तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सिन्धुपाल्चोक, जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको जिल्ला स्तरीय खुला व्याडमिन्टन प्रतियोगिता  समपन्न भएकााे छ ।

खुला व्याडमिन्टन डबल ओपनतर्फ चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठ विजयी हुनुभएको छ । उहाँहरुले भीमबहादुर तामाङ र ध्रुव थापालाई फाइनलमा हराउँदै प्रथम हुनु भएको हो । ओपनतर्फ प्रकाश र रमेश, भेट्रानतर्फ नवराज र राजनको जोडी विजयी  भएकाे छ।

खाडीचौरमा भएको भेट्रान डबलतर्फ मेलम्चीका नवराज भट्टराई र राजन श्रेष्ठ विजयी हुनुभयोे । उहाँहरुले फाइनलमा लालकाजी कार्की र दिनेश थापालाई पराजित गर्दै प्रथम हुनुभएको हो ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा विजयी हुनेलाई नगद तीस हजार, ट्रफी, दोस्रो हुनेलाई नगद १५ हजार, ट्रफी र सेमिफाइनल सम्मको यात्रा तय गर्नेलाई नगद सात हजार पाँच सय रुपैयाँ प्रदान गरियो ।

विजयीहरुलाई वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले पुरस्कार वितरण गर्नुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …