तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

प्रेम खनाल

“दीपावली तिहार विशेष”

सांस्कृतिक महत्व बोकेका नेपालका विभिन्न चाडपर्वहरूमध्ये तिहार पनि एक होे । यो नेपालीहरूको दोस्रो ठुलो पर्व हो । यसलाई दीपावली, दीपको पर्व, झिलिमिलिको पर्व पनि भनिन्छ । दीपावली पर्वलाई सबैले आ आफ्नो ठाउँवाट आफ्नो गच्छेअनुसार मनाउँदै आइरहेका छौं ।

तिहार हामी नेपालीहरूको नजिकै आइपुगेको छ । हाम्रो संस्कृति र सभ्यता झल्काउने यस्ता चाडपर्वका पछि धार्मिक, सांस्कृतिक र वैज्ञानिक कुराहरू लुकेका हुन्छन् । जसले जीवनमा नयाँ उत्साह उमङ्ग उर्जा दिने गर्दछन् । जसले गम्भिर अर्थ बोकेका हुन्छन् । जुन कुरा गर्दा तिनको वास्तविकतालाई बुझ्न नसक्दा हामी अग्रजप्रति सम्मान गर्न र अनुजलाई महत्व बुझाउन चुकिरहेका छौंँ । सम्पूर्ण नेपालीलाई आउँदै गरेको तिहारको हार्दिक मङ्लमय शुभकामना व्यक्त गर्दै यस पर्वको सांस्कृतिक महत्वका बारेमा आँफूले जाने बुझेसम्मका कुराहरू उल्लेख गर्न चाहन्छु ।

यो दीपावली पर्व पनि जसरी नवदुर्गामा दस दिन मनाइन्छ त्यसै गरी यो पर्व यमपञ्चकका पाँच दिनमा देवी देवता तथा मनुष्यदेखि पशुपंक्षी सम्मलाई पूजन गरिन्छ । यस पर्वसँग जोडिएको पौराणिक कथाअनुसार यी यमपञ्चकका पाँच दिनमा यमलोकका राजा सूर्यपुत्र यमले आफ्नी बहिनी यमुनाको निमन्त्रणा स्वीकार गरी आफू जिम्माको कार्यभार उनका मन्त्री चित्र गुप्तलाई जिम्मा लगाई बहिनी यमुनाका घरमा आएर बस्छन् । बहिनी यमुनाद्वारा दाजुको ठुलो सत्कारसहित पूजा हुन्छ । यसबाट यमराज प्रसन्न हुन्छन् र बहिनीलाई भन्छन् “ हे यमुना म तिम्रो सेवा सत्कारबाट प्रसन्न भएको छु । तिम्रो मनमा जे इच्छा छ, मसँग वर माग । तिमीले चाहेको वर दिन्छु ।” बहिनी यमुना भन्छिन्– “हजुर हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनु, साथै दाजु बहिनी तथा दिदी भाइको पवित्र प्रेम सदा अटल रहोस । दाजुभाइको आयु, आरोग्य, यश, कीर्ति उत्तरोत्तर वृद्धि हुँदै जाओस् भनी वर माग्छिन् ।” यमले “तथास्तु भन्छन् ।” साथै यो पनि भन्छन् कि जजसले मनसा वचसा कर्मणा स्वचित्तले यस प्रकार दिदीबहिनीले दाजुभाइ र दाजुभाइले दिदीबहिनीहरूलाई हरेक वर्ष कार्तिक शुक्ल पक्षको द्वितीयाका दिन पूजा गर्ने गराउने सदा गर्दछन्, उनीहरूको उन्नति, ऐश्वर्य प्राप्त हुने, यश कीर्ति वढ्ने छ । यति भनेर वहिनी यमुनाको घरवाट यमराज बिदा हुन्छन् । त्यसैको निरन्तरतामा सदियौंदेखि चल्दै आएको यो धार्मिक महत्व एवम् संस्कृतिलाई हामीले पनि निरन्तरता दिँदै आएकाछौं । यसवर्ष पनि निरन्तरता दिने नै छौं ।

हरेक सालमा एक पटक आउने दसैं तिहार पर्वहरू यही शरद ऋतुमा पर्छन् । वडा दसैंलाई त शारदीय महोत्सव भनिएको छ । जुन ऋतुमा न जाडो हुन्छ न गर्मी । समशितोष्ण तापमानको समय परेको हुन्छ । यो बेला सवैका घरघरमा धनधान्यले भरिपूर्ण हुन्छ । सबैका मनमा खुसीयाली छाएको हुन्छ । मानवजाति मात्र नभएर चराचरका सबै प्राणीहरू खुसी र आनन्दले भरिएका हुन्छन् । वातारण शुद्ध, पर्ययावरण शुद्ध जताततै हरियाली पृथ्वीले हरियो सारी लगाएर रङ्गी बिरङ्गी फूलहरू खिलाएर वसेकी हुन्छिन् । शरद ऋतुको वर्णन कवि शिरोमणि लेखनाथ पौड्यालज्यूको कृति ऋतुविचारको शरद् विचारका केही पङ्तिहरू उद्धृत गर्न चाहन्छु ।

“धन धर्म दुवै धान्ने धान्य गौरवले उता ।
खेतमा भरियो भारी भरिलो रमणीयता।। शरद् ६३
जीवनाऽऽनन्दको ज्योति प्रजाको स्वच्छ शीतल।
वयेली धानमा खेल्छ गर्दै नयन मंगल।। ६४
झुकेकोछ सबै धान्य ठाडो छैन कुनै पनि ।
उपकारी गुणी व्यक्ति यस्तै हुन्छ जहाँ पनि।। ६६
खेतको मोहनी शोभा हेर्दा हेर्दै महाँ
ब्रह्ममा ब्रह्म वेत्ताझैं लीन हुन्छ मनै वहाँ ।। ६७
कृषिको श्रम साफल्य देख्नाले प्रजा सब ।
परमाऽऽनन्द पाएको योगी भँै छ खुशी सब।। ६८
हुटिट्याऊँ हिले कौवा जलेवा वक चाँचर।
खेतीको कुरुवा तुल्य खेतैमा गर्दछन् घर।। ७०
साना रुग रुगाएर दौडने दिव्य खङ्जन ।
गति सौन्दर्यले साह्रै गर्दछन् मनोरञ्जन।। ७१
त्यो छिटो छरितो राम्रो तिनको फुर्फुराहट ।
हेर्दा भित्र छछल्किन्छ प्रेम पीयूषको घट।। ७२
उता हेर्यो उतै राम्रो आनन्दी रङ्ग लोकको ।
छैन संसारमा नाम निशाना दुःख शोकको ।। ७३
ढकमक्क सयपत्री अभिमानी समान छ ।
ज्यादा लत्रन जान्दैन रुपको खुव सानछ।। ८०
कहाँ उस्तो हिलो मैलो कहाँ यो मोहनी छवि ।
कति राम्रो उदायको विश्व सौभाग्यको रवि ।।
यता उति सबैतर्फ शरद्को कान्ति माधुरी ।
झल्काएर फुलेका छन् फूल राम्रा थरी थरी ।।
यै शरदमा दशैं हाम्रो यसैमा दीपमालिका ।
यसैमा धान्य सम्पत्ति धन्य यो सुख तालिका ।।
मनुष्यको कुरा के छ पशुपंक्षी पनि सब ।
मनाउँछन् खुशी मानी मञ्जु मङ्गल उत्सव ।।
आनन्दको ध्वजा तुल्य ठड्याइ दीर्घ पुच्छर ।
बाच्छा बाच्छी सिँगारेका दौडन्छन् ती सबैतिर।।
यता उति कतै केही नहेरी मस्त भैकन ।
विजयी वीरझैं गर्वी थाले गोपति ढल्कन ।।
योगीको मनझैं पानी बाटो वेद पथै सरी।
शुद्ध देखिन्छ सम्पूर्ण शरद्का सँगले गरी।।

यस्तोअनुकूल समयमा आएको यो पर्व यस वर्ष यही २०७७ कात्तिक २८ गते त्रयोदशीदेखि मंसिर १ गते भातृ द्वितीया सम्म ४ दिन मात्र परेकोले त्यसै अनुरुप ४ दिन मनाएमा जीवनमा नयाँ उमङ्ग जोश र जाँगर प्राप्त गर्न सकिन्छ ।

कागतिहार
यो पर्वको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा कागलाई यमको दूतका रुपमा पूजा गरी मनाइन्छ । कागको महत्व जनजीवनमा के छ ? किन मनाइन्छ भन्ने सम्बन्धमा धार्मिक र वैज्ञानिक महत्व यस प्रकार रहेको छ।

कागहरूले हाम्रा खेतीबालीलाई हानी नोक्सानी पु¥याउने किरा फट्याङग्राहरू खाइदिन्छन् र बालीको संरक्षण गरिदिन्छन् ।
हुटिट्याऊँ हिले कौवा जलेवा वक चांचर।
खेतीका कुरुवा तुल्य खेतैमा गर्दछन् घर।। ऋतुविचार
यसरी खेतीबालीको रक्षा गर्छन् । फोहर सफा गरी वातावरण शुद्ध बनाउँछन् । कागको पूजा गर्नु भनेको सम्पूर्ण पंक्षीगणको पूजा गर्नु हो । उनीहरूसँग मैत्री भाव राख्नु हो ।

अब कागको पूजागर्ने मन्त्र
कागको पूजा गर्दा फूल अक्षता हातमा लिई आकाशतिर छर्कँदै यो मन्त्रले आह्वान गरिन्छ –

(ऐेन्द्वारुण वायव्यां यम्यां वै नैऋतस्तथा ।
वायसा प्रतिगृह्णन्तु मयादत्तं वलिं त्विदम् ।।
काकोऽसि यमदूतोऽसि वायसोऽसि महामते ।
इमं वलिं गृहाणत्वं त्रायस्वयमशंकटत् ।।
दीपदान गर्दा भन्ने मन्त्र
(कार्तिकस्यासिते पक्षे त्रयोदश्यां निशामुखे ।
यम दीपंवहिर्दद्यादपमृत्युर्विनश्यति।।

अर्थात् हे काग गणहरू हो तपाइहरू पूर्व, पश्चिम, उत्तर, दक्षिण जता हुनुहुन्छ यहँ आउनुहोस् र मैले दिएको बलि ग्रहण गर्नुहोस् भनी आह्वान गरेर दही भात वा जे पाकेको छ त्यो दिइन्छ । यसै दिन साँंझ यमराजको नाममा घरको चोक आँगन घरभित्र बाहिर जताततै बत्ती बाल्नु पर्छ ।

दीपदान विधिः (कार्तिकस्यासिते पक्षे त्रयोदश्यां निशामुखे ।
यम दीपंबहिर्दद्यादपमृत्युविनश्यति ।।
अर्थात् आजको दिन घर आगनमा दीप बाल्नाले अकाल मृत्युको भयबाट मुक्त भइन्छ ।

यसै गरी यमको प्रार्थना

(मृत्युः पाशधरःकृष्णःकालदण्डधरोमहान् ।
तुष्टोऽस्तु दीपदानेन त्रयोदश्यां स धर्मराट् ।।
मृत्युना पाशदण्डाभ्यां कालेन श्यामया सह ।
त्रयोदश्यां दीपदानात्सूर्यजः प्रीयतां मम ।।
धर्मराज नमस्तुभ्यं भवानुद्धरणक्षमः ।
अज्ञात ज्ञात दोषान्मे क्षमस्व त्वं कृपाकर ।।

हे सूर्य पुत्र धर्मराज, तपाईँका हातको मृत्युको पासो र कालो रूप देखेर मलाई डर पैदा हुन्छ । त्यसैले मैले प्रदान गरेको यस दीपदानबाट प्रसन्न भएर मेरा ज्ञात अज्ञात दोष र पापहरूलाई क्षमा दिनुहोस् । भनी प्रार्थना गर्नुपर्छ । काग अत्यन्त चतुर चलाख पंक्षी हो । काग सर्वभक्षी पनि हो । कागले सबैलाई समान दृष्टिले हेर्छ । कागलाई यमराजको सन्देश सुनाउने यम दूतको रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो । काग कराए पछि सुबोल, वोल ठाउँ सारी बस शुभ समाचार दे भनिन्थ्यो । काग दक्षिणतर्फ उडे हानि, पश्चिम उडे दुःख, पूर्व उडे लाभ र उत्तर उडे कीर्ति फैलिने खालका समाचार हो भन्ने बुझ्नुपर्छ भन्ने विश्वास गरिन्थ्यो । कागबाट हामीले शिक्षा पनि लिन सक्छौं ।
जस्तै

(गूढमैथुनचारित्वं काले काले च संग्रहम्
अप्रमत्तमविश्वासं पंच शिक्षेच्छ वायसात् ।। चानी

अर्थात् लुकेर मैथुन गर्नु, समय समयमा संग्रह गर्नु, चारैतिर नजर घुमाइरहनु, सावधान भएर रहनु र कसैमा विश्वास नगर्नु यति पाँच कुरा कागबाट शिक्षा लिनु भनिएको छ । यिनै कारणहरूले यस दिन कागको पूजा हुन्छ । कार्तिक कृष्ण त्रयोदशीलाई धनतेरस, धन्वन्तरी जयन्ती पनि भनिन्छ ।

कुकुर तिहार
कार्तिक कृष्ण चतुर्दशीको दिनलाई कुकुर तिहार भनिन्छ । यस दिन कुकुरलाई उसले मन पराउने खाना दिई उसको पूजा गरिन्छ । कुकुरलाइ यमदूतको रुपमा लिइन्छ । कुकुर यमको अर्को प्रिय भक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मानिन्छ । कुकुरले मानिसले पत्तालगाउन नसकेका अपराधीहरूलाई उसले सुँघेर पत्तालगाउन सक्छ । उसको घ्रानेन्द्रिय (नाक) अर्थात घ्राण शक्ति तेज हुन्छ । कुकुरले भूकम्प वा यस्तै दैवी घटना घट्न लाग्यो भने त्यसको पूर्वाभास थाहा पाउँछ । कराउन थाल्छ अथवा त्यसको पूर्व सङ्केत गर्छ । कुकुरलाई भैरवको बाहान पनि भनिन्छ । युधिष्ठिरको स्वर्ग यात्रामा कुकुरले अन्तिमसम्म साथ दिएको थियो । योबाहेक कुकुरबाट यस्ता शिक्षा पाउन सकिन्छ ।

(स्वल्पाशी स्वल्पसन्तुष्टः सुनिद्रो लघुचेतनः।
स्वामिभक्तश्च शूरश्च षडेते स्वानतो गुणाः।।) चा नी

अर्थात् धेरै नखाने, थोरैमा सन्तुष्ट रहने, गहिरो निद्रामा रहनु झटपट उठ्नु ,मालिकको भक्ति र शूरोपन यी छ गुणहरू उसमा रहन्छन् । कुकुर स्वामीभक्त भएकै कारण धर्मराज युधिष्ठिर स्वर्गारोहण हुँदा ऊ पनि जीवितै युधिष्ठिरसँग स्वर्ग गयो । यसकारण कुकुरलाई आजपूजा गरिन्छ र रुचिकर खाना दिइन्छ ।

यसको मन्त्र

(शुनकौ श्यामशवलौभ्रातरौ यम सेवकौ ।
तुष्येतानञ्च चतुरदश्यां दीपदानेन मृतुजौ ।।)

योबाहेक कार्तिक कृष्ण चतुर्दशीलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन बिहान जलाशयमा गएर शरीरमा तेल लगाई अपमार्गको पात भिजाइ स्नान गर्नाले पापबाट मुक्ति हुन्छ । नरकमा जान पर्दैन भन्ने पौराणिक कथन छ ।

जस्तै
कार्तिके कृष्णपक्षे तु चतुर्दश्यामिनोदये ।
अवश्यमेव कर्तव्यं स्नानं नरकभीरुभिः ।।
अपमार्गस्य पल्लवान्भ्रामयन्शिरस्योपरि। ।
ततो वै तर्पणं कार्यं धर्मराजस्य नामभिः ।।
तेलै लक्ष्मीर्जले गंगा दीपावल्या चतुर्दशी ।
प्रातःप्रात स्नानं तु यःकुर्यात् यमलोकं नपश्यति ।।

अब यमलाई तर्पण दिँदा तिलाञ्जलीले अपसभ्य भएर दक्षीणतिर फर्केर दिने र यदि पितृ (बुबाआमा) जीवित हुनुहन्छ भने तिनले सभ्य भई जलमा जौ मिश्रित गरेर तर्पण दिनुपर्छ यति गर्नाले उसले नरक जानु पर्दैन भनेको पाइन्छ ।

तर्पण दिने मन्त्र

(यमाय धर्मराजाय मृत्यवे चान्तकाय च ।
वैवस्वतायकालाय सर्वभूतक्षयाय च ।।
औदुम्वराय दघ्नाय नीलाय परमेष्टिने ।
वृकोदराय चित्राय चित्रगुप्तायवैनमः ।।

यसरी यमलाई तर्पण दिई सकेपछि मठ मन्दिर घरआँगन गोठ जताततै दियो जलाउने । योबाहेक यस चतुर्दशीसँग जोडिएको पौराणिक कथा यस प्रकार देखिन्छ–

द्वापर युगमा नरकासुर नम गरेको असुरले १६ हजार कन्याहरूलाई अपहरण गरेर बन्धक बनाएर राखेको थियो । उसलाई यही चतुर्दशीको दिन भगवान श्रीकृष्णले वध गर्नुभयो र ती कन्याहरूलाई उसको कैदबाट मुक्त गराउनुभयो । तर ती कन्याहरू त्यस असुरले बन्दी बनाएको हुनाले तिनलाई समाजमा स्थापित हुन गाह्रो हुने भयो । ती कन्याहरूले आत्महत्या गर्ने मनसाय बनाएको हुनाले भगवानले भन्नुभयो– “अरुले स्वीकार नगरे तिमीहरूलाई म स्वीकार गर्छु ।” भनेको हुनाले त्यसैको खुसीमा उनीहरूले दियो जलाए र अरु नरनारीहरूले पनि दुष्ट असुरलाई भगवानले मारेको हुनाले खुसी भएर दियो जलाए भनेको पाइन्छ ।

योबाहेक पहिले सत्य युगमा देवता र दानवहरू मिलेर समुद्र मन्थन गर्दा समुद्रवाट पहिले हलाहल विष निस्क्यो त्यो विषलाई भगवान शङ्करले पिउनुभयो त्यसपछि अलक्ष्मी नाम गरेकी नारी निस्की उसलाई कसैले स्वीकारेनन् । उक्त नारीले भगवान विष्णुलाई भनी–“म भन्दा पछि जन्मेकी लक्ष्मीलाइँ तपाइँले अपनाउनुभयो मलाई कसैले स्वीकार्दैनन् । सबैले मलाई दूर दूर गर्छन् । म कहाँ बसौं । मेरो ठेगान लगाई दिनुहोस् ।” यो कुरा सुनेर विष्णुले भन्नुभयो– “जहां लक्ष्मी जान्नन् त्यहाँ बस्नु भन्नुभयो र जुनघरमा रातिका जुठाभाँडा बिहानसम्म रहन्छन्, जुनघरमा झगडा हुन्छ, जुुनघरमा गाईको गोबरले घर लिपपोत गरिँदैन, जहाँ तुलसी हुन्नन् ,जुन घरमा शङ्ख घण्ट नाद हुँदैन, जुन घरमा फुटेका भाँडाकुँडा, ऐना, हुन्छन्, जहाँ मैला लुगा हुन्छन् त्यहाँ बस्नु भनेको हुनाले ती अलक्ष्मी(नरकवासी “नारीलाइ घरवरिपरीबाट टाढा धपाउने कार्यलाई यस दिन नर्के फाल्ने भन्ने चलन चली आएको छ । जस्तो

(प्रत्यूषे आश्वयुग्दर्शे कृत्वाभ्यांगादिमंगलम् ।
भक्त्या पूजयेद्देवीमलक्ष्मीविनिवृत्तये ।।

अर्थात् लक्ष्मीको आगमन हुनुपूर्व घरबाट अलक्षण धपाउने कार्यलाई नै नर्के फाल्ने भनिएको हो ।

लक्ष्मीपूजा
कार्तिक कृष्ण औंशीको दिन घर आँगन वरिपरी सफा सुग्घर गरी गाईको गोबले घर आँगन गाईको गोबर माटोले लिपपोत गरी लक्ष्मीको मूर्ति चित्र सजध्वज गरी बाटा पँधेराहरू सफागरी बेलुका चारैतिर दीप प्रज्वलन गरी सायंकालमा स्नान ध्यन गरेर शुद्ध कपडा लगाई लक्ष्मीको पूजासामाग्री तयार गरी दीप ,कलश ,गणेशको पूजा गरिन्छ । तत् पश्चात् इन्द्र, कुवेरको यी मन्त्रहरूले ध्यान गरिन्छ–

(इन्द्र चतुर्दन्त गजारुढो वज्रपणिःपुरन्दरः ।
शतीपिश्च ध्यातव्यो नानाभरणभूषितः ।।
ॐ इन्द्राय नमः
कुवेरध्यानम्
मनुजवाह्यविमानवरस्थितम्,
गरुडरत्ननिभंनिधिनायकम् ।
शिवशङ्खमुकुटादिभिभूषितम्,
वरगदे दधतं भज तुन्दिलम्।।
ॐ क्लीं कुवेराय नमः

त्यसपछि तामाको आरीमाथि तामा वा चाँदीको थालीमा लक्ष्मीको प्रतिमा राखी श्री सूक्त मन्त्रद्वारा षोडसोपचार विधिले पूजन गर्ने श्रीसूक्त मन्त्र निम्न रहेको छ –

ॐ हिरण्यवर्णां हरिणीं सुवर्णरजतश्रजाम् ।
चन्द्रांहिरण्मयं लक्ष्मीं जातवेदो म आ वह।। १
तां म आ वह जातवेदो लक्ष्मीमनपगामिनीम्।
यस्यां हिरण्यं विन्देयं गामश्चं पुरुषानहम्।। २
अश्वपूर्वां रथमध्यां हस्तिनादप्रमोदिनीम् ।
श्रीयंदेवीमुप ह्वये श्रीर्मा देवी जुषताम्। ३
कां सोस्मितां हिरण्यप्राकारामद्रां ज्वलन्तीं तृप्तां तर्पयन्तिम् ।
पद्मेस्थितां पद्मवर्णां तामिहोप ह्वये श्रियम्।। ४
चन्द्रां प्रभासां यशसा ज्वलन्तीं श्रीयंलोके देवजुष्टामुदाराम् ।
तां पद्मिनीं शरणं प्रपद्ये अलक्ष्मीर्मे नश्यतां त्वां बृणे ।। ५
आदित्यवर्णो तपसोऽधिजातो वनस्पतिस्तववृक्ष्योऽविल्वः ।
तस्यफलानि तपसा नुदन्तु या अन्तरायाश्च वाह्या अलक्ष्मीः।। ६
उपैतु मां देवसखः कीर्तिश्च मणिना सह ।
प्रादुर्भूतोऽस्मि राष्ट्रेऽस्मिन् कीर्तिमृद्धिं ददातुमे ।। ७
क्षुत्पिपासामलां जेष्ठामलक्ष्मीं नाशयाम्यहम् ।
अभूतिमसमृद्धिं च सर्वां निर्गुण मे गृहात् ।। ८
गन्धद्वारां दुराधर्षां नित्यपुष्टां करीषिणीम् ।
ईश्वरीं सर्वभूतानां तामिहोप ह्वये श्रियम् ।। ९
मनसः काममाकूतिं वाच सत्यमशीमहि ।
पशूनां रुपमन्नस्य मयि श्रीः श्रयतां यशः।। १०
कर्दमेन प्रजाभूता मयि सम्भव कर्दम ।
श्रियं वासय मे कुले मातरं पद्ममालिनीम् । ११
आपःसृजन्तु स्निग्धानि चिक्लीत वस मे गृहे ।
नि च देवीं मातरं श्रियं वासय मे कुले।। १२
आर्द्रां पुष्करिणीं पुष्टिं सुवर्णां हेममालिनीम् ।
चन्द्रां हिरण्मयीं लक्ष्मीं जातवेदो म आ वह ।। १३
आद्रां यः कारिणीं यष्टिं सुवर्णां हेममालिनीम् ।
सूर्यां हिरण्मयीं लक्ष्मीं जातवेदो म आ वह ।। १४
ता म आ वह जातवेदो लक्ष्मीमनपगामिनीम् ।
यस्यां हिरण्यं प्रभूतं गावो दास्योऽश्चान् बिन्देहंपुरुषानहम् ।। १५
यःशुचीःप्रयतो भूत्वा जुहुयाज्यमन्वहम्।
सूक्तं पञ्चदशर्चं च श्रीकामःसततं जपेत्।। १६
पद्मानने पद्मविपद्यपत्रे पद्मप्रिये पद्मदलायताक्षि ।
विश्वप्रिये विष्णुमनोऽनुकूले त्वत्पादपद्मं मयि सं नि धत्स्व ।। १७
पद्मानने पद्मऊरू पद्माक्षि पद्मसम्भवे ।
तन्मे भजसि पद्माक्षि येन सौख्यं लभाम्यहम् ।। १८
अश्वदायि गोदायि धनदायि महाधने।
धनं मे जुषतां देवी सर्वकामाश्च देहि मे ।। १९
पुत्रपौत्रधनं धान्यं हस्त्यश्वाश्चत्तरी रथम् ।
प्रजानां भवसि माता आयुष्मन्तं करोतु मे।। २०
धनमग्निर्धनं वायुरधनं सूर्योधनं वसुः ।
धनमिन्द्रो वृहस्पतिर्वरुणो धनमश्विना ।। २१
वैनतेय सोमं पिव सोमं पिवतु वृत्रहा ।
सोमं धनस्य सोमिनो मह्यं ददातु सोमिनः ।। २२
न क्रोधो न च मात्सर्यं न लोभो नाशुभा मतिः ।
भवन्ति कृतपुण्यानां भक्या श्रीसूक्तजापिनाम्।। २३
सरसिजनिलये सरोजहस्ते धवलतरांशुकगन्धमाल्यशोभे।
भगवति हरिवल्लभे मनोज्ञे त्रिभुवनकर प्रसीद मह्यम्।। २४
बिष्णुपत्नीं क्षमां देवीं माधवीं माधव प्रियाम् ।।
लक्ष्मीं प्रियसखीं भूमिं नमाम्यच्युतवल्लभाम् ।। २५
महालक्ष्म्यै च विद्महे विष्णुपत्न्यै च धी महि ।
तन्नो लक्ष्मीः प्र चोदयात्।। २६
आनन्दःकर्दमः श्रीदश्चक्लीत इति विश्रुताः ।
ऋषयः श्रियः पुत्राश्च श्रीर्देवीर्देवता मताः।। २७
ऋणरोगादिदारिद्र्यपापक्षुदपमृत्यवः।
भयशोकमनस्तापपक्षुदपमृत्यवः।। २८
श्रीर्वर्चस्वमायुष्ममारोग्यविधाच्छोभमानं महीयते ।
धनं धान्यं पशुं वहुपुत्रलाभं शतसंवत्सरं दीर्घमायुः।। २९
(ऋगवेदोक्तं श्रीसूक्तं सम्पूरणं)

लक्ष्मीको प्रार्थना–

ॐ विश्वरुपस्य भार्यासि पद्मे पद्मालये शुभे ।
महालक्ष्मी नमस्तुभ्यं सुखरात्रिं कुरुष्व मे ।।
वर्षाकाले महाघोरे यन्मया दुष्कृतं कृतम् ।
सुखरात्रि प्रभातेऽद्य तन्मे लक्ष्मी व्यपोहतु ।।
यारात्रिःसर्वभूतानां देवानां सृष्टिसम्भवा ।
आख्याता भूतले देवी सुखरात्रि नमोऽस्तुते ।।
नमस्ते सर्वदेवानां वरदासि हरिप्रिये ।
यागतिस्त्वत्प्रपन्नानां सा मे भूयात्वदर्चनात् ।।
इन्द्र प्रार्थना–
ॐ विचित्रैरावतास्थाय भाष्वत्कुलिशपाणये ।
पौलोभ्यालिङ्गिताङ्गाय सहस्रक्षायते नमः ।।
कुवेर प्रार्थना–
ॐ धनदाय नमस्तुभ्यं निधिपद्माधिपाय च ।
भवन्तु त्वत्प्रसादान्मे धनधान्यादि सम्पदः ।।

यसप्रकार महालक्ष्मीको पूजा अर्चनाका साथ स्वर्गका राजा इन्द्र र धनका अधिपति कुवेरको समेत पूजावन्दना गरिन्छ । रातभर दीपावली गरिन्छ । देउसी भैलो खेल्ने, खेल्न आउनेलाइ मिष्ठान्न,तथा दान दक्षिणा दिने गरिन्छ । यही औंशीको दिन अयोध्याका राजा श्री रामचन्द्र भगवानको राज्या भिषेक भएको खुसीयालीमा त्यहाँ प्रजाहरूले त्यस दिन घर घरमा गै “देउसीराम” अर्थात् हाम्रा राजा देउता हुन् भनेको शब्द अपभ्रंश भएर देउसीे भएको हो भन्ने पनि मान्यता छ । यसै दिन सागरबाट लक्ष्मीजी र धन्वन्तरीको प्रादुर्भाव भएको भनेर यसै दिन असुरराज महावली हिरण्य कशिपुलाई भगवान बिष्णुले वध गर्नु भएको भन्ने पौराणिक कथनहरू पनि पाइन्छन् । संयोगले नेपाली साहित्य जगतका सम्राट महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म पनि यसै दिन हुन गएको देखिन्छ ।

गाई तिहार

गोभिर्विप्रैश्च वेदैश्च सतीभिःसत्यवादिभिः ।
अलुब्धैर्दानशीलैश्च सप्तभिर्धार्यते मही ।।

अर्थात् गाई, ब्राह्मण,वेद, सतीस्त्री (पतिव्रता नारी) सत्यवादी, निर्लोभी तथा दानशील यी ७ वस्तुहरू पृथ्वीलाई धन्ने आधार स्तम्भ हुन् अर्थात् यिनकै आधारमा पृथ्वी टिकेकी छिन् । कार्तिक शुक्ल प्रतिपदाको दिन गाई, गोरु, गोवर्धन पातालका राजा वलीको पूजा पनि गरिन्छ ।

अव गाई गोरुको किन पूजा गरिने गरेको छ ? यसबारे केही पौराणिक तथ्यहरू र वैज्ञानिक आधारहरू के रहेका छन् ? तिनको पनि छोटो चर्चा निम्नानुसार गरिएको छ–

सर्वप्रथम गाइ के हुन् ? वैदिक सनातन धर्मअनुसार गाईमा १४ भुवन र ३३ कोटि देवताहरूले बास गर्छन भनेका पाइन्छ । कोटिभन्दा करोड पनि हुन्छ र प्रकार पनि हुन्छ यहाँ कोटिको अर्थ प्रकार भनिएको हो जसअनुसार द्वादशदित्य, एकादशरुद्र, अष्टवसु र दुई अश्विनी कुमार गरी जम्मा ३३ देवताहरू निवास गर्छन् भनिएको छ । ऋग्वेदले गाईलाई अधन्या भनेको छ, यजुर्वेदले गाईलाई अनुपमेय भनेको छ भने अथर्ववेदले सम्पत्तिहरूको घर भनेको छ । पौराणिक मान्यता वा श्रुतिशास्त्रहरूका अनुसार साक्षात्विष्णुरुपा हुन् भनिएको छ । गाई सर्व वेदमयी र वेद गौमय भनिएको छ । भगवान् श्रीकृष्णलाई सारा ज्ञान गोचरबाट नै प्राप्त भएको थियो । नेपालमा पाइने यी स्थानीय गाई स्वर्गमा रहेकी कामधेनु गाई कै सन्तानहरू भएका मानिन्छ । यो गोवंशलाई हिन्दूधर्मले विश्वकी जननीका रुपमा मानेको छ । जस्तै “गाव विश्वस्य मातरं” अर्थात् गाई विश्वकी माता हुन् । यी गाई जो हामी कहाँ अहिले पनि छन् । यिनका वंशका पूर्वज कामधेनुले स्वर्गका देवताहरूले चाहेको कुरा उपलब्ध गराई दिन्थिन् । उनकी पुत्री नन्दिनीलाइ गुरु वशिष्ठले पाल्नु भएको थियो । उनले पनि जतिवेला जे चाह्यो त्यही कुरा दिन्थिन् । एक दिन राजर्षि विश्वामित्र १००० सैनिक र घोडा रथ समेत लिएर भ्रमणमा जाँदा बेलुका गुरु वशिष्ठ कहाँ बास बस्न पुगेछन् । ब्रह्मर्षि वशिष्ठ बस्ने एउटा सानो आश्रम १०÷१५जना उनका शिष्यहरू र गोठमा एउटी नन्दिनी नाम गरेकी गाई थिइन् । बेलुका विश्वामित्र सेनामेना सहित बास बस्न पुगे । शिष्यहरू पनि आत्तिए । अरुन्धती पनि आत्तिइन । गुरुले विश्वामित्रलाई भन्नुभयो– “राजर्षि एकै छिन आराम गर्नुहोस् । सवैको खाने बस्ने सुविधा हुन्छ ” भनेर नन्दिनी गाईको पछाडि गएर बिन्ती गर्नुभयो । नन्दिनीले सबैको खाने बस्ने सारा प्रवन्ध मिलाई दिनुभयो । यस घटनाबाट विश्वामित्रले अनुमान लगाए । यो पक्कै यिनै गाईको कमाल हो । उनले वशिष्ठसँग गएर यी गाई मलाई दिनुहोस् भने । गुरुले ईन्कार गर्नुभयो ।

अन्तमा नन्दिनीलाई जवर्जस्ती लुटेर लान भनेर आक्रमण गरे वशिष्ठले फेरि उनै गाईलाइ बिन्ती गर्नुभयो । बिन्ती गर्नासाथ उनका गोबरवाट २ हजार सेना खडा भएर विश्वामित्र र उनका सेनालाइ लगारे । यस्तै अयोध्याका राजा श्री रामचन्द्रका पूर्वज राजा दिलीप महाराजका कुनै सन्तान हुन सकेनन् । राजालाइ धेरै चिन्ता परेर गुरु वशिष्ठका समिपमा गएर चिन्ता व्यक्त गर्नुभयो । वशिष्ठले यिनै नन्दिनी गाईको निष्ठापूर्वक सेवा गर्नु, नन्दिनीबाट पुत्रलाभको वर मिल्नेछ भनेर आदेश दिनु भएअनुसार सूर्यवंशी राजा दिलीपले नन्दिनीलाइ खुवाउने पियाउने, नन्दिनीलाई चराउन लिएर जाने, ल्याउने घाँस काटेर दिने गोबर फाल्ने नन्दिनी सुत्दा सुत्ने, उठ्दा उठ्ने गरेर सेवा गरेका थिए । एक दिन नन्दिनीलाई चराउन लिएर जाँदा नन्दिनी चर्दै एउटा पहाडको घाँटीमा पुगिन् ।

राजाले यसो पहाडको दृश्य हेर्न लागे । त्यही बेलामा एउटा सिंह आएर गाईको गर्धन समाएर दाह्रा गाड्न लाग्यो । गाई कराइन् । राजाले वाण चलाउन खोजे तर हात चलेन । राजाले सिंहलाई बिन्ती गरे “हे सिहं यिनलाई छोडिदेऊ भने ।” सिंहले मानवकै आवाजमा भन्यो यो मेरो आहारा कसरी दिऊँ ? भन्दा राजाले भने “यिनको बदलामा मलाई खाएर पेट भर “भनेर राजा सिंहको अगाडि नतमस्तक भएर बसे । त्यसको केही बेरमा नन्दिनीले राजालाई भनिन्– “उठ्नुहोस् राजन सिंह छैन मैले तपाईँको परीक्षा लिएकी थिएँ । पास हुनुभयो अब गएर वशिष्ठलाइ भेट्नुहोस ।” उहाँले जे भन्नु हुन्छ त्यसै गर्नु । राजा बेलुका आएर सवै घटना गुरुलाई सुनाउनुभयो । गुरुले भन्नुभयो– “राजन् नन्दिनीको आजको दुध दुहेर खिर बनाएर दुबै पति पत्नीले खानु प्रतापी पुत्रको प्राप्ति हुनेछ ।” राजाले दुध दुहेर खिर बनाई देवी देवता मनुष्य ऋषिगण सबैलाई तृप्ति गराई प्रसादको रुपमा अन्तमा राजारानीले ग्रहण गरे । त्यसको ९ महिनापछि महाप्रतापी रघुको जन्म भयो । यो कथा कालीदासको “रघुवंशमहाकाव्य” मा रहेको छ ।

भगवानश्री कृष्ण र गाईको सम्बन्ध–
भगवान श्रीकृष्णको जन्म मात्रै मथुरा स्थित कंशको कारागारभित्र भयो बाँकी बाल्यकाल पुरै नन्दबाबाको घर गोकुलमा भयो । उहाँले गाई कै दुध मखन घिउ खानुभयो । गाई चराउनुभयो । हरदम गाई कै साथमा रहनुभयो उहाँले गाईलाई आमा नै भन्नु भएको छ । प्रसङ्ग दीपावलीको ८ दिनपछि आउने कार्तिशुक्ल अष्टमी जसलाई गोपाष्टमी भनिन्छ । यस दिनदेखि कृष्णले गाई चराउन जान थाल्नुभयो । कृष्णले गाई चराउन जान्छु भनेर यशोदासँग भन्दा यशोदाले भन्छिन्– “बाबु तिमी सानो छौ । वनमा जङ्गली जनावर हुन्छन् । काँडा हुन्छन् ।” धेरै जिद्दी गरेपछि जाने आदेश दिन्छिन् । खुट्टामा जुत्ता लगाएर जाउभन्दा भगवान् भन्नुहुन्छ –“मैया जसरी तपाईँ मेरी आमा हुनुहुन्छ त्यसै गरी यी गौ पनि मेरी माता हुन् ।” उनले जुत्ता खराउ लगाएकी छैनन् । मैले कसरी खराउ लगाउने ? यस्तो पनि हुन्छ र ? भन्नुभयो । त्यति बेला कृष्णको उमेर जम्मा ६ वर्षको मात्र थियो ।

यस्तै अर्को प्रसंग (गोकुलबासी यादवहरूले हरेक वर्ष सालमा एक पटक वर्षाका देवता भनी इन्द्रको पूजा गर्दै आएका थिए । त्यसैलाई निरन्तरता दिँदै यही कार्तिक शुक्ल पक्षको प्रतिपदाको दिन इन्द्रको पूजा गर्ने निधो गरी त्यसमा हुने खर्च तथा जुटाउन पर्ने सामाग्रीका लागि मानिसहरूलाई खटाइएको थियो । यो कुरा भगवान श्रीकृष्णलाई थाहा भयो । श्रीमद्भागवत दशम् स्कन्धका यी निम्न श्लोकहरूमा आफ्ना पिता नन्दबाबासित भन्नुहुन्छ

–देहानुच्चावचाञ्जन्तुः प्रायोत्सृजति कर्मणा ।
शत्रुर्मित्रमुदासीनः कर्मैव गुरुरीश्वरः ।। १७
तस्मात् सम्पूज्यते कर्म स्वभावस्थःस्वकर्मकृत् ।
अञ्जसा येन वर्तेत तदेवास्य हि दैवतम् ।। १८
आजिव्यैकतरं भावं यस्त्वन्यमुपजीवति ।
न तस्मात् विन्दतेक्षेमं जार्यं नार्यसती यथा ।। १९

पिताजी, जीव आफ्नो कर्मकअनुसार नै उत्तम तथा अधम शरीर ग्रहण गर्छ । छोड्छ । उसले आफ्नो कर्मअनुसार कसैलाई आफ्नो शत्रु वा मित्र बनाउँछ । के भनौं कर्म नै गुरु हो कर्म नै ईश्वर हो । यसकारण मनुष्यले उसको आफ्नो पूर्व संस्कारअनुसार आफ्नो वर्ण तथा आश्रमको धर्मपालन गर्दै आफ्नो जुन कर्म हो त्यसलाई नै आदर गरोस् । जुनवृत्तिद्वारा मनुष्यको जीविका सरलतापूर्वक चल्न सक्छ । उसको इष्टदेव त्यही हो । जसरी आफ्नो विवाहित पतिलाई छोडेर जारपतिसँग जाने व्यभिचारणी स्त्रीले कहिल्यै शान्ति पाउन सक्दिन त्यसरी नै जो मनुष्य आफ्नो आजीविका चलाउने देवता (पेशा)लाई छोडेर अर्कोको उपासना गर्छन् । तिनलाई कहिल्यै सुख हुँदैन ।भगवान अगाडि भन्नुहुन्छ–

न नःपुरो जनपदा नग्रामा न गृहा वयम् ।
नित्यं वनौकसस्तात वनशैल निवासिनः ।। २४
तस्मात् गवां ब्राह्मणानमद्रेश्चारभ्यतांमखः ।
य इन्द्रयागसम्भारास्तैरयं साध्तां मखः।। २५
पच्यतां विविधाःपाकाःसूयन्ताःपायसादयः
सयाचा पूप शष्कूल्यःसर्वदोहश्च गृह्यताम् ।। २६
हूयन्तामग्नयःसम्यग् ब्राह्मणैर्ब्रह्मवादिभिः ।
अन्नं वहुविधं तेभ्यो देयं यो धेनुदक्षिणाः ।।

भगवान् भन्नुहुन्छ– न त हामीसँग कुनै देशको राज्य छ, न सहर नै छ । न गाउँ न राम्रो घर छ । हामीसँग केबल यी गाईहरू छन् । यिनलाई घांस दिने गिरिराज छन् । गाईले दुध, दही, घिउ, मखन दिन्छिन् । यिनको मलमूत्रबाट खेतमा अन्न उब्जन्छन् । घिउ चामलवाट हविष्यान्न बन्छ । त्यसलाई ब्राह्मणहरूले अग्निमा हवन गर्दा जलवायु परिवर्तन हुन्छ । त्यसले वर्षा हुन्छ । हाम्रो भोक प्यास मेटाउने यिनै गाई, गोरुले खेत जोत्छन् । बोझा बोक्छन् । त्यसकारण हाम्रो आजीविका चलाउने हाम्रा इष्टदेव यिनलाई पहिले पूजा गर्नुपर्छ । गाई ब्राह्मण तथा गिरिराजको पूजा गर्नलाई त्यही इन्द्रको पूजा गर्न ल्याएको सामानले हुन्छ । बाँकी यस दिन जजसको घरमा दुध घिउ जति हुन्छ त्यो सबै ल्याउने, गिरिराज तथा गो ब्राह्मणलाई पूजागरी मिष्ठान्न, दक्षिणा, हरियो घाँस दिई प्रसन्न गराउनुपर्छ ।

ब्राह्मणहरूद्वारा गायन गरिने स्वस्ति वाचन सहित गाईलाई अघि लगाएर सबै बाजागाजाका साथ गिरिराजको परिक्रमा गनुपर्ने बताउनुभयो । गोपालहरूले त्यसै गरे ।

भगवानले भन्नु भए जस्तै हामी नेपालीहरु संग ठूला उद्योग कारखाना,पेट्रोल खानी, कोइला खानी सुन चांदी हिरा खानी केही छैनन् हामी संग प्रकृतिले दिएको जल जमिन जंगल छ त्यसमा प्रकृतिलेनै दिएकी कामधेनुगाइका सन्तान गौमाता छन् यी सवै एक अर्काका पूरक हुन् इ मध्ये कुनै एकको अभावमा वांकी पनि अधुरै रहन्छन् । यिनै वाट हाम्रा पूर्वजहरुको ीविका चल्दै आयो र हाम्रो पनि चल्छ। यिनमा गुण धर्म मिल्छ ,यिनैको संयोजन वाट गुणात्मक कृषिवाली उब्जाउ हन सक्छ। पृथ्वी संग न युरीया मलको मेल खान्छ न टैक्टरको ! के यी नेपालमा वन्छन्? हामीहरुले आयतीत जहरीलो मल, टैक्टको पछि लागेर आंफुसंग भैरहेका गुणस्तरीय वस्तुलाइ विर्सेर अरुको देखासी गरेर हिडेर हुन्न ,अरुवाट पाइने भनेको कुरा उधारोहो त्यसकोठेगानाछैन त्यसैले आंफुसंग जेछन् तीनै हाम्रा इष्टदेवहुन् तिनैको पूजागरौं हाम्रा इष्टदेव गाइ ,गोरु जंगल जमीन र जल हुन्।नीतिमा भनेको पनि छ ।

यो ध्रुवाणि परित्यज्य अध्रुवं परिसेवते ।
ध्रुवाणि तस्य नश्यन्ति अध्रुवं नष्टमेव हि।।

“अरुको भाग ठूलो देखेर आंफुसंग भएको छोडेर हिड्यो भने आफुसंग भएकोत नाश भैहाल्यो अरुवाट पाउने कुरा भनेकोत नाश भए सरहनै हो।
सामाजिक, धार्मिक एवं सांस्कृतिक हिसावले गाइको महत्व–
गाईसँग मनुष्यको सुरुदेखि अन्तसम्म अविछिन्नरुपले सम्बन्ध स्थापित हुँदै आइरहेको छ । मनुष्य जीवन जब सुरु हुन्छ उसलाई गाईको दुधको आवश्यकता पर्छ । त्यो आवश्यकता गाईबाट पूर्ति हुन्छ । हाम्रा सोह्र संस्कारमा बताइएअनुसार गर्ने हो भने सबै संस्कारहरूमा गाईदान नगरी पूर्ण हुँदैनन् । त्यसबाहेक गाईका द्रव्यबाट निर्मित हुने (गोमूत्र, गोवर, दूध, दही, घ्यू) यति चिजबाट बन्ने पञ्च गव्यले जसरी अग्निले इन्धन (दाउरा )जलाएर भष्म गरिदिन्छ तेसै गरी पञ्चगव्य पिउनाले मनुष्यका सम्पूर्ण पापहरूलाई नाश गरिदिने बताएको पाइन्छ । (यहां उल्लेख भएको पाप शब्दको अर्थ मनुष्यका शरीर भित्रका घातक किटाणुहरुलाइ पनि लिन सकिन्छ किन भने शाश्त्रहरुले घात हुने कुरालाइ पनि पाप भनिेकाछन्।)

जस्तै–

यस्त्वगस्थिगतं पापं देहे तिष्ठति मामके ।
प्राशनं पञ्चगव्यस्य दहत्वग्निरिवेन्धनम् ।।

यस्तै गोरसबाट नै पञ्चामृत बनेको हुन्छ जुन सबै देवी देवताहरूलाई भोग लगाइन्छ । हरेक ठाउँमा शुद्धीकरण गर्न गाईको गोबरले लिपपोत गरी गोमूत्र छर्केर शुद्ध बनाइन्छ । कन्यादान गर्दा गोदान गरिएन भने कन्यादान पूर्ण हुँदैन भनिएको छ । अन्येष्टि कर्म गर्दा त गाईको गहुँत दसौं पटक खानुपर्छ (शुद्ध हुने दिनलाइ गहुँत खाने दिन भनिन्छ) र गाईलाई ११ दिनको दिन गाईलाई छोएर कर्मगरी १२ औं दिनमा गौदान गरेर पूर्ण शुद्धि हुन्छ नत्र हुंदैन गरुडपुराणका अनुसार वैतरणी नदी (भवसागर) पार गर्न गाईको पुच्छर समातेर मात्रै पार हुन सकिन्छ । यसबाहेक अन्य उपाय छैन । श्राद्ध कर्ममा पनि गाईकै दुधमा पकाएर दिएको पिण्डले पितृहरू तृप्त हुने बताइएको छ । गाईसित सम्बन्धित व्रत उपवासमा गोपदव्य व्रत गर्नाले सुख, सम्पत्ति, पुत्र, पौत्र प्राप्ति हुन्छ । गोवत्स द्वादशीको व्रत गर्नाले मनोकामना पूर्ति हुन्छ । गोवद्र्धनपूजा व्रत बस्नाले सुख सौभाग्य वृद्धि तथा मोक्ष प्राप्ति हुन्छ । गोपाष्टमी व्रत बस्नाले सुख सौभाग्य तथा पयो व्रत (१२ दिन सम्म गाईको दुध मात्र सेवन गरेर भक्ति निष्ठापूर्व) व्रत बस्नाले सुयोग्य सन्तानको प्राप्ति हुने बताइएको छ ।

अव गाईको सम्बन्धमा महापुरुषहरूले के के भने त्यो पनि अवलोकन गरौं– स्कन्धपुराणमा बताइएअनुसार गाई सर्व देवमयी र वेद स्वगौमय हुन् । भगवान् श्रीकृष्णले गीतामा “धेनुनामस्मि कामधुक्“ भनेर कामधेनु गाई नै म हुँ भन्नुभयो ।

इशाममशीहले भन्नुभयो– “यौटा गाई वा गोरुलाई मार्नु भनेको एक मनुष्यलाई मारेभन्दा ठुलो अपराध मान्नुपर्छ ।” भारतका स्वतन्त्रता सेनानी बाल गंगाघर तिलकले भन्नु भएको थियो– “बरु मलाई मार तर गाई उपर हात नचलाऊ ।” प्रसिद्ध मुस्लिम सन्त रसखानको इच्छा थियो कि “यदि पशुको रुपमा फेरि जन्म हुन्छ भने मेरो जन्म गाईको योनीमा होस् किन कि गाईले कुनै हिंसा गर्दिनन्, पृथ्वीलेझैं मानिसले जतिसुकै अत्याचार गरे पनि सहेर उसको हर प्रकारले रक्षा गरिरहेकी हुन्छिन्। पं मदनमोहन मालवीय (वी एच् यु का संस्थापक) ले भन्नु भएको थियो कि– “भारतको संविधानको पहिलो पृष्ठमा गौ हिंसा पूर्णरुपले बन्द गर्ने प्रावधान राखियोस, किनभने यदि हामीले गाईको रक्षा गरियो भने गाईले हाम्रो रक्षा गर्छिन् ।” यस्तै महर्षि अरविन्दले भन्नु भएको थियो– “गाई धर्म, अर्थ, काम र मोक्षकी धातृ हुनाले उनी कामधेनु हुन् । यिनको अनिष्ट चिन्तन नै आफ्नो नाश गर्नु हो ।

भगवान् बुद्धलाई गाईका सेवक सदारकी छोरी सुजाताले पकाएर ल्याएको गाईको दुधमा बनेको खिर खाएपछि बुद्धत्व प्राप्त भयो । मुक्तिको मार्ग मिल्यो । भगवान् बुद्ध गाईलाई मनुष्यको परम् मित्र भन्नु हुन्थ्यो । भगवान महावीर जैन धर्मका प्रवर्तककाअनुसार गौ रक्षाबिना मानव रक्षा सम्भव छैन । स्वामी दयानन्द सरस्वती भन्नु हुन्छ– “एउटी गाईले आफ्नो जीवनकाल भरिमा ४,१०,४४० मनुष्यको लागि एक समयको भोजन जुटाउँँछिन् । जब कि यिनै एउटी गाईको मासुले ८० जना मांसाहारी व्यक्तिहरूको पेट भरिएला, यस्तै महात्मा गान्धीले भन्नु हुन्थ्यो “गाईको रक्षा सारा सृष्टिको रक्षा हो । भारतको सारा सुख समृद्धि गाईसित जोडिएको छ । गाई प्रसन्नता तथा उन्नतिकी जननी हुन् । गाई सबै प्रकारले आफ्नी आमाभन्दा पनि श्रेष्ठ हुन् ।

गाईको वैज्ञानिक पक्ष–
मानव जीवन त्यसमा पनि गृहस्थाश्रम जो सबै आश्रमम श्रेष्ठ मानिन्छ । त्यसको लागि अति महत्वपूर्ण मानिने हुनाले गाई तथा, गोरुको पूजा गरिन्छ र रुचिकर आहारा दिइन्छ । जस्तैः गाईबाट प्राप्त हुने दुध, दही, घिउ, गोबर र गोमूत्र सवै पवित्र एवं गुणकारी छन् । जस्तै खेतीपातीको लागि ,गोबरमा उर्वराशक्ति भएकोले खेती राम्रो हुन्छ । दुध, घिउ, पौष्टिक हुनुका साथै यज्ञको लागि हविष्यान्नकासाथगोधृत द्वारा हवन गरिन्छ । देवताहरूको लागि पनि प्रियकर हुन्छ । यज्ञद्वारा पानी वर्षन्छ । पानी परेपछि अन्न उब्जन्छ । (यज्ञात्भवति पर्जन्य,पर्जन्यातद्दन्नसंभव गीता) आदि अनेकौं गुणहरू छन् । वैज्ञानिकहरू बताउँछन कि गाईको पीठमा रहेको रिडको हड्डीमा रहेको सूर्यकेतु स्नायुले हानिकारक विकिरणहरूलाई रोकेर वातावरणलाई स्वच्छ वनाउँछन् ।

यो पर्यावरणको लागि लाभदायकछ । गाईको रिडको हड्डी स्थित सूर्यकेतु, नाडी, सर्वरोग नाशक र सर्व विष नाशक हुन्छ । सूर्य, केतु, नाडी सूर्यको सम्पर्कमा आउँदा गाईको शरीरमा एक किसीमको पहेलो पदार्थ उत्पन्न हुन्छ । त्यही पदार्थ गाईको शरीरवाट निस्कने गोमूत्र, गोमय, गोदूग्धमा मिसिएर निस्कन्छ । त्यो सेवन गर्ने व्यक्तिको शरीरमा जान्छ ।

त्यसले सूर्यका विकिरणलगायत सम्पूर्ण हानिकारक जीवाणुहरूलाई नष्ट गरी दिन्छ । गाई एक यस्तो प्राणी हो जसले अक्सिजन ग्रहण गरेर अक्सिजन नै छोड्छ । जब कि मनुष्यसहित सबै प्राणीहरूले अक्सिजन पिएर कार्बनडाइअक्साइड छोड्छन् ।

वनस्पति÷विरुवाहरू ठिक यसको विपरीत कार्बनडाइअक्साइड पिएर अक्सिजन छोड्छन् । वैज्ञानिक भन्छन् –“स्थानीय गाईको एक ग्राम गोवरमा ३०० करोड जीवाणु हुन्छन् ।” रुसमा गाईको घिउबाट हवन गर्दा के हुन्छ भनेर प्रयोग गरियो १ तोला (१० ग्राम) गाईको घिउबाट हवन गर्दा एक टन अक्सिजन उत्पादन भएको निष्कर्ष निकालियो । कृषिवैज्ञानिकहरू भन्छन्– खेतीको लागि गाईको गोबर अमृत समान छ ।

खेतीबालीमा लाग्ने हानिकारक किटाणुहरूलाई गाईको गोबर, गोमूत्र निमको पात, धतुरो आँक आदिका पत्ताहरूबाट बनाएको किटनाशक औषधीबाट किराहरू मार्न सकिन्थ्यो । प्रयोगमा त्यही थियो । मलको रुपमा गाई गोरुको मलमूत्रमा तिते पाती असुरो आदि मिश्रित गरेर मल बनाइन्थ्यो । गाइको गोवरको गुईंठा वनाएर इन्धनको रुपमा प्रयोग गरी‌न्थ्यो ,लांखुट्टे भुसुना किरा आदिभगाउन गोवरको गुइठा वालेर धपान्थ्यो ।यी सबैले मलको रुपमा र किटनाशक औषधीको रुपमा काम गर्थे र यस क्षेत्रको जमीनलाई सस्यश्यामला (मेरेदेसकी धरती सोना उगले उगले हिरेमती) भारतमा गाइन्थ्यो भने नेपालले त्यो बेला धान चामल निर्यात गर्दथ्यो । ऐले खै? खेती बालीमा घरेलु मलखाद तथा किटनाशक औषधी छर्कँँदा कुनै त्यस्ता क्यान्सर जस्ता घातक बिरामी र कृषिमा लाग्ने फौजी किरा जस्ता बाली नष्ट गर्ने किराहरू पनि स्रोत मै नाश हुन्थे । कतिसम्म भन्ने अहिले पाश्चात्य वैज्ञानिकहरू रासायनिक मल र रासायनिक किटनाशक औषधीबाट वाक्क दिक्क भएर गाईबाट पाइने तत्व, गोमूत्र, गोमय (गोवर) गोदूग्ध, दही र गाई कै घिउबाट निर्मित हुने पञ्चगव्यको धमाधम प्रयोग गर्दैछन् ।

क्यान्सर जस्ता घातक रोगको औषधी यिनै स्थानीय गाइँको गहँुंतबाट बनिरहेका छन् । यिनैबाट विभिन्न रोगको उपचार गर्ने औषधालयहरू समेत खोलेर रोगको निदान हुँदै आएको छ । भारत मै पनि त्यस्या अस्पताल छन् । त्यसैले गर्दा गाई तथा गोरुको पूजन हुने गरेको छ ।

अब गौ पूजनसम्बन्धी विधि–
जौ, तिल, कुश, चन्दन, अक्षता, फूलमाला, आदि सामग्रीले सवत्साभ्यो गोभ्यो (बाच्छा बाच्छी सहितकी गाई)लाई षोडशोपचार विधिले पूजा गर्ने, गाईका चारै खुर, सिङ्ग, पुच्छर गाईको पृष्ठभाग तथा सबै अंगहरूमा पूजा गरी

गाइलाई प्रार्थना गर्ने । प्रार्थना गर्ने मन्त्र–

ॐगवामङ्गेषुतिष्ठन्तिभुवनानिचतुर्दश ।
यस्मात्तस्माच्छिवं मेऽस्तु इहलोकेपरत्र च ।।
लक्छ्मीर्यालोक पालाना धेनुरुपेणसंस्थिता ।
घृतंवहति यग्यार्थे मम पापं व्यपोहतु ।
अग्रतः सन्तुमे गावो गावोमे सन्तुपृष्ठतः ।
गावोमे हृदयककसन्तु गवामध्ये वसाम्यहं ।।

हे गौ माता, हजुरका अङ्गमा चौधै भुवन स्थित छन् त्यसकारण जसरी हुन्छ मेरो इहलोक र परलोक दुबै कल्याणकारी बनोस् ।

गाईलाई गोग्रास दिने मन्त्र–

(ओंसौरभेय्यः सर्वहिताःपवित्रा पुण्यराशयः ।
प्रतिगृह्णान्त्विमं ग्रासं गावस्त्रैलोक्यमातरः ।।

हे सबैको हित चाहने पवित्र र पुण्यदायनी त्रैलोक्यकी माता गौमाता?मैले दिएको गौग्रास ग्रहण गरी मेरो रक्षा गर्नुहोस् । हे धेनु रुपि माता ! हजुरले नै यज्ञको लागि घिउ दिनुहुन्छ । भगवान्का अगाडि पछाडि र हृदयमा हजुर नै बस्नुहुन्छ । यस्ति पवित्रताकी मूर्ति मेरा सवै पाप हरण गर्नुहोस् ।

,गोरुपूजा तथा गोवर्धनपूजा –

यी पूजाहरु पनि प्रतिपदाकै दिन गरीन्छन्।
गोरुको पूजा गर्दा गाइको पूजाकै सामाग्रीले जसरी गाइलाइ लक्ष्मीकोरुपमा पूजागरीन्छ त्यसरीनै गोरुलाइ धर्मको रुपमा पूजा गरीन्छ। गोरु धर्मकैअवतार वा भगवानकै रुपमा पूजागरीन्छ। केवल गोरुको पुच्छरले मार्जन गरिन्न र खुट्टा पूजिन्न नत्र अरुवै गाइ सरहनै पूजागरीन्छ। गोरज धर्मकै रुपमा साक्ष्यात् भगवान विष्णुहुन भन्ने कुरा स्वयं भगवानले श्रीमद्भागवतको एकादशस्कन्धमा भन्नु भएकोछ(सत्य युगमा म धर्मरुपमा चारखुट्टावाला गोरु थिएं। ती मेरा चार खुट्टामा तप,शौच,दया र सत्य यति चार खुट्टामा सत्ययुगमै तप काट्टीयो, त्रेताम शौच (पवित्रता) काट्टीयो द्वापरमा दया काट्टीएर ,कलियुगमा आंउंदा यौटा सत्यवाकीरहेको हुनेछ त्यसलाइ पनि कलियुगले काट्ने वल गर्नेछ भन्नु भएकोछ । यस्तै भागवतको प्रथमस्कन्धको अध्याय17मा पृथ्वीरुपि गाइ,धर्मरुपि गोरु तथा नररुपमा रहेको कलियुग संग पाण्डुवंशीय राजा परीक्षितको संवादका क्रममा परीक्षितले (तीन खुट्टा काट्टीएको र यौटाखुट्टा पनि कलिले काटनलागेको गोरुरुप धर्मलाइ )परीक्षित महाराजले सम्वोधन गर्दै भन्नु हुन्छ-

तप:शौचे दया सत्य मितिपादा:कृते कृता।
अधर्म शैस्त्रयो भग्ना:स्मयसङ्गमदैस्तव। 24
धर्मं ब्रव्रीषि धर्मज्ञ धर्मोषि वृषरुपधृक।
यदधर्म कृतं स्थानं सूचकस्यापि तद्भवेत्।।

अर्थात् यहां धर्मज्ञ परीक्षितजीले गाइको रुपमा रहेकी पृथ्वी र गोरुको रुपमा रहेका स्वयं भगवान (धर्म)लाइ चिन्छन् र भन्छन् हजुर स्वयं धर्मरुप वृषभ हुनु हुन्छ हजुरका सत्ययुगमा चारखुट्टा तप ,पवित्रता, दया, र सत्य गरी चार थिए ती मध्ये वांकीरहेको यौट सत्यलाइ पनि यो कलिले काट्न लागेकोछ ।यसलाइ मैले तहलगाउंछु भन्छन। यहां भन्न खोजेको गोरु स्वयं भगवान् ,इष्टदेव हुन् वैज्ञानिक हिसावले पनि कृषिको लागि पनि गोरुको मलमूत्र अत्यन्त उपयोगी ,गोरुले जोतेर कृषको ठूलो उपकार गर्छन त्यसैले गोरुपनि पूज्य छन् वन्दनीयछन यिनको पूजा हुने गरेकोछ। आजको दिन वर्षाभरी हलोजोतेर थाकेका गोरुबरुलाइ
विश्राम गरेर बस्ने मौका दिइ गोरु एवम् बाच्छाबाच्छीहरूको पूजा गरी आहारा दिने गरिन्छ ।

गोवर्धनपूजा।
गाईको गोठमा गोमयको गोवर्धनपर्वत बनाई पूजा गरिन्छ । यसका लागि निम्न मन्त्रको प्रयोग (गोपालमूर्ते विश्वेश शक्रोत्सव विभेदक ।

गोवर्धन कृतच्छत्र पूजां मे हरगोपते।
गोवर्धनधराधार गोकुल त्राणकारक ।
विष्णुवाहुकृतछाय गवां कोटिप्रदोभव ।।

यस मन्त्रले गोपाल (कृष्ण) तथा गोवद्र्धनको पूजा गरी राम्रा प्रकारका नैवेद्य महाप्रसादका रुपमा चढाउनु र कुश वा वावियाको तोरण बाटी पूजा गरी पूर्व दिशा वा आफ्नो मार्गका दायाँ बायाँ टाँगी प्रार्थना गर्ने । जसमा प्रयोग गरिने मन्त्र–

(मार्गपालि नमस्तेतु सर्वलोक सुख प्रदे।
वर्धयैःपुत्रदाराद्यैःपुनरेहि व्रतस्य मे।।)

सब लोकलाई सुख दिने हे मार्ग पाली तपाईँलाई नमस्कार छ ।

(वली पूजा)
प्रतिपदाको दिन राजाले पाँच रङ्गले द्विवाहु (दुई हात भएको) वलीको तस्वीर बनाई र प्रजाले चांवलको सेतो वलीको मूर्ति बनाई पूजा गर्नुपर्छ । जसका लागि निम्न मन्त्रोच्चारण गर्ने–

(वलीराज नमस्तुभ्यं विरोचन सुतप्रभो
भविष्येन्द्र सुराराते पूजेयां प्रतिगृह्यताम् ।।

भविष्यमा इन्द्रपद प्राप्त गर्ने वाला हे विरोचन पुत्र वली महाराज ! हाम्रो पूजा ग्रहण गर्नुहोस् हजुरलाई नमस्कार छ । वलीको नामबाट गरिएको पूजा, दान सिधै भगवान्लाई प्राप्त हुुन्छ । अक्षय फल मिल्छ भन्ने शास्त्रीय कथन छ । साथै यमपञ्चकभरि पाताल लोकका राजा वली मत्र्यलोकमा आएर राज्य गर्छन् । वलीको राज्यमा लक्ष्मी सदास्थिर भएर रहन्छिन् । वलीको राजमा दीपावली नगर्ने मानिसहरू दरिद्रताको शिकार बन्नुपर्छ र दीपहरू जलाई झिलीमिली पार्ने मनुष्य कहाँ लक्ष्मी स्थिर रहने मानिन्छ । देउसी भैलो पनि यसै सन्दर्भमा आएको हो तिनलाई दान गर्नाले अक्षय फल मिल्ने कुरा उल्लेख गरेको पाइन्छ ।

(यम द्वितीया (भाइटिका) 
कार्तिक महात्म्यअन्तर्गत नारद युधिष्ठिर संवादमा कार्तिक शुक्ल द्वितीयाको दिन दिदीबहिनी हुने दाजुभाइले आफ्नो घरमा नखाने दिदीबहिनीको हातबाट बनेको भोजन गर्ने र दिदीबहिनीले दाजुभाइको पूजा गरी सप्तरङ्गी टिका लगाई आयु आरोग्य एवं सन्तानको वृद्धि होस् भनी यमराजको पूजा गर्नुपर्छ । साथै अष्ट चिरञ्जीवीहरू अश्वत्थामा, वली, व्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुरा र मार्कणेडेय यी अष्ट चिञ्जीवीहरूको पूजा गर्नुपर्छ । अष्ट प्रसाद चिरन्जीविहरुलाइ चढाई भाइलाई दुबोेको वा सयपत्रीको मालाका साथै सप्तरंगी टिका लगाई यसरी प्रार्थना गरिन्छ । जवसम्म सूर्य, चन्द्र, पृथ्वी समुद्र, वेद, पुराण, तप, सत्य, ब्रह्मा, विष्णु, महेश्वर, देवता, मुनि धर्म यी सबैले मेरा भाइको रक्षा गर्नुहोस् । जवसम्म पृथ्वी सूर्यादि स्थित छन् तबसम्म भाइका सन्ततिहरू चलिरहून् भनी प्रार्थना गरी दाजुभाइलाई विभिन्न परिकार खुवाउने र दाजुभाइले पनि दिदी बहिनीको यसै गरी पूजा गरी टिका माला लगाई दिएर दिदीबहिनीको आयु, आरोग्य, सौभाग्य एवं सन्तान वृद्धिको लागि प्रार्थना गरी दक्षिणा, भोजन, वस्त्र अलङ्कार दान दिनुपर्छ भनिएको छ ।

यमुना प्रार्थना

(यमस्वसर्नमस्तेऽस्तु सूर्यपुत्रि नमोस्तुते।
लोकमतर्नमस्तेस्तु नमोनमस्ते विष्णुवल्लभे ।।
वरदा भव मे नित्यं यमुने लोकपूजिते ।।)

यमराज प्रार्थना

धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज ।
पाहिमां किकरैःसार्ध्यं सूर्यपुत्र नमोस्तुते ।
सौम्यानां सौम्यरुपाय क्रूर्राणां क्रूर्र रुपिणे ।
अखर्वगर्वशमन कालकाल नमोस्तुते ।।

अष्ट चिरञ्जीवी प्रार्थना

मार्कण्डेयमहाभाग सप्तकल्पान्त जीवन ।
चिन्जीवि यथासि त्वं तथा मां कुरु सुब्रत ।।
वलिराज नमस्तुभ्यं नमस्ते विष्णुवल्लभ ।
भविष्यककन्द्र सुराराते वरदो भव सर्वदा ।।
अग्यान तिमिरे मग्नं जहद्ग्यानैक चक्षुषा ।
उद्ध्रितं येन मुनिना तस्मै व्यासायतेनमः ।।
रामभक्तैकमुकुट रत्नज्योति स्वरुपिणे ।
भविष्यद्ब्रह्मणे नित्यं तुभ्यं हनुमते नमः ।।
विभीषण नमस्तुभ्यं नमस्तेऽसुरसत्तम ।
रामभक्तनमस्तुभ्यं पाहिमां सर्वदाऽनघ ।।
महर्षिप्रवरं देवं वीरविप्रस्वरुपिणम् ।
कृपं नमामि सततं वरदो भव सुव्रत ।।
सर्वोपकारणे शक्तं रामं शश्त्रभ्रृतां वरम् ।
पित्रृचित्तानुगं विप्रं पूजयामि नमोऽस्तुते ।।
यथा च द्रौणसुत अश्वत्थामां नमस्कृत्यंच ।

दिदीवहिनीले प्रार्थना गर्ने मन्त्र–

यथास्ति यमुना देवी यमेनभातृशालिनी ।
तथा मे भ्रातरःसन्तु प्रतिजन्मषु सुब्रता ।।
मार्कण्डेय नमस्तेऽस्तु नम्तेस्तेऽस्तु महायुषे ।
चीरायुस्त्वं यथालोके तथा भ्राता भवेन्मम ।।
आयुःप्रद महााभाग सोमवंश समुद्भव ।
महामतेमुनिश्रेष्ठ मार्कण्डेय नमोऽस्तुते ।।

अर्थात् जसरी यमुनाका दाजु हुनाले उनी भ्रातृ शालिमन(दाजु हुने शौभाग्यवती) बनिन् हे बुद्धिमान ! मुनि श्रेष्ठ, त्यसै गरी मेरा पनि जन्मजन्मान्तरसम्म दाजुभाइ भइरहुन् । म पनि यमुना जस्तै भाग्यशाली वन्न सकूँ । हे मुनि ! श्रेष्ठ जसरी तपाईँले चिरायु प्राप्त गर्नुभयो । यश कीर्ति कमाउनु भयो त्यसैगरी मेरा दाजुभाइ पनि चिरञ्जीवी एवं यशस्वी होऊन् ।

दाजुभाइलाई मिष्ठान्नादि भोजन दिने मन्त्र–

भ्रातस्तवानुजाताऽहं भुङ्क्ष्व भोज्यमिदं शुभम् ।
प्रीयते यमराजस्य यमुनाया विशेषतः ।।
यत्राप्तञ्च यमुनाया यमराजस्यपूजनात् ।
तथा ममापि सकलंभवेत्जन्मनि जन्मनि ।।
आयुर्लक्ष्मी यशोधैर्य निर्भयत्वमरोगिता ।
वाक्पटुत्वमजाड्यञ्च जायतां तवसर्वदा ।।

हे मेरा दाजी, म तपाइंकी बहिनी हुँ । मैले तपाइलाइ यी भोज्य पदार्थहरू जसरी यमुनाले आफ्ना दाजु यमलाई टक्रायएकी थिइन् त्यसैगरी मैले पनि यमको प्रसादका रुपमा तिमीलाई प्रीति पूर्वक टक्रयाएकी छु । यसलाई ग्रहण गर्नुहोस् । जुन किसिमले यमुनालाई दाजु यमको पूजा गर्नाले जुन फल मिलेको थियो त्यसै किसिमको फल यमको कृपाले मलाई पनि जन्म जन्मान्तर सम्म प्राप्त भइरहोस् । हे भ्राता ! तिमीलाई चिरायु प्राप्त होस्, घरमा लक्ष्मीले बास गरुन् । यश कीर्ति बढोस् । रोग, व्याधि नलागोस् । कुनै प्रकारको डर भय प्राप्त नहोस् । तिमीबाट अज्ञानता हटेर जाओस् । सुमधुर वाणी खुलोस् । सबै प्रकारले तिम्रो कल्याण होस् ।

दाजुभाइले दिदी बहिनीलाई टिका माला लगाई दिदी बहिनीलाई प्रार्थना गर्ने मन्त्र–

त्वंलक्ष्मीत्वमपर्णासि ब्राह्मणी त्वं सरस्वती ।
यत्पूजना द्भवेयुस्ताः पूजिता मम सर्वदा ।।
आयुर्लक्ष्मीर्धनंधान्यं पश्वादिकमरोगिता ।
सर्वं त्वदर्चनादाप्तं भवेज्जन्मनि जन्मनि ।।
इदं फलं मया देवि स्थापितं पुरतस्तव ।
तेन मे सफला वाप्तिर्भवेज्जन्मनि जन्मनि ।।
पतिपुत्र धनैश्वर्य सौभात्रं जन्म जन्मनि ।
अक्षयं जाहता देवि धर्मराजस्य प्रसादतः ।।

हे भगिनी ! तिमी साक्षात् लक्ष्मी, अर्पणा, ब्राह्मणी सरस्वती हौ । मबाट सदा तिम्रो पूजा भइरहोस् । तिमीलाई पूज्नाले मेरा जन्म जन्मान्तरसम्म आयु, धन, धान्य पशु आदिको वृद्धि होस् । घरमा लक्ष्मीले बास गरुन् । रोगव्याधि नलागोस् । हे भगिनी ? मेरा सामथ्र्यले भ्याएसम्म यी फलफूल तथा उपहार तिम्रा अगाडि टक्राएको छु । त्यसबाट तिमी प्रसन्न हुनेछौ । म जन्म जन्मान्तर सम्म सफल भइरहने छु ।
हे भगिनी ? धर्मराजका प्रसादले तिमीलाई जन्म जन्मान्तरसम्म पति, पुत्र, धन दौलत ऐश्वर्य तथा सुयोग्य दाजुभाइ प्राप्त भइरहुन् । शुभेक्षा व्यक्त गर्दछु ।

अविवाहित कन्या वहिनीलाइ प्रार्थना गर्ने मन्त्र-

दयानिधिस्तुल्यवया:सुरुपो गुणौघपूर्ण:कुशल:शतायु:।
क्षितिन्द्रनाथो निजधर्मबुद्धिश्चित्तानुगस्ते परितस्तु कन्ये।।

हे देवी? तिमीलाइ तिम्रै उमेरका ,दयावान्,रुपवान् गुणवान् आयुष्मान् मतिमान ,कुशल,धर्मपरायण भूमिपति सुयोग्य पति मिल्नसकोस मेरी प्यारी भगिनी (वहिनी )तिमीलाइ यही आशिर्वाद प्रदान गर्छु।

त्यस पछि यमकोस्तुति गर्ने मन्त्र-

त्वमेववैवस्वत विश्वमूर्तिस्त्वमेवकाल:कलनो$न्तरात्मा।
त्वमेव मृत्यु: पुरुषस्त्वमेव प्रसिद्ध देवेश नमो नम$स्ते।।
संसार सागरे मग्नं सदाचार विवर्जितम्।
अज्ञानपङ्के सीदन्तं मामुद्धर दयानिधे।।
मत्समो नास्ति पापिष्ठस्त्वत्समो नास्ति पापहा।
इतिविज्ञप्तिरेवात्र त्वदग्रे स्फुटते मुखात्।।
दयैव तवलोकानं सेतुभूता भवार्णवे।
मामुद्धर दयासिन्धोनिरयार्णवतारण।।
यथा तवार्चना देवी यमुना भातृशालिनी।
तथा तवार्चनाद्देव भ्रातर:सन्तुमे सदा।।
अपराधसहस्राणि क्रियन्ते$र्हनिशं मया।
दासो$यमिति मां मत्वा क्षमस्व परमेस्वर।।

समग्रमा हेर्दा हाम्रा धार्मिक सांस्कृतिक चाड पर्व उत्सवहरुले समष्टिगतरुपमा धार्मिक सास्कृतिक नैतिक, सामाजिक उत्थानको लागि
मार्ग प्रदर्शन गरेका हुन्छन् ,यदि मनुष्यहरुले ती मार्गहरुलाइ अंगीकार गरेर हिड्नसकेमा उसको पतन हुंदैन त्यसैले यी पर्वहरु शालमा एक पटक मनाएर तिनको पुनारावृत्ति गरीन्छ ।यो गर्नुको पछाडी ठूलो नैतिक , वन्धन ,लुकेको हुन्छ जस्तै मानिसको मन सारै चंचल हुन्छ त्यसमा विषय वासनाहरुले झकझक्याइरहेका हुन्छन् गीताको अध्याय6श्लोक 35मा अर्जुनले कृष्ण संग भन्छन -हे केशव? यो मन सारै चंचलछ यसलाइ नियन्त्रण गर्न सारै कठिनछ भन्दा भगवान भन्नु हुन्छ हेर अर्तुन (मन सारै चंचलछ तर यो न‌मलाइ जतादौडेकोछ तेता दोषदृष्टिदेखाएर मनलाइ अर्को तिर मोड्ने अभ्यास वाट मन नियन्त््रणमा आउंछ भन्नु हुन्छ।

यी पर्वहरु सालेपिच्छै मनाउनु भनेको त्यै अभ्यासहो। पुनर्ताजगी तलिमहो ।यसले नैतिक पतनहुन वाट हामीलाइ कसरी रोक्छ यौट उद्दाहण लिउं -जस्तै कुनै उमेर पुगेकी युवती कुनै अपरिचित व्यक्तिको घरमना गएर एक रात वस्दा उसप्रति कति शंका हुन्छ तर युवा दाजु वहिनी वर्षौं वर्ष डेरा गरेर यौटै कोठामा वस्छन ती उपर कसैले शंका गर्छ? विषय वासनात ती दाजुवैनीमा पनि रहेको हुन्छ तर त्यै नैतिक वन्धनले वाधेर वासनात्मक प्रेमलाइ पवित्र प्रेममा लगेर वाधीदिन्छ र नैतिक पतन हुन दिदैन ।यस्ता अनेकन शिक्षा हरु यी पर्वहरु वाट मिल्छ।तिहारका गतिविधिले हाम्रो संस्कार संस्कृति र सभ्यताको मार्ग निर्देशन गर्छन्। यस्ता पर्वले सत्य र असल कार्यका प्रेरणा दिन्छन असत्य वाट सत्य तर्फ, अन्धकारवाट प्रकाश तर्फ र मृत्युवाट अमृतत्व तर्फ डोर्याउछन्।

यस्तै दु:खवाट सुख तर्फ ,भय वाट अभय तर्फ अशान्तिवाट शान्ति तर्फका मार्ग प्रशस्त गर्छन्। । दाजुवैनी वा दिदीभाइको पवित्र प्रेमजसरी एउटा दूबो एक ठाउँमा रोपियो भने त्यो झाँगिएर फैलिन्छ सोहीअनुरूप दिदी-भाइको सम्बन्ध पनि झाँगिएर जान्छ। मालाले दिदी-भाइबीचको अगाध स्नेह प्रदर्शन गर्छ। त्यसैगरी मखमली फूल कहिल्यै नओइलाउने हुँदा दिदी-भाइको मधुर सम्बन्ध कहिल्यै नओइलाउने मखमलीजस्तै युगयुग कायम रहोस् भनेर मखमलीको माला लगाइन्छ। जसरी इन्द्रेनीले आफ्नो सात रंगबाट धर्तीलाई सुन्दर बनाउँछ त्यसरी नै दिदीबहिनीले सप्तरङ्गी टीकाले दाजुभाइको निधार सजाउँछन् । ती रंगमा कालो तथा हरियो रंगले सम्बन्धमा कुनै पनि खालको चिसोपन नआओस् भन्ने संकेत गर्छन् ।

सेतो रंग कञ्चनताको प्रतीक, रातो रंग प्रगाढताको प्रतीक, पहेंलो रंग सुख-समृद्धिको, नीलो रंगले माया विशाल आकाश तथा समुद्रजस्तै गहिरो सम्बन्ध जनाउँछन् । दाजुभाइ-दिदीबहिनी सँगै बस्दा आपसमा नकारात्मक भाव पनि आउन सक्छन् । त्यसैले कुदृष्टिबाट बचाउन सातै रंगको प्रयोग भएको पाइन्छ । यसले दिदीभाइ तथा दाजुबिहनीमा सम्बन्ध नधमिलियोस् भन्ने सन्देश दिन्छ। यो पवित्र तथा मायाको प्रतीक पनि हो। ॐ असतोमा सद्गमय ,तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृतं गमय।जयश्रीकृष्णराधे।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …