तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रबिन्द्र यादव

नवलपरासी । नवलपरासी पश्चिममा पुजारीको हत्याको अभियोगमा एक जना भारतीय नागरिक पक्राउ परेका छन ।

शुक्रवार उक्त घटना अनुसंधानको क्रममा प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवा स्थित भारत जिल्ला महराजगंज थाना निचलौल पोष्ट औराटार ग्राम कबेलवा महेशपुर बस्ने २१ बर्षिय धनन्जय मौर्य ( कोइरी ) लाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

घटनामा संलग्न अभियुक्तको मृतकको छोरीबाट सनाखत भएको र मौर्यले निज पुजारीको हत्या आफु स्वयंले हत्या गरेको मौखीक बयानबाट खुल्न आएको हुदाँ धनन्जय मौर्यलाई अदालतबाट म्याद थप गरिने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

कार्तिक ९ गते नवमीका दिन सुस्ता गाउँपालिका वडा नं ४ नर्सही पश्चिम टाँडी स्थित रहेको हनुमान मन्दिरका ७२ बर्षिय पुजारी मुहँगु केवटको घरेलु हतियार हसियाले हत्या भएको थियो । 

घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न हिन्दु संगठनले प्रशासनलाई दबाब दिदै आएका  थिए । विश्व हिन्दु परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओली लाई ज्ञापनपत्र समेत बुझाएका थियो । 

एसपी अजय केसी र इलाका प्रहरी कार्यालय बेलाटारीका इन्सपेक्टर खुमानन्द पाण्डेको विशेष पहलमा पुजारीको हत्यारालाई पक्राउ गर्न सफल भएको बुझिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …