तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

प्रधानमन्त्री लाई एउटा अनौठो रोग लागेको छ। उहाँ जहिले जुन ठाउँमा गएर केही मन्तव्य तथा भाषण दिनुपर्यो भने उहाँले राजिनामा दिदै दिन्न भन्ने कुरा कहिल्यै छुटाउनुहुन्न।

आफू यस ठाउँमा आएको आफनो रहरले भन्दा पनि जनताको व्यापक जनसमर्थनले आएको बताउदै सरकार फेरबदल हुन्छ भनेर कसैको कुरा नसुनी निर्धक्क भएर काम गर्न सवैलाई आग्रह गरिराख्नुभएको छ । कसैले आफुलाई त्यहाबाट हटाउने प्रयत्न गर्ला कि भनेर सोच्न पनि जरुरी छैन। किनभने प्रधानमन्त्री पद भनेको कसैले बस भने बस्ने तथा जा भने छोड्ने पद पनि होईन। तर, प्रधानमन्त्री राजिनामा भन्ने शब्द सुनेर आजकल डराउन थाल्नुभएको छ। त्यसैले केही बोल्दा राजिनामा दिन्न भन्ने प्रसङ्ग विरलै छुटाउनुहुन्छ। 

गत कात्तिक १९ गते, प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधानमन्त्री पदबाट राजिनामा नदिने स्पष्ट पार्नु भएको थियो। यद्यपि त्यतिबेला राजिनामा गरिहाल भनेर चाहिँ कसैले भनेको थिएन। अहिले आफुले राजिनामा दिए देश दुर्घटनातर्फ जान्छ भन्ने कुरा उहाँको दिमागमा  छ। उहाँले आफ्नो लागि भन्दा पनि देशको लागि राजिनामा दिन नहुने कुरा पटकपटक बताउँदै आउनुभएको छ्।   

एमाले र माओवादीबिच पार्टी एकता गर्ने समयमा प्रचण्ड र ओलि आलोपालो प्रधानमन्त्री बनेर देश हाक्ने कुरा भएपनी त्यसको केही समयपछी , प्रचण्ड नेकपाको अध्यक्ष र प्रधानमन्त्री पाँच बर्ष नै प्रधानमन्त्री भएर देश हाँक्ने कुरामा दुवैको सहमती भएकै हो । नेपालको सबैभन्दा ठूलो पार्टी (नेकपा) को अध्यक्षसङ्ग नै आफू पाँच बर्ष नै प्रधानमन्त्री बनेर देश चलाउने कुरामा सहमती भईसकेको हो। तर अझै पनि उहाँ राजिनामा भन्ने शब्दसङ्ग एकदम डराउनुहुन्छ। उहाँलाई राजिनामा फोबिया लागेको छ। 

प्रधानमन्त्री ओलिमा नै समस्या हो भने पार्टिले उहाँलाई कारवाही गर्ने हिम्मत गर्न सक्नुपर्छ। कि त संसदमा बहुमत ल्याएर उहाँलाई फ्याँक्नुपर्छ। नत्र दायाँबायाँ कुराहरु मात्र गनगन गरेर उहाँलाई झन राजिनामा फोबिया बढाईदिनु भने हुदैन। 

संखुवासभाको किमाथांका नाका र अरुण तेस्रोको अवलोकन गर्न संखुवासभा पुग्नुभएका प्रधानमन्त्रीले त्यहाँ पनि राजिनामा नदिने र सरकार नढल्ने कुरामा ढुक्क भएर बस्न त्यहाँका जनताहरुलाई आश्वासन दिएर आउनुभएको छ। तर प्रधानमन्त्री त्यहाँ गएर राजिनामाको विषयमा बोल्न भने केही जरुरि थिएन। 

हरेक समयमा, हरेक भाषणमा अनावश्यक राजिनामाको विषय ल्याईराख्ने प्रधानमन्त्री लाई राजिनामा फोबिया लागेकै हो। उहाँलाई राजिनामासङ्ग दिनानुदिन डर लागिरहेको छ। पार्टिले आफुलाई कारवाही गर्छ कि , मेरो पद जान्छ कि, सरकार ढल्छ कि भन्ने डरले उहाँलाई धेरै पिरोलेको कुरा उहाँको निरन्तर अभिब्यक्तिबाट सहजै बुझ्न सकिन्छ्। 

 प्रधानमन्त्रीको अभिव्यक्ति सुनेर यस्तो लाग्छ कि, पुर्व मेचिदेखी पश्चिम महाकालिसम्मका मानिसहरुले उहाँको राजिनामा मागेर सडकमा थाल ठटाउदै आन्दोलन गरिरहेका छन। उहाँले राजिनामालाई एकदम कम्प्लेक्स तरिकाले वाच  गरिरहनुभएको छ।

तर सरकारको यतिबेलाको दम्भ गणतन्त्रको लागि कुनै कोणबाट पनि मान्य छैन। यस्तै तरिकाले अगाढी बढिरहने हो भने देशमा ठूलो राजनितिक दुर्घटना नआउला भन्न सकिन्न। 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …