• शुक्रबार, मङ्सिर-१२,२०७७ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

  • 76
    Shares
लेखक: राजेन खिम्बुले राई (मुलघरे कान्छा)

नेपालमा मनाईने चाडपर्वहरु विजयदशमी दशै र तिहारको समयमा यी दशै र तिहार हिन्दुहरुकै मात्र चाड हुन की? यहाँको गैरहिन्दु मुलवाशी-आदिवाशी किरातीहरुको पनि चाड हो ? भन्ने विषयमा बहस चर्चा छलफल व्यापक रुपमा चलेको देखिन्छ।

भारतमा मनाईने विजयदशमी दसहरा/दसेरा र नेपालमा मनाईने दशैँ मुख्यत:-महिसा असुरको कथा र दुर्गा पुजा सम्बन्धित देखिन्छ।नेपालमा मनाईने दशैमा निधारमा चामलको टिका लगाऊने र जमरा लगाऊने संस्कृति बाहेक मुलभुत रुपमा दुर्गापुजा संग सम्बन्धित रहेको छ।त्यस्तै भारतमा मनाईने त्योहार दिवाली/दिपावली बौदमार्गीको होकी ? हिन्दुको ? त्यस्तै नेपालमा मनाऊने तिहार/बलिहाङ तङ्नाम/चानुचा/बुफैनाम हिन्दुहरुकै मात्र हो की?यहाँको मुलवाशी/आदिवाशी किरात मगरहरुको पनि हो भन्ने बहस छलफल र तर्कवितर्क रहेको देखिन्छ।

भारतको मौर्यवंशी महान चक्रवर्ती सम्राट अशोका ले  बौद्ध धम्मको प्रचार प्रसारमा आफनो राज्यमा ८४ हजार बौद्ध स्तुप/बौद्ध चैत/विहार धर्मस्कन्ध निर्माण गरेका थिए।त्यसको उद्घाटन कार्तिक महिनाको औँसीको अँध्यारो रातमा असंख्य दियो बत्ती बालेर दिप प्रज्वलन गरेका थिए।त्यहि परम्परा त्योहारको रुपमा परीणत भयो र प्रत्येक वर्ष दिपदानोत्सवको रुपमा मनाऊन सुरु भयो।त्यहि दिपदानोत्सव नै दिवाली/दिपावली को रुपमा मनाऊन सुरु गरीयो भन्ने मान्यता रहेको छ।भारतिय हिन्दुहरुले रामले रामणलाई परास्त गरेपछि अयोध्यामा फर्किदा दियोबत्ती बालेर स्वागत गरेर दिवाली मनाऊन सुरु गरेको भनाई रहेपनि भारतिय बौद्ध मार्गीहरुले बाल्मिकी रामायण अनुसार राम अयोध्या फर्कदा दिऊसोको समयमा आएको र त्यसबेला नगरको बाटोमा दिप प्रज्वलन भन्ने उल्लेख नभएको बरु फुलको गुच्छाहरुले सजाएको भन्ने लेखिएको छ।

त्यसकारण दिवाली हिन्दुहरुको नभएर बौद्ध मार्गी सम्राट अशोकाले ८४ हजार बौद्ध स्तुप निर्माण पछि अंसख्य दियो बत्ति बालेर उद्घाटन गरेर दिवालीको सुरुवात गरेका भनेर दाबी गरीरहेका छन।बुद्धको प्रतिमाको पछाडि आभा हुनेगर्दछ।बुद्धले पिपल वृक्षको मुनी बोधिवृक्षको मुनी ज्ञान प्राप्त गरेका थिए।त्यसैले बुद्धको धम्मको प्रचार गर्नको निमित्त चक्रवर्ती सम्राट अशोकाले ८४ हजार बुद्धको स्तुप निर्माण गरेर अभिलेखमा दिप भव:-खुद आफै दिपक बन भनेर लेखेका थिए।बुद्ध ज्ञानको दिपक जलाऔ भनेर अंसख्य दिप प्रज्वलन गरेर दिवालीको सुरुवात गरेका थिए। दीवाली लाई यक्षरात्रि पनि भनिन्छ।यक्ष यानी नाग नागहरुको धर्म बुद्ध धम्म हो तसर्थ दिवाली भारतको बहुजनहरुको संस्कृति भएको मत रहेको छ।

नेपालमा त्यस्तै प्रतापि किराती बलिहाङ राजाको किम्बदन्ती संग सम्बन्धित रहेको देखिन्छ।उहिल्यै उहिल्यै किरात देशमा (बलिहाङ/वालिङहाङ) नामक अति नै दानी,प्रजाप्रेमी प्रतापी राजा थिएछन।आफनो देशका जनताहरुलाई सँधै सुख शान्ति र समृद्धि अनुभुती गराऊन हर प्रयास गर्दाथिएछन।आफनो देशको जनता कहिल्यै पनी भोकै,तिर्खै दुखबिमार भए तुरुन्तै सहयोग गर्ने गर्थिएछन।त्यसैले बलिहाङ राजा प्रती सारा जनताहरु खुशी थिए।उनी आफनो भविष्य आफै बताऊन सक्ने त्रिकालदर्शी पनि थिए। एकदिन उसले आफनो देशको सम्पुर्ण मन्त्री,सल्लाहकार र देशवासी जनताहरु बोलाएर आफनो दिनगन्ती पुगीसकेको र आफनो देहलाई कालले चाडै लान लागेको दुखद खबर सुनाए।तिमिहरुले आफनो देशलाई सँधै सम्मान रक्षा गर्नु,सबैजना एकै परीवार जस्तो भई बाच्नु,सबैजना मिलेर देशको उन्नती,प्रगती भलाईको काम गर्नु मिलेर बस्नु भनेछन।बलिहाङको मुखबाट यो कुरा सुनेर सारा देशवासीहरु अति नै भावुक भई रुन थाले। सम्पुर्ण देशवासी जनताहरुले आँशु झार्दै एकै स्वरमा बलिहाङ संग बिन्ती गर्न थाले “ महाराज हामीलाई छाडेर त्यसरी जानु पाऊनु हुन्न,तपाई यो देशमा नभए हामी सबै टुहुराटुहुरी भई दुखी हुनेछौ भन्न थाले।

सारा प्रजाहरुले एकै स्वरमा यस्तो कारुणिक बिन्ती सुनेपछि बलिराजाले पनि आँखाभरी आँशु झार्दै फेरी भने “ मेरो प्यारो देशवासी हो,तिमिहरुको कारुणिक बिन्ती सुनेपछि मेरो मुटु पनि छियाँछिया भयो,तर मैले के गर्नु ?मानिस मरणशिल प्राणी हो तिमिहरुको माया लाग्दालाग्दै पनी छाडेर जान बाध्य छु। मलाई लिन काल चाडै आऊदैछ,संसारको रीत नै यस्तै हो यसलाई कसैले रोकेर रोकिन्दैन भन्न थाले,देशवासी हरु झन रुन कराऊन थाले। सारा देशवासीले फेरी बलिहाङ संग बिन्ति बिसाऊन थाले “” महाराज हजुरको मृत्युलाई रोकथामको लागी केहि उपाय छ कि? सारा देशवाशीको यो बिन्तिबिलौना सुनेपछि फेरी राजा बोल्नथाले “ प्यारा देशवासी हो तिमिहरु सबैले मलाई कालले लिन आऊनु अघि घरघरमा झिलिमिली बती बालेर उज्यालो बनाऊनु,सबैको घर सरसफाई गर्नु,फुलहरुले सजाऊनु,मेरो प्राण रक्षाको लागी सबैजना प्रार्थना गर्नु कतै काल खुशी भई फर्केर जान्छ र मेरो प्राण जोगीन्छ की? भनेर आश्वासन दिएछन।

बलिहाङको सोहि आश्वासनलाई हुकुम मानी सारा देशवासीले आफनो प्राणभन्दा प्यारो बलिहाङको प्राण जोगाऊन सबैले घरघरमा झिलिमिली बत्ति बालेर उज्यालो बनाएर,सरसफाई गरेर राजाको प्राणरक्षाको कामना सुरु गर्न थालेछन। उता दरबारमा राजा वेहोश भई लडेछन,त्यसरी औँशीको रातभरी सारा देशवासीहरुको आफनो राजाको प्राणरक्षाको लागी कराएको देखेर कालले बलिराजाको प्राण लगेन रहेछन।

भोलीपल्ट बिहानै बलिहाङ राजाले आँखा खोली उठे,राजदरबारमा सबै राजपरीवार मन्त्रीमण्डल,उपस्थित सबैजना खुशीयाली छायो,बलिहाङ पुर्णरुपमा होसमा आएपछि “मलाई कालले लगेनछ,तिमिहरुको पुकार सुनेछ,यो खबर सबै देशवासीको घरघरमा सुनाऊनु, भनेर खुशीको खबर सुनाऊन आफनो दुतहरुलाई पठाएछन।त्यहि खुशीको खबर सुनाऊदै हिड्ने क्रममा देशवासीले ती खबर सुनाऊनेहरुलाई मिठो खानेकुरा दिदै,फुलमाला ले स्वागत गर्दै,खुशीयाली बाड्दै,नाँचगाँन गर्दै देऊसीभैलोको सुरुवात भएको भन्ने कथन छ।तसर्थ आजपनी देऊसीभैलो खेल्दा (हामी त्यसै आएका होईनौ बलिराजाको हुकुमले गर्दा) भन्दै भटयाऊने प्रचलन यथावत नै छ।

त्यहि किम्बदन्ती किरात लिम्बु समुदायमा पनि देखिन्छ। बलिहाङको दुतहरु गाउँघर डुल्दै (वलिहाङ तियाहा ! (वलिहाङको जय भयो) भन्दै खबर पुर्याऊदै हिँडे। किरात याक्थुङ भाषामा (जय होस)वा (जय भयो)भन्ने अर्थमा प्रयोग हुने (तियाहा)शब्दनै खस नेपाली भाषामा अपभ्रंश हुँदै तिहा=तिहार भएको भन्ने मान्यता रहेको छ। अझै पनि किरात (लिम्बू) जातिमा कुनै धार्मिक वा साँस्कृतिक अनुष्ठान गर्दा सामूहिक रुपमा ‘तियाहा’ भन्ने चलन देखिन्छन।

यसरी प्रतापी राजा वलिहाङको मृत्युसित विजय ‘तियाहा’ भएको सम्झनामा अझै पनि किरात याक्थुङ (लिम्बू) समुदाय लगायतले वलिहाङ तङ्नाम् मनाउँदछन भन्ने मान्यता रहेको छ।

तिहारमा खेलिने देउसीको अर्थ यसरी रहन गयो:-

देउसी वा देउसीरे भन्ने शब्द कुनै सुर, असुर वा देवासुर आदिबाट बनेको नभई सार्थक अर्थ लाग्ने किरात (लिम्बू÷खम्बू) शब्दबाटै बनेको देखिन्छ । किरात (लिम्बू) भाषामा त्रिकालदर्शी व्यक्तिलाई ‘तेअङ्सि’ भनिन्छ । तेअङ्सि भन्ने शब्दको अर्थ ज्ञानी अवतारी व्यक्ति भन्ने हुन्छ।किरात मतमा वर्णित राजनेता वलिहाङ त्रिकालदर्शी थिए । उनी भूत, वर्तमान र भविष्यबारे राम्ररी हेक्का राख्दथे– र त उनले आफ्नो सम्भावित मृत्युबारे थाहा पाए । उनी सपना, विपनामा अतीत, वर्तमान र भविष्यबारे ज्ञान पाउँदथे । 

यस्ता व्यक्तिलाई किरात लिम्बू जातिमा ‘तेअङ्सि’ भनिन्छ।वलिहाङको दुतहरुले गाँऊघरमा हाम्रो राजा वलिहाङको तियाहा (जय भयो)भन्दै सूचना प्रवाह गर्दै हिँड्दा जनताले पहिलो पटक त्यति सजिलै विश्वास नगरेर उल्टै प्रतिप्रश्न सोधे।तिमीहरूलाई यसरी कसले पठाएको ?’ जवाफमा उनीहरूले भने(तेअङ्सिरे)महात्माले)। ती महात्मा– तेअङ्सि तिनै राजा वलिहाङ थिए।यसरी(तेअङ्सि)ले पठाएको भनी पटक–पटक स्पष्टीकरण दिँदै हिँड्दा भनिएको (तेअङ्सिरे)भन्ने शब्दनै अपभ्रंस भएर कालान्तरमा देअङ्सिरे हुँदै (देउसी र देउसिरे) भएको मान्यता रहेको छ।किरात लिम्बुहरुको मिथक अनुसार चेली माईती बिचमा फुल उपहार आदानप्रदान गर्नुहुदैन,शिर ढल्छ अशुभ हुन्छ भन्ने मान्यता पनि रहेको छ।

त्यस्तै ईशा पुर्वको १४ औ शताब्दिको नेपालको पाल्पा जिल्ला स्थित बल्ढेङगढिमा प्रतापि र दानी बलिहाङ मगर राजा भएको मानिन्छ।बलिहाङ राजाको दरबार पाल्पा जिल्ला:मगर राजाको राजधानीको रुपमा परिचित ऐतिहासिक बलिहाङगढी दरबार पाल्पाको बल्ढेङ्गढीमा रहेको छ।विक्रम सम्वत १४५० देखि १८०९ सम्म  मगरातको राजधानीको रुपमा रहेको बल्ढेङगढी क्षेत्रमा अहिले पनि बलिहाङ राजाको राजदरबारका अवशेष देख्न सकिन्छ । 

मगरहरुको विशाल राज्य त्यतिखेरै  सञ्चालनमा रहेको कुरा इतिहासमा पाइएको छ।यस पाल्पा जिल्लाको बलिहाङ राजाको दरबार बल्डेङगढिको मानवशाष्त्रिय/समाजशास्त्रीय दृष्टिकोण तथा पुरातात्विक अध्ययन खोज अनुसन्धान हुन जरुरी छ।बलिहाङ राजाको स्वस्थ्य लाभको कामना गर्दै घरघरमा समाचार पुर्याऊने क्रममा मगर जातीमा प्रचलित हुर्रा नाचको विकास भएको मानिन्छ।नेपालमा (तिहार)बलिहाङ चानुचा/तङनाम/बुफैनामको समयमा मगर जातीमा प्रचलित हुर्रा नाच पुर्णिमा सम्म खेल्ने संस्कृति रहेको छ।

हिन्दु धर्मसंस्कृती संग अन्तरसम्बन्धित चाड हिन्दुस्तानमा त्योहार दिपावली/दिवाली पनि भारतमा मनाऊने गरीन्छ भने नेपालमा भने हिन्दुस्तान भन्दा अली फरक रुपमा नेपाली अनुवादित शब्द (तिहार) भनेर मनाऊने गरीए पनि पछिल्लो समयमा हिन्दुस्तानको देखासिकी संगै नेपालमा पनि दिपावली/दिवाली भन्ने शब्द प्रयोग बढ्दो छ।

नेपालको तिहार मनाए पनि यसलाई सांस्कृतिक अन्तरघुलनले हिन्दुस्तान भन्दा फरक रुपमा नेपाल भित्रकै एक चाडको रुपमा स्थापित भईसकेको अवस्थामा पुन्ह हिन्दुस्तानमा जस्तै (दिपावली/दिवाली) जस्ता हिन्दि भाषाको शब्दले सम्बोधन गर्नु नेपाली शब्द (तिहार) लाई विश्थापन हुने देखिन्छ।नेपालीहरुले दिपावली/दिवाली भन्ने शब्द नचलाऊने तिहार नै चलाऊदा उचीत हो।हिन्दु धर्मालम्बिहरुको हिन्दुशाष्त्र (ऋगवेद)को (यमयमी शुद्ध) भन्ने कथामा यमराज र यमुना बिच ५ दिन सम्म यमुनासंग रमाईलो गरेर मनाएको कथा जोडिन्छ।उक्त पौराणिक कथनअनुसार यमराज र यमुना (यम/यमी)आफनै दाजुबहिनी थिए।

आफ्नै दाई यमराज संग बहिनी यमुनाले ५ दिनसम्म रमाईलो गरेर मनाएपश्चात यमले प्रसन्न भएर बहिनी यमुनालाई प्रत्येक वर्ष भेट्न आऊने वरदान दिएका थिए।हिन्दु पात्रो अनुसार कार्तिक कृष्ण पक्षको त्रयोदशीको पहिलो दिन काग तिहार देखी सुरु भएर दोस्रो दिन कुकुर तिहार तेस्रो दिन गाई /लक्ष्मी/गोवर्धन पुजा हुदै शुक्लपक्षको द्धितीया तिथीको भाईटिका सम्म तिहार मनाईन्छ।यी सबै हिन्दु संस्कृति अनुसार यमपन्चकको ५ दिनलाई तिहार भनिएको हो।

हिन्दु धर्मग्रन्थको पौराणिक लोककथा अनुसार पृथ्वीको एकदमै दानी राजा बलिराजा र स्वर्गको विष्णुको कथा तिहारसंग जोडिएको छ। पृथ्वीमा एकजना अती नै दानी बलिराजा थिए रे प्रत्येक दिन दान नगरी उनी केहि खादैन थिए रे,त्यस्तो पुण्य प्रतापले स्वर्गादि लोकहरु हल्लियो,देवताहरुले भगवान विष्णुको प्रार्थना गरे जसमा बिष्णुले बलिराजालाई पाताल पुर्याऊने आश्वासन दिएका छन।

विष्णु (बाम्हण)को रुप लिएर अनार्य बलिराजा लाई छल्न विष्णु त्या ३ पाईला जमिन दान माग्न गए,बलिराजाले ति ब्राम्हणरुपी (बिष्णु) लाई ३ पाईला दान दिने वचन दिए अन्तमा विष्णुको पाईला विशाल बन्यो र अन्तमा बलिराजा दान दिन नसकेर वर्षमा एकपल्ट पृथ्वीमा आऊन पाऊने सर्त सहित बलिराजा लाई पाताल भसाईएको कथन छ,त्यसैले तिहारमा बलिराजा तिहारमा आऊने भएकोले दियो बाती बालेर पृथ्वीमा औशीको रातमा स्वागत गरीएको कथन छ।आर्य हिन्दु ब्राम्हणहरुको भगवान विष्णुले बलिराजा लाई षढ्यन्त्र पुर्वक पाताल भसाऊनुको कारणले पनि बलिराजा अनार्य/अहिन्दु थिएछन भन्ने अड्कल काट्न सकिन्छ।

त्यसै गरी पृथ्वीमा भएका प्रतापी बलिराजा अनार्य (किराती) भएकै कारण पाताल भसाईएको कुरा ठहर गर्न सकिनेछ। उक्त विष्णुले पाताल भसाएका पृथ्वीको दानी/प्रतापी राजा बलिराजा आर्य नै थिए, अनार्य होईनन भनेर ठोकुवा गरेर भन्न सकिने अवस्था छैन।कारण ईतिहासमा यस्ता कयौँ अनार्य/किराती प्रतापी राजा/शक्तिशाली सम्राट हरु लाई देवगणवंशी/देऊतावंशी आर्यकृत गरीएको छ।भने कयौँ अनार्य किराती विद्वानहरु ऋषिमुनी बनेर आर्य भएका प्रशष्त उदाहरण छन।

किराती पुर्खा रछेनहाङ,रछेनहाङको छोरी (छेन्ताकु माङ्मी) र सयपत्री फुल अन्तसम्बन्धित सांस्कृतिक कथानक लोककथा :-

किरातीहरुको मौखिक लोक-लोककथामा सिमित रहेको नक्छुङ/माङ्पा/मोपा/फेदाङमा हरुले गाऊने रिसिया मुन्दुमहरु लाई लिखित रुपमा रुपान्तरण गर्ने लिपिबद्ध गर्ने कार्यहरु आजको दिनमा अत्यावश्यक देखीन्छ।यतिकैमा किराती समुदायमा हजारौ वर्ष अघि देखीको लोक-कथाको रुपमा सिमित रहेको,विरलै मात्रमा सुनिएको,किराती समुदायले विर्सदै गरेको मौखित मुन्दुममा आधारीत किराती पुर्खा (रछेनहाङ,रछेनहाङको छोरी छेन्ताकु,सयपत्री फुल र किरात संस्कृती अन्तर-सम्बन्धित लोककथा केहि छोटकरीमा लेख्य रुपमा प्रस्तुत गर्न गएको छु ।किराती पुर्खा (रछेनहाङ,छोरी छेन्ताकु माङ्मी)असाध्यै देऊता जतिकै सुन्दरी ,सयपत्री फुल अन्तरसम्बन्धित सांस्कृतिक कथानक लोककथा ।

उहिल्यै हजारौ वर्ष अगाडि किरातीहरुको पुर्खा (रछेनहाङ) नाम गरेको एकजना पुर्खा थिएछन।किराती पुर्खा (रछेनहाङ)को एकजना असाध्यै राम्री (छेन्ताकु माङ्मी) नाम गरेको एकदमै सुन्दरी छोरी थिएछन।(यस लोक कथामा माङ्मी= असाध्यै सुन्दरी देऊता जतिकै सुन्दरी राम्री भन्ने अर्थ दिनेगर्दछ।किराती पुर्खा(रछेनहाङ)को स-परीवार सबै सुखी थिएछन,रछेनहाङले आफनो एक्ली छोरी (छेन्ताकु)लाई आफनो प्राणभन्दा पनी बढि माया गर्दथिएछन।

छोरी छेन्ताकु पनी आफनो बुवाको प्यारमा सुखमयले हुर्किएछिन।एकदिन किराती पुर्खा (रछेनहाङ) शिकार खेल्न जंङ्गल तिर जाने निधो गरेछन।उनले आफु शिकार खेल्नु  जान लागेको कुरा घरमा सबैजनालाई बताएछन।सबैजनासंग विदा मागेर शिकार खेल्न जंगल तीर जान तैयार भएछन। त्यतीकैमा किराती पुर्खा (रछेनहाङ)को एकमात्र प्राण भन्दा प्यारी छोरी (छेन्ताकु) पनी बुवा संगै शिकार जाने भन्दै जिद्धि गर्न थालेछन।उनले छोरी (छेन्ताकु)लाई घना जंगलमा भयानक हिंस्रक जंगली जनावरहरु रहने भएकोले छोरीलाई आफुसंगै जंगल शिकार खेल्न लान ईन्कार गरेछन।तर आफनो छोरी (छेन्ताकु) न्यास्रो बनेर बिलौना रोईकराई गर्नु थालेपश्चात आफनो प्यारी छोरी (छेन्ताकु) लाई दुखित नबनाऊने मनशाय गरेर (रछेनहाङ)ले आफुसंगै शिकार खेल्न लाने निधो गरेछन।अन्तत्वगत रछेनहाङ आफनो छोरी छेन्ताकु र केहि सहयोगी सहित जंगल शिकार खेल्न गएछन।

शिकार खेल्दै जाने क्रममा किराती पुर्खा (रछेनहाङ)को छोरी (छेन्ताकु माङमी) अलप(एक्कासी हराएछिन)भएछिन।आफनो एक्लो प्राणभन्दा प्यारी छोरी छेन्ताकु हराएकोमा रछेनहाङ बहुत दुखित भएछन।उनले आफनो सबैजना सहयोगी सहित सारा घना जंगलभरी खोजतलास गरेछन,तर रछेनहाङले आफनो छोरी छेन्ताकु लाई पाऊन सकेनछ।उक्त घना जंगलको बिचमा असाध्यै दुखित भएर बसेको (रछेनहाङ )लाई उनको एकजना सहयोगीले जंगलको बिचमा (एउटा सयपत्री फुल) अचम्म तरीकाले फुलीरहेको बताएछन।ति सहयोगीले (रछेनहाङ)को छोरी छेन्ताकु असाध्यै देऊता जस्तै सुन्दरी भएकोले पक्कै पनी छेन्ताकु त्यहि फुल भएको बताएछन।उक्त सयपत्रीको फुल लाई आफनो छोरी छेन्ताकुको बिम्ब प्रतिकको रुपमा सम्हालेर आफनो बगैँचामा रोप्न (रछेनहाङ)लाई आग्रह गरेछन।

अन्तत्वगत किराती पुर्खा (रछेनहाङ)ले त्यो सयपत्रीको फुललाई आफनो छोरीको प्रतिकको रुपमा घरमा लगेर आफनो बंगैचामा रोपेछन।हरेक साँझ (रछेनहाङ) आफनो छोरी छेन्ताकु फर्केर आऊने आशामा बेलुका (दियो-बत्ती )बालेर बाटो हेरीरहन्थिएछन।आफनो घरमा बालेको दियो बत्ती लाई देखेर पक्कै पनी छोरी छेन्ताकु घर फर्केर आऊने आशामा सँधै हरेक साँझ दियो बत्ती बालेर पर्खीरहन्थिएछन।त्यसै गरी आफनो छोरी हराएको वियोगमा हरेक साँझ पर्खदै दियो बती बालेर छोरीको पर्खाईमा दिन बित्दै गयो,महिना बित्दै गयो,वर्ष बित्दै गयो तर रछेनहाङको आफनो छोरी छेन्ताकु फर्किएर आईनन।(रछेनहाङ) ले आफनो छोरीको प्रतिकको रुपमा रोपेको सयपत्री फुल भने एक पछि अर्को गर्दै सालैप्च्छे हुर्कदै बढ्दै ढकमक्क सयपत्रीको बगैचाको रुपमा देखा पर्यो।(रछेनहाङ)को बगैँचामा फुलेका ती सारा सयपत्री फुलहरु आफनो छोरीको प्रतिकको रुपमा सबैले मान्न थाले ,त्यहि फुलेका सयपत्रीको फुललाई मालाको रुपमा छेन्ताकुको सम्झना स्वरुप उनेर लगाऊने प्रचलन सुरु भयो भन्ने कथन छ। आज पनी प्रत्येक किराती बस्तीहरुमा हेर्ने हो भने हरेक किरातीहरुको घरघरमा सयपत्री फुलको बगैँचा असोज कात्तिकको समयमा फुलीरहेको पाईन्छ।जुन अन्य समुदायको घरमा सयपत्री फुलको बगैँचा कमै मात्रमा पाईने गरीन्छ। किरातीहरुले आजपनी कतिपय जन्म देखी मृत्यु सम्म गरीने संस्कार (वाडाको मुन्दुमी संस्कार) गर्दा थानमा (माहौरबुङ सयपत्रीको फुल) लाई चलाऊने संस्कार यथावतै छ।

{किरातीहरुको सांस्कृतिक बिम्ब (छेन्ताकु छोरीको बिम्ब सयपत्री फुल = माहौरबुङ) संग हिन्दु धर्मालम्बीहरुको लक्ष्मी पुजाको सम्बन्ध रहेको पाईन्दैन बरु लक्ष्मी पुजा र कमलको फुल बिच धार्मिक अन्तरसम्बन्ध छ }

हिन्दु धार्मिक ग्रन्थअनुसार दिवाली/दिपावली मा पुजीने देवी लक्ष्मीको पुजासंग सयपत्री फुलको सम्बन्ध देखिन्दैन बरु लक्ष्मी पुजा संग (कमलको फुल)को धार्मिक महत्व अन्तरसम्बन्ध देखिन्छ ।हिन्दु धर्मअनुसार संस्कृत भाषामा कमलको फुललाई (पद्ध) भनिन्छ।हिन्दुहरुको लक्ष्मी देवीले बोकेको फुल कमलको फुल हुन,हिन्दु धर्मअनुसार कमलको फुललाई एकदमै महत्वपुर्ण धार्मिक प्रतिकको रुपमा लिईने गरीन्छ। हिन्दु धर्मअनुसार दिवाली दिपावलीको अवसरमा धनको देवी भनेर पुजीने लक्ष्मी देवीले बोकेको कमलको फुललाई हिन्दु धर्मअनुसार अनन्तकाल,

पवित्रता,ज्ञान,दिव्य सौन्दर्य र सौभाग्यको प्रतिक मानिन्छ।

तसर्थ:-दिपावली/दिवालीमा धनकी देवी लक्ष्मीसंग सयपत्री फुलको अन्तरसम्बन्ध देखीन्दैन बरु लक्ष्मी देवीले बोकेको कमलको फुलसंग हिन्दु धर्मग्रन्थअनुसार लक्ष्मीको धार्मिक अन्तरसम्बन्ध रहेको पुष्टि हुनेगर्दछ।

नेपाल र भारतमा रहेका किरात/आदिवाशी/बौद्ध मार्गी तथा हिन्दुहरुको संयुक्त रुपमा आ-आफनै संस्कृति अनुसार मनाऊन सकिन्छ। 

यी माथीको सम्पुर्ण ईतिहास/संस्कृति र किम्बदन्तीहरु लाई प्रारम्भिक रुपमा अध्ययन गर्दा बौद्ध मार्गी/प्रकृतीपुजक किरात/आदिवाशी र हिन्दुहरुको यस चाडमा कहि न कहि सांस्कृतिक अन्तरघुलन रहेको बुझिन्छ।त्यसैले भारतमा मनाईने दिवाली/दिपावली/त्योहार नेपालमा मनाईने तिहार/बलिहाङ तङ्नाम/बलिहाङ चानुचा/बलिहाङ बुफैनाम/बलिहाङ चाड लाई यदि हिन्दुले हिन्दुकै मात्र हो नभन्ने,प्रकृती पुजक किरात/आदिवाशीले किरातकै मात्र हो र बौद्ध मार्गीहरुले पनि हाम्रै मात्र हो भनेर एकलौटि दाबी नगर्ने हो भने प्रकृतीपुजक किरात/हिन्दु र बौद्ध मार्गी सबैले सबैको सहअस्तित्व स्विकार गरेर आ-आफनो संस्कृति अनुसार संयुक्त रुपमा मनाऊन सकिन्छ।त्यसरी बलिहाङ चानुचा/बुफैनाम/बलिहाङ तङ्नाम चाड यहाँका मुलवासी/आदिवासी किराती/मगर समाजको परापुर्वकाल देखी मानिएको सांस्कृतिक चाड रहि रहनेछ।किनकी यहाँका मुलनिवासी/मगर/किरातीहरुले (बलिहाङ चानुचा/बुफैनाम/तङ्नाम) मा खेल्ने देऊसीभैलो संस्कृति हुर्रा नाचगान/मारुनी नाँचमा किरातीहरुको संस्कृतिको अस्तित्व रहेको देखिन्छ। 

त्यसैले किरात/मगर लगायत प्रकृति पुजक आदिवाशीहरुले प्रतापि राजा बलिहाङको स्वस्थ्य लाभको कामना गर्दै आ-आफनै मौलिक संस्कृति अनुसार बलिहाङ चानुचा/तङ्नाम/बुफैनामको अवसरमा हुर्रा नाचेर/देऊसी भैलो खेलेर/मारुनी नाच नाचेर मनाऊदा आफनै संस्कृति झल्किनेछ।त्यस्तै किरात राईहरुको रछेनहाङ र छोरी छिन्ताकु(माङ्मी)को किम्बदन्ती अनुसार माङ्मी चेलीको सम्झनामा सयपत्री फुलको माला लगाऊने/सयपत्री फुलमालाले घर सजाएर,फुलमाला लगाएर,घरघरमा झिलिमिली बत्ती बालेर,आफनो आफन्त ईष्टमित्र बिचमा एकअर्कामा खुशी बाँडेर (बलिहाङ चानुचा/बुफैनाम) तिहार मनाऊन सकिनेछ,यसो गर्दा विशुद्ध हाम्रो किरातहरुको मौलिक संस्कृती र ऐतिहासिकता झल्किनेछ।त्यस्तै हिन्दुहरुले पनि दिवाली/दिपावली/तिहारमा गाईगोरु पुज्ने,कुकुर पुज्ने,लक्ष्मी पुज्ने र सप्तरङ्गी टिका लगाएर भाई पुज्ने संस्कृती हिन्दु धर्मग्रन्थ अनुसार संस्कृति मनाऊदा हिन्दु संस्कृति नै झल्किनेछ।त्यस्तै चक्रवर्ती सम्राटले ८४ हजार बौद्धस्तुप निर्माण गरेपश्चात बुद्धको धम्मको प्रचारमा असंख्य दिप प्रज्वलन गरेर मनाऊदा बौद्ध संस्कृति झल्किनेछ।यसरी किरात/मगर/हिन्दु र बौद्ध मार्गीहरुले आ-आफनै संस्कृति अनुसार अपनाऊदा आपती मान्नु पर्ने जरुरी छैन।भारतिय उपमहाद्वीपमा रहेको प्रकृति पुजक किरात सभ्यता/हिन्दु र बौद्ध संस्कृति लामो समय देखीको सामाजिक सांस्कृतिक अन्तरघुलनबाट हाम्रो कतिपय मौलिक संस्कृती पुज्ने शक्तिपीठ र चाडपर्वहरु एकआपसमा मिश्रित भईसकेका छन।जो यो हिन्दुकै मात्र हो यो चाहि किरात र बौद्ध कै मात्र हो भनेर किटाण गर्न सकिने अवस्था छैन।ती सबै अन्तरघुलित संस्कृतीहरु बहिस्कार गरेर या त्याग्दै जाने हो भने भविष्यमा हाम्रो कुनै संस्कृति/ईतिहास चाडपर्व हरुको अस्तित्व रहने छैनन,किनकि ईतिहासमा पनि सांस्कृतिक/सामाजिक अन्तरघुलन भएको छ र कालान्तरमा पनि सांस्कृतिक/सामाजिक अन्तरघुलनले छुट्याऊन सकिने छैन।सबै हिन्दुकृत भएका हाम्रो संस्कृति/सांस्कृतिक चाडपर्व/पुज्ने थानथपना शक्तिपीठ हिन्दुहरुकै मात्र पेवा हुनेछन।तसर्थ यसरी सांस्कृतिक अन्तरघुलन भएका हाम्रो संस्कृती चाडपर्व/पुज्ने थानथपना/शक्तिपीठ हाम्रो संस्कृतीअनुसार चाडपर्व वा संस्कृती कुन मौलिक र आफनो हुन? क्रमश अपनाऊने स्वीकार्दै जाने,कुन संस्कृति चाडपर्वहरु हाम्रो मौलिक संस्कृति होईनन? मिहिन रुपमा अध्ययन खोज-अनुसन्धान गरेर परीत्याग गर्दै जानुपर्दछ।यसरी सांस्कृतिक अन्तरघुलन भईसकेका चाडपर्व र संस्कृती लाई कसरी हाम्रो मौलिकतामा रुपान्तरण गर्दै जाने?विकल्पको रुपमा खोज अनुसन्धान र उत्थान उत्खनन गर्दै जाने कार्य निरन्तर राख्नुपर्दछ।अत: यदि प्रकृती पुजक किरात/बौद्ध मार्गी र हिन्दुहरुले सबैले आ-आफनै संस्कृति अनुसार बलिहाङ तङ्नाम/चानुचाबुफैनाम/त्योहार/तिहार/दिपावली मनाऊन सकिन्छ।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

घोडाको पुच्छरको रङ्ग कस्तो थियो ? – रोचक कथा

घोडाको पुच्छरको रङ्ग कस्तो थियो ? – रोचक कथा
पत्रपत्रिका

भारतका विदेश सचिव दुईदिने औपचारिक भ्रमणमा आज नेपाल आउँदै

काठमाडौँ। भारतका विदेशसचिव हर्षवद्र्धन श्रृङ्गला नेपालको दुईदिने औपचारिक भ्रमण अन्तर्गत बिहीबार यहाँ आउँदै हुनुहुन्छ । उहाँ बिहीबार बिहान ११ बजे विशेष विमानमार्फत काठमाडौँ उत्रनुहुने छ । नेपाल …

तथ्यहीन समाचारले समाजलाई विग्रहको बाटोतर्फ लैजान्छ -मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नकारात्मकभन्दा समाजलाई प्रेरित गर्ने खालका समाचार सम्प्रेषणमा सञ्चार माध्यमले ध्यान दिनुपर्ने बताउनुभएको छ ।  सरकारका प्रवक्तासमेत रहनु भएका …

नेकपा दस्तावेज छपाइ प्रकरणमा पद्धति मिचेको निष्कर्ष

काठमाडौं । सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित मानसिकता …

करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता

काठमाडौं । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता स्थायी …