाई बिर्सिएर रमाउन थाले । नर्सहरुले श्ययामा सुतिरहेका बिरामीहरुलाई भाइटीका लगाएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।

अस्पतालमा उपचाररत् १५७ जना बिरामीलाई भाइटीका लगाइएको हो । अस्पतालकी नर्सिङ अधिकृत अंकिता कुँवरले पुरुष बिरामीहरुलाई उहाँहरुकै शैयामा पुगेर भाइटीका लगाएर दीर्घायुको कामना गरिएको जानकारी दिईन् । उनले भनिन्, “हामीले पनि आफ्नो दाजुभाइलाई टीका लगाउन पाएनौं, उहाँहरुले लगाउन पाउनु भएको थिएन ।

जहाँ जस्तो अवस्थामा छौं, त्यहीँ रमाऔं भनेर टीका लगाइदियौं ।”  नर्सिङ अधिकृत अर्चना सेढाईको भनाई पनि उस्तै छ । पर्वको दिन बिरामीसँगै खुशी साट्न पाउँदा आफूहरु र बिरामी दुवै हर्षित भएको उनले बताईन् । बरिष्ठ स्टाफ नर्स समिना मिया, नर्स सुस्मा गुरुङ पनि अस्पतालमा बिरामीलाई दाजुभाइ सम्झेर टीका लगाउन पाउँदा सेवासँगै ममता पनि बढेको बताउछिन् ।

भरतपुर महानगरपालिका  १० का ४३ वर्षीय मधुकर लामाले पर्व सम्झेर बसिरहेको समयमा एक्कासी भाइटीका लगाउन पाउँदा आधा बिमार निको भएको जस्तो अनुभव भएको बताउछन् । उनी मात्रै होइन भरतपुर २८ का श्रीकृष्ण पोखरेल,  भीमसेन गाउँपालिका गोरखाका रिदम मरहट्टा, हेटौंडा कमानेका रमेश देउजा पनि अस्पतालमा भाइटीका लगाउन पाइन्छ भन्ने कल्पनासम्म नगरेको बताउछन् ।

अस्पतालले दिएको  मायाले धेरै खुशी लागेको उनीहरुको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत देवकोटा बिरामीलाई सेवासँग ममता पनि चाहिन्छ भन्ने भावनाले पर्वको अवसरमा टीका लगाउने व्यवस्था गरिएको बताए । सो अवसरमा बिरामीलाई नर्सहरुले टीका लगाउनुको भाइमसला, फलफूल तथा मीठाइ  वितरण गरेका थिए ।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

घोडाको पुच्छरको रङ्ग कस्तो थियो ? – रोचक कथा

घोडाको पुच्छरको रङ्ग कस्तो थियो ? – रोचक कथा
पत्रपत्रिका

किन आउँदै छन् चिनियाँ दूत ?

काठमाडाैं। भारतीय पक्षबाट नेपाल भ्रमण बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूत काठमाडौं पठाउँदै छन्। चिनियाँ रक्षामन्त्री वेई फेङहे राष्ट्रपति सी चिनफिङको सन्देश लिएर …

कुनै पनि सर्तमा पार्टी फुट्न दिन्नँ : प्रचण्ड

काठमाडाैं। सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा आफूले पेस गरेको प्रस्ताव फिर्ता नलिने बताएका छन्। प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव …

फेसबूकबाटै १० लाख ठगी

काठमाडाैं। बाजुराको हिमाली गाउँपालिका–४ का २७ वर्षीय रूपचन्द्र पाण्डे र स्याङ्जाको वालिङ नगरपालिकाकी २९ वर्षीया एक महिलाबीच फेसबुकमार्फत सात महिनाअघि चिनजान भयो । विस्तारै कुराकानी …

आआफ्नै रणनीतिमा ओली-प्रचण्ड, मिल्ने सम्भावना कति 

काठमाडाैं। पार्टीभित्रको झगडालाई नजिकबाट नियालिरहेका नेताहरुका अनुसार यसपटक विगतमा जस्तो दुई अध्यक्ष मिलिहाल्छन्, दुई–चारवटा पदीय भागबन्डामा कुरा मिलेपछि आगालो मारेर हिाडिहाल्छन् भन्ने स्थिति छैन । …